४ वैशाख २०८१ मंगलबार
विचार

पूरा होला त आशा?

कुनैबेला सत्ताको केन्द्रविन्दु दरवार थियो। दरवारले जे चाहन्थ्यो, त्यही हुन्थ्यो। दरवारबाट हुने निर्णयले जनतालाई कस्तो प्रभाव पार्छ भन्नुभन्दा पनि दरवारको गुनगान गाउनेहरू खुसी हुन्छन्कि हुँदैनन् भन्ने कुरा पहिलो प्राथमिकतामा पथ्र्याे। गुनगाउनेहरूलाई पनि सजिलो थियो, गणेशभक्ति देखायो, सरकारको जय भन्यो, दरवारको वरिपरि घुम्यो। शासनसत्ता सञ्चालन गर्नेले जनतालाई केन्द्रमा राखेर जनचाहनाअनुरूपको काम गर्दा दीर्घकालसम्म शासनमा रहन सकिन्छ भन्ने कुरा बिर्सिए। गुनगानमा रमाउने पञ्चलाई खुसी पार्दै गर्दा २०६२ ̸६३ को जनआन्दोलनले राजतन्त्रलाई सदाका लागि बिदाग-यो। यो गुटको राजनीतिमा रमाउनेका लागि राम्रो शिक्षा पनि हो । यतिबेला देश गणतन्त्रमा गएको छ ।शासनसत्तामा वंशका आधारमा नभई जनताप्रति जवाफदेहिताका आधारमा सत्तामा पुग्ने आधार बनेको छ।
 
जनताले दरवारको शक्ति खोसेर दलका नेतासम्म ल्याइ पु-याएका छन्। त्यसैले अब शासन गर्ने भनेको राजनीतिक दलहरूले हो। जनतालाई धम्क्याएर, ढाँटछल गरेर केही दिन, केही समय सत्ताको रजाइँ गर्न सकिएला तर त्यो टिकाउ हुँदैन भन्नेसमयले प्रमाणित गरिसकेको छ। दलका नेता भनेका जनताका प्रतिनिधि हुन्। जनता तिनै प्रतिनिधिले आफ्ना दुःखसुखमा साथ दिउन् भन्ने चाहन्छन्। हुन पनि आजसम्म सत्ताको नेतृत्व गर्नेहरू रातारात नेता भए र भन्दा पनि ठूलो त्याग र बलिदानपछि मात्र त्यहा पुगेका थिए। त्यहाँ पु-याउने क्रममा जनताले ठूलो मुल्य चुकाएका छन् तर नेताहरूले आफ्नो धरातल बिर्सिएर रातारात धनी बन्ने चाहना राख्दा जनतामाथि धोका भयो।
 
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि जनता ढाँट्ने र सीमित वर्ग मोटाउने व्यवस्था बन्न पुग्यो। देख्दा, पढ्दा र सुन्दासमेत लाज लाग्ने काम गर्न कुनै हीनताबोध भएन । बरु त्यस्तैखालका काम गर्न दलबीच प्रतिस्पर्धा नै चल्यो। क्षणिक स्वार्थ हेर्दा सिङ्गो मुलुक र जनताप्रति ठूलो धोका हुन पुग्यो। सधैँ त्यसरी चल्दा राजनीतिक दलहरूको भविष्य छैन भन्ने कुरा बुझन दलहरू बाध्य हुनैपथ्र्याे । फलतः यतिबेला वामपन्थी दलहरूमा होस फिर्दै गएको संकेत देखिन थालेको छ। फुटेका पार्टी जुटेकामात्र छैनन्, डनवाद, धनवाद, दलाल, भ्रस्टाचरी र तस्करहरूको जालमा पर्दा जनताप्रति धोका भएको महसुस गर्न थालेकाछन्। हिजो भ्रस्टाचारका संरक्षक बनेका नेता यतिबेला अब‘आफूहरूले पनि भ्रष्टाचार नगर्ने र  भ्रष्टाचार गर्नेलाई पनिनछाड्ने’भनीभाषण गर्न थालेका छन्। हुन पनि राजनीतिक मुद्दा समाप्त भएपछि अबको बाटो भनेकै आर्थिक समृद्धि हो। त्यसका लागिआजसम्म जरा गाडेर बसेका विकृतिका विरुद्ध बोल्नेमात्र होइन, परिणाम आउनेगरी काममै उत्रन आवश्यक छ। समयले त्यसको माग गरिरहेकोछ।
 
निर्वाचनमा जनताले जुन दल र नेतालाई विश्वास गरे, शासन पनि त्यसैले गर्ने हो। यतिबेला जनताले वामपन्थी दललाई स्पष्ट बहुमत दिएका छन्। नेपाली जनता कुनै दलको वादमा विश्वास गर्नभन्दा पनि दशकौँदेखि भोग्दै आएको रोग, भोक, अशिक्षा र बेरोजगार जस्ता प्रमुख शत्रु छिमोल्न चाहन्छन्। त्यसैलेतिनका विरुद्ध लड्नेमात्र वास्तवमा जनताका प्रतिनिधिबन्न सक्छन्। यी शत्रु नाश गर्न अहिलेसम्म मुलुकमा राज गरिरहेको ‘अस्थिरता’ प्रमुख कारण थियो। यतिखेर भने जनताले पत्याएअनुसार वामपन्थीहरूको स्थिर सरकार बन्ने देखिएको छ। र, तमाम विकृति हटाउँदै यो सरकारले देशलाई आर्थिक समृद्धितर्फ डो-याउनेछ भन्नेमा सबै जनता आशावादी देखिएका छन्। यो आशा पूरा गर्ने कि नगर्ने भन्नेचाहिँ सरकारकै हातमा छ।

उपप्रा., रत्नराज्यलक्ष्मी क्याम्पस

प्रकाशित: ४ चैत्र २०७४ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App