२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
विचार

मानसिक रोगको महामारी

हरेक मानिसको जीवनमा अनेक उतारचढाव आउँछन्। थुप्रै बाधा/अड्चन तथा कठिनाइहरू  देखापर्छन्। सामान्यतया मानिसले यस्ता बाधा/अड्चन तथा कठिनाइहरूमा सफलतापूर्वक समायोजन स्थापित गर्छन्।  

तर, कतिपय अवस्थामा यस्ता बाधा/अड्चन तथा कठिनाइहरूद्वारा उत्पन्न तनाव, कुण्ठा एवं निराशा अति प्रबल भई त्यसलाई समायोजन गर्न नसक्ने स्थिति आउँछ भने तब मानिसको मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ र मानिसको व्यबहार असामान्य हुन पुग्छ।

यस्तो असामान्य व्यवहार महिनाँैसम्म रहिरहेको खण्डमा यसले मानसिक समस्याको रूप धारणा गर्छ। मानसिक समस्याका लक्षणहरू मानसिकरूपमा मात्र होइन कि शारीरिकरूपमा पनि देखा पर्छन्। र, यस्ता लक्षण व्यक्तिपिच्छे फरकफरक हुन सक्छन्।

सरल शब्दमा भन्नुपर्दा जसरी मानिसको भौतिक शरीर विभिन्न रोगद्वारा ग्रस्त हुन्छ, ठीक त्यसैगरी मानिसको मन पनि विभिन्न कारणले (जैविक, मनोवैज्ञानिक तथा सामाजिक आदि) गर्दा विकार ग्रस्त हुन सक्दछ। मनको यस्ता विकारहरूलाई नै मनोरोग अर्थात् मानसिक रोगको संज्ञा दिइन्छ। तर यस्ता मनोवैज्ञानिक या मानसिक समस्याहरूलाई मनोरोग या मानसिक रोग भन्न ठीक छैन। मानसिक समस्या २० औं प्रकारका छन्।

डिप्रेसन, चिन्तारोग तथा सिजोफ्रेनिया आदि मानसिक समस्याका प्रमुख उदाहरण हुन्। मिसिगन विश्वविद्यालयले हालै गरेको अध्ययनअनुसार हरेक चारजना अमेरिकीमध्ये एक मानसिक समस्यामा परेको डरलाग्दो तथ्य सार्वजनिक गरेको छ।

अमेरिकामा मात्र होइन, अहिले विश्वभरि मानसिक समस्यामा परेका व्यक्तिहरूको संख्या निकै बढेको छ। पाचन समस्या, पेट तथा हातखुट्टा आदिको दुःखाइबाट चिकित्सककहाँ पुग्ने आधाभन्दा बढी व्यक्तिहरू कुनै न कुनै मानसिक समस्याबाट पीडित भएको देखिन्छ।

अधिकांश शारीरिक समस्या पनि मनोवैज्ञानिक कारणबाट उत्पन्न हुन्छन्। शारीरिक रोगहरूले पनि मानसिक समस्या पैदा गर्छन्। जस्तो कि दीर्घरोगले थला परेका तथा क्यान्सर, एड्स तथा मिर्गौला खराबी जस्ता असाध्य रोगहरूबाट पीडित व्यक्तिहरूमा डिप्रेसन जस्ता मानसिक समस्या देखापर्न सक्छन् भने पाचन प्रणालीमा समस्या भएको खण्डमा पनि डिप्रेसन जस्ता मानसिक समस्या देखा पर्ने गर्छन्। त्यो किनभने  ९० प्रतिशत फिल गुड रसायन सेरोटोनिन पेटमा नै पैदा हुन्छ। त्यसैले गट(पेट) लाई सेकेन्ड ब्रेन (दोस्रो मस्तिष्क) पनि भनिन्छ। तसर्थ मानसिकरूपमा स्वस्थ रहन पाचन प्रणाली पनि स्वस्थ हुनु जरुरी छ।

नेपालको सन्दर्भमा भन्ने हो भने मानसिक समस्याको स्थितिका बारेमा एकिन र भरपर्दो तथ्यांक छैन। तर एक अध्ययनअनुसार कम्तीमा पनि १० नेपालीमध्ये एक कुनै न कुनै मानसिक समस्याको चपेटा परेको देखिन्छ। तर यो संख्या दिनप्रतिदिन बढ्दै गएको छ। मुख्य रूपमा नेपालीहरू डिप्रेसन, दुष्चिन्ता, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी), फोबिया, मेनिया, तनाव, मानसिक थकान, यौन समस्या, लागु–औषध दुव्र्यसन तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक समस्याबाट पीडित छन्।

हिजोआज युवा तथा वृद्धवृद्धा मात्र होइन कि कलिला बालबालिकासमेत अनेक प्रकारका मानसिक समस्याको चपेटामा परेका छन्। अमेरिका जस्ता महाशक्तिशाली राष्ट्रमा त मानसिक समस्याको स्थिति निकै भयानक हुँदै गएको छ। यद्यपि मानसिक स्वास्थ्यका सम्बन्धमा धेरै अध्ययनअनुसन्धान भैरहेका छन्। तर यसको कारणात्मक पक्षहरूमा अझै पर्याप्त अध्ययनअनुसन्धान गर्न बाँकी छ।

साधारणतया आनुवांशिक, जैविक, रासायनिक, मनोसामाजिक, मद्यपान तथा लागूऔषध दुव्र्यसन तथा दीर्घ र जटिल रोगका कारणहरूले गर्दा नै मानसिक समस्याहरू पैदा हुने अहिलेसम्मको अध्ययनले देखाएको छ। तर मानसिक समस्याको मूल कारण भनेको भागदौडको जीवन र तनाव नै हो। तनाव मानसिक समस्याहरूको मात्र होइन कि हृदय रोग, बाथरोग, मधुमेह तथा क्यान्सर आदिको पनि जननी हो।

यसैगरी बाल्यकालमा दुव्र्यवहार तथा यातना पाएका व्यक्ति, भूकम्प, आँधीबेहरी, बाढीपहिरो तथा 

प्रकाशित: २४ आश्विन २०८१ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App