‘अर्काे विश्व सम्भव छ’ भन्ने नाराका साथ फागुन ३ गते काठमाडौँमा विश्व सामाजिक मञ्च सुरु भएको छ। वर्तमान विश्व व्यापारीकरणका कारण सिर्जित विभिन्न समस्याबाट माथि उठेर वैकल्पिक भविष्यको सचेतना तथा सम्भावनाको शक्तिका लागि अभिप्रेरित गर्नु यो मञ्चको मुख्य उद्देश्य हो। त्यसैगरी जलवायु परिवर्तनका कारण देखिएको समस्या, असमानता, खाद्य असुरक्षा, भविष्यको अनिश्चितताविरुद्ध दिगोपना, आत्मसम्मान, समानता,र सहअस्तित्व प्राप्तिका लागि अभिप्रेरित गर्ने पवित्र उद्देश्य पनि यसको छ।
विश्व सामाजिक मञ्च विश्वभर भएका सामाजिक अभियान तथा गतिविधिहरूको सिकाइ आदान–प्रदान गर्नेर विभिन्न क्षेत्रमा भएका समस्या उजागर गरी समीक्षा गर्ने थलो हो। यसले विश्वको सामाजिक आन्दोलन एवं अभियानलाई सशक्तीकरण गर्न योगदान पुर्याएको ठम्याइ छ। विश्वका नागरिक समाजको आधिकारिक धारणालाई घोषणापत्रमार्फत अन्तर्राष्ट्रियकरण गर्न सन् २००१ देखि विश्वव्यापी, क्षेत्रीयरराष्ट्रिय मञ्चहरू आयोजना हुँदै आएका छन्।
ब्राजिलको पोटो एलोग्रे सहरमा पहिलोपटक सुरु भएको विश्व सामाजिक मञ्च दुई दर्जन वर्षपछि पहिलोपटक नेपालमा आयोजना हुन लागेको हो। यो मञ्च मान्छे भएर जन्मिएपछि मानव अधिकार प्राप्त गर्न नसकेका, आवाजविहीन, पेटभर खान नपाएका, शोषित/पीडितर हिंसाको सिकार बन्न बाध्य तथा पहुँचहरूबाट वञ्चित भई कुनै स्थान, अवसर, सहारा नपाएका निराशमानव जातिले आफ्नौ पीडा पोख्नेर विकल्पको खोजी गर्ने ठाउँ हो।
बाँच्न, खानर लाउन पाउनु हाम्रो नैसर्गिक अधिकार हो। नेपालमा वर्षभरि खेतीपाती गरेर पनि खाद्य असुरक्षामा परेका परिवारको संख्या ५५ प्रतिशत छ। युवा विदेश पलायन हुनेर ५५–६० वर्षभन्दा बढी उमेर समूहको सहभागितामा सञ्चालित कृषिप्रणालीले निरन्तरता कहिलेसम्म पाउला? किसानले खेती गर्न छाडे भने के अवस्था आउला? किसानले आफ्नौ लागि खान मात्र उत्पादन गरे भने खेती नगर्ने बाँकीले के खालान्? हाम्रो स्थानीय बिउ सबै नष्ट भएका छन्।
विदेशबाट बिउ नआए हाम्रो माटोमा के उम्रन्छ होला? विदेशीले खाद्यान्न दिएनन् भने हामी के खान्छौँ होला? हाम्रा कृषि भूमि गैरकृषिमा परिणत भइरहेका छन्। कृषि भूमि नै छैन भने बाली/बिरुवा कहाँ उम्रन्छ? यीर यस्तै प्रश्नको उत्तर खोज्न आज ढिला भैसकेको छ।
राष्ट्रिय कृषक समूह महासंघले यिनै प्रश्नको जवाफ खोज्नर भावीरणनीति तयार गर्नका लागि किसान अधिकारप्रति समर्पितरही सञ्चालन गर्दै आएका अभियानहरू सार्थक बन्दै गएका छन्। सीमान्त, भूमिहीन, महिलार साना किसानलाई लक्षित गरी महासंघले सञ्चालन गरेको यात्राको समीक्षार अभियानलाई सशक्त बनाउन साना किसान मञ्च आयोजना गर्न लागिएको हो।
आर्थिक असमानतार आर्थिक न्याय, श्रम, आप्रवास, बाध्यकारी श्रम, दासत्वर बेचविखन, जातीयता, आदिवासी, जनजाति, छुवाछूत, भेदभाव, वंशमा आधारित सवै प्रकारका भेदभाव, लैंगिकतार पहिचान, लिङ्गमा आधारित हिंसा, भूमि, कृषि, पर्यावरणीय कृषि, खाद्य सम्प्रभुता, ऊर्जार प्राकृतिक स्रोत, शान्ति, द्वन्द्व, युद्ध, पेसा, बिस्थापनर सुरक्षालगायतका विषय यस मञ्चका मुख्य मुद्दा हुन्।
यसका साथै शिक्षा, कला, संस्कृति, लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद कानुनर न्याय, स्वास्थ्य, सामाजिक सुरक्षार समानता, जलवायु न्याय, संक्रमणकालीन न्याय, आवासर दिगो विकास, महिला, बालबालिका, युवा, किशोर/किशोरी, वृद्धवृद्धार अपाङ्गता भएका व्यक्ति, सामाजिक आन्दोलन, अन्तरिक्षर विश्व सामाजिक मञ्चको भविष्य, सामाजिक आन्दोलन, विश्व सामाजिक मञ्चको भविष्य जस्ता १३ वटा विषयवस्तुलाई यस वर्षको विश्व सामाजिक मञ्चले आधार बनाएको छ।
यी आधारलाई हेर्दा नेपाल जस्तो ६२ प्रतिशत कृषक परिवाररहेकोर जीविकोपार्जनको मुख्य बाटो नै कृषिरहेको भए तापनि आफ्नै कृषि उत्पादनबाट भएको आम्दानीले वर्षभर परिवारलाई खान पुग्ने कृषक परिवार ४५ प्रतिशत मात्र हुनु नेपाल जस्तो कृषिप्रधान देशका लागि लज्जास्पद विषय हो। नेपालको सन्दर्भमा भन्ने हो भने कुल कृषक परिवारको ७० प्रतिशतभन्दा बढी साना, सीमान्त किसानले पारिवारिक खेती प्रणाली अवलम्बन गरी ८० प्रतिशतभन्दा बढीले स्वस्थउत्पादन गर्दै आएका छन्। २९ प्रतिशत घर/परिवारसँग जमिन छैन।
अर्काको जमिन जोतेर,कृषि श्रमिक बनेर अर्काको जमिनमा खेती लगाएर पेट पाल्न बाध्य हुनुपरेको छ। यसरी जोसँग जमिन छ, ऊ माटो छुँँदैन, जो माटोमा श्रम गर्छ ऊसँग जमीन छैन। उत्पादन सामग्रीलगायतमाराज्यको सहयोग, सम्मानर पहिचान छैन। यस्तो अवस्थामा नेपालमा आयोजना हुन लागेको विश्व सामाजिक मञ्चले तयार गरेका १३ वटा विषयवस्तु नेपाली साना किसानको हालको अवस्था विश्लेषण गर्न सक्षम हुनुपर्छ।
अवसरर पहुँचबाट वञ्चित साना किसानको आवाजकारूपमा भूमिहीन,सीमान्त, महिलार साना किसानको अधिकारप्रति समर्पितरही एक दर्जन वर्षअगाडिदेखिराष्ट्रिय कृषक समूह महासंघ नेपालले अभियान छेड्दै आएको छ। विश्व सामाजिक मञ्च आफ्नौ अनुभव, सिकाइ आदान–प्रदान गर्नेर नेपाली सीमान्त एवं साना किसानको अवस्थालाई विश्वसामु परिचित गराउन महासंघले उक्त कार्यक्रमलाई अवसरका रूपमा लिई ‘सामाजिक सुरक्षार आत्मसम्मानको आवाज’ भन्नेमूल नाराका साथ साना किसानमञ्च आयोजना गर्न लागिएको हो।
देशभरबाट ५०० जनाभन्दा बढी वास्तविक किसानको उपस्थितिमा नेपाली साना किसानको अवस्था दर्शाउँदै नेपाली कृषिलाई सुल्टो बाटोतर्फ हिँडाउन आवाजमाथि आवाज थप्दै महासंघले संस्थागतरूपमा खेलेको भूमिकालाई विश्वसामु पुर्याउने यसको मुख्य उद्देश्य हो। उक्त अवसरमा समय सान्दर्भिक अन्तरक्रिया, किसान मार्च, किसान सम्मेलन जस्ताकार्य गर्नेर घोषणपत्रमार्फतराज्यको व्यवस्थार नेपाली किसानको अवस्था उजागर गर्दै नेपाली किसानका अपेक्षासमेत सार्वजनिक गर्न साना किसान मञ्च आयोजना गर्नुपरेको हो।
(बस्नेत राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष हुन्)
प्रकाशित: ४ फाल्गुन २०८० ०६:२५ शुक्रबार