हालै प्रकाशित समाचारअनुसार भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो स्थानमा सूचीकृत भएको छ। वायु प्रदूषणको स्तर मापन गर्ने वेबसाइट आइक्यु एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ ‘एक्युआइ प्लसयुएस’ छ। त्यसपछि पाकिस्तानको लाहोर छ।
लाहोरमा वायु प्रदूषण उच्च भएसँगै स्थानीय प्रशासनले लकडाउन जारी गरेको र करिब एक हप्ता स्कुलमा बिदा र घरबाट काम गर्ने व्यवस्था मिलाएको छ। पाकिस्तान लाहोरको एक्युआइ २२० छ। यस्तै भारतको कोलकाता तेस्रो स्थानमा रहँदा इजिप्टको कायरो चौथो, बंगलादेशको ढाका पाँचौँ, चीनको वुहान प्रदूषित सहरको छैटौँ स्थानमा छन्।
यसैगरी भियतनामको हनोइ सातौँ, युएइको दुबई आठौँ, भारतको मुम्बई नवौँ, मंगोलियाको उलानवटोर १० औं स्थानमा रहँदा काठमाडौँ पनि अठारौँ स्थानमा परेको छ।
तिहारमा पड्काइएको पटाकाका साथै घुलोधुवाँका कारण काठमाडौँमा प्रदूषण बढेको बताइएको छ। काठमाडौँको प्रदूषण सूचक ११३ एक्युआइ छ। काठमाडौँमा प्रदूषण अत्यधिक हुने भए पनि सरोकारवाला निकायले न्यूनीकरणमा खासै पहल गरेको पाइँदैन। तिहारमा लुकिछिपी पड्काइएका पटकाका कारण काठमाडौँमा वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्सले काठमाडौँको समग्र वायु गुणस्तर सूचकांक (एक्युआइ) १६० रहेको जनाएको छ।
काठमाडौँमा एक्युआइ १०० भन्दा कम देखिएको थियो। इन्डेक्सका अनुसार काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचीमा सूचीकृत छ। चीनको बेइजिङ पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ। एक्युआइ शून्यदेखि ५० राम्रो अर्थात् ग्रिन संकेतले चिनिन्छ। ५१ देखि १०० सम्मको एक्युआइलाइ पहेँलो संकेतले चिनिन्छ।
यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसले श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ। १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० लाई धेरै अस्वस्थ मानिन्छ।
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख गरेको छ। मुलुकको राजधानी र सबैभन्दा ठूलो सहर काठमाडौँ उपत्यका फेरि विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ।
गत वर्ष पनि स्विसस्थित एयर क्वालिटी टेक्नोलोजी कम्पनी आइक्यु एयरले उपत्यकाका विभिन्न वायु गुणस्तर अनुगमनकर्ताहरूबाट जानकारी सङ्कलन गरी केही दिनअघि काठमाडौँको वायु गुणस्तर सूचकाङ्क १८१ रहेको निष्कर्ष निकालेको थियो जुन विश्वकै उच्च हो। उपत्यकाको अद्वितीय भौगोलिक र कचौरा आकारको बनोटले पनि लामो समयसम्म उपत्यकाभित्र प्रदूषण हुन्छ। यो वायु प्रदूषणको अर्को कारक हो।
काठमाडौँ धेरै किसिमबाट फोहोर छ। हावा धेरै प्रदूषित र खतरनाक छ। दम र फोक्सोको अन्य अवस्था भएका मानिसलाई टाढा रहन राम्रो सल्लाह दिने गर्छन्। काठमाडौँको प्रत्येक फार्मेसीले साइनस औषधि, स्टेरोइडहरू र अन्य श्वासप्रश्वास उपचार औषधिहरूको ब्याट्री बेच्छन्। फोक्सोको रोग निकै सामान्य बन्दै गएको छ।
प्रदूषण आंशिकरूपमा भूगोलको कारण हो। काठमाडौँ मध्यम उचाइमा कचौरा आकारको उपत्यका हो। त्यसैले प्रदूषण घटाउन गाह्रो छ। फलस्वरूप, तेस्रो विश्वका धेरै ठूला सहरहरू जस्तै यो पनि भीडभाडयुक्त भएको छ किनभने ग्रामीण क्षेत्रमा धेरै विकास हुन सकेको छैन।
धेरैजसोले आफ्नो जीवन सुधार्ने एउटै उपाय भनेको राजधानीमा बसाइँ सर्ने वा पाहुना कामदारका रूपमा विदेश जानु हो। सरकारले कहिले पनि मास ट्रान्जिट प्रणाली निर्माण गर्न सकेको छैन। सहर धेरै भीडभाड भएका बस र भ्यानहरूले भरिएको छ जसले नाफा अधिकतम र न्यूनतम मर्मतसम्भार गर्छन्। तिनीहरूको धुवाँले प्रदूषणमा योगदान पु¥याउँछ। उपत्यका वरपरका गाउँसम्म पुग्ने थुप्रै नयाँ सडक पनि छन् जसले धुलो पनि उत्तिकै उत्सर्जन गर्छन्। त्यहाँ फोहोर फाल्ने सन्दर्भमा सीमित नागरिक भावना छ। त्यसैले सडकहरू धेरै फोहोर छन् र प्रायः सडकको कुनाहरूमा फोहोरको ठूला थुप्रो भेटिन्छन्।
फोहोर सर्वव्यापी छ। नदीको किनारमा खुला दिसा गर्ने चलन अझै पनि सामान्य छ। पानी प्रदूषित र नदी नजिकको हावालाई सास फेर्न गाह्रो बनाउँछ अन्यथा यो साँच्चै राम्रो ठाउँ हुन सक्थ्यो।
पछिल्ला केही वर्षयता देशको राजधानी काठमाडौँसहित देशका प्रमुख सहरमा वायु प्रदूषण बढ्दै गएको छ। जसका कारण विभिन्न रोग र संक्रमणको जोखिमसमेत बढेको छ। वायु प्रदूषण बढ्दा बाहिर निस्कँदा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, आँखा पोल्ने लगायतका समस्या देखा पर्छन्। यस्तोमा बाहिर निस्कँदा अनिवार्य मास्क लगाउने तथा बिनाकाम बाहिर निस्कनु हुँदैन भन्ने विज्ञहरूको सुझाव छ।
किन हुन्छ वायु प्रदूषण?
सवारी साधनको अत्याधिक प्रयोग गर्दा, फोहोरमैला जथाभावी फाल्दा, कलकारखाना नजिकै मानव बस्ती हुँदा, पुराना सवारी साधन विस्थापित गर्न नसक्दा, कीटनाशक औषधिको प्रयोग गर्दा, धुँवाधुलोलाई नियन्त्रण गर्न नसक्दा, बढ्दो सहरीकरण, आगलागीका घटना बढ्दा वायु प्रदूषण बढ्छ। जसले एलर्जी, रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी संक्रमण, फोक्सोमा असर, आँखामा असर, निमोनिया, घाँटीको क्यान्सर आदि समस्या निम्त्याउँछ। यसबाट बच्नै नसकिने होइन।
विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा विशेष जोड दिने, कलकारखाना तथा उद्योगधन्दा मानव बस्तीबाट टाढा राख्ने, ढल निकासको उचित व्यवस्था गर्ने, मानव बस्ती वरिपरि धुँवाजन्य पदार्थहरू नजलाउने, व्यवस्थित सहरीकरणको विकास गर्ने, खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने जस्ता कार्य गरेमा वायु प्रदूषणका असरबाट बच्न सकिन्छ।
स्टेट अफ ग्लोबल एयर–२०२० का अनुसार नेपालमा वायु प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२ हजार एक सय जनाको मृत्यु हुने गरेको छ। यसको रोकथामका लागि वायु प्रदूषण हुन नदिने, सम्भव भएसम्म घरमै बस्ने, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायतका समस्या भए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रशस्त पानी पिउने, बोटबिरुवा लगाई हावालाई सफा गर्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने, बढी भीडभाड भएको ठाउँमा नजाने, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने, उचित किसिमले फोहोर व्यवस्थापन गर्ने आदि उपाय अपनाउन सकिन्छ। यसका लागि आजका दिन सबैले प्रतिबद्धता व्यक्त गर्न ढिला भइसकेको छ।
प्रकाशित: २६ कार्तिक २०८१ ०८:५३ सोमबार