किरात धर्मावलम्वीहरूका धरोहर धर्मगुरु आत्मानन्द लिङ्देनको जन्म २०११ साल मङ्सिर १८ गते शुक्रबार शुक्ल पक्ष, नवमी तिथि, पुनर्वसु नक्षत्र, कन्या लग्न, कुम्भ राशि, भव करण, सौम्य योगको शुभ मुहुर्तमा इलाम जिल्ला इभाङ–५, चुक्चीनाम्बाको अगौटे गाउँमा भएको हो ।
गुरुदेवको वरद नेतृत्वमा देशभित्र र बाहिर सयौं मन्दिर स्थापित छन् । गुरुको ब्रह्मविद्या, ज्ञानशक्तिलाई राज्यशक्तिले सदुपयोगमा ल्याउनसके नेपाल, नेपाली जनता र विश्व मानव सौभाग्यशाली बनेर अमनचयन कायम गरी सुख शान्तिले बाँच्न पाउनेछौँ ।
सोह्रौ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दका पनाति पिता पुण्यप्रसाद र माता चन्द्रमायाको जेठो छोराका रूपमा जन्मेका आत्मानन्दलाई आमाको दूध नखाएकाले बाख्राको दूध खुवाएर बचाइएको हो । उनी जाँड, रक्सी, मद, मंश जन्म सिद्ध सेवन नगरेको, शिशु छँदै आमा दोस्रो विवाह गरी गएकीले बजु जोगमायाको काखमा हुर्के । ब्रह्मचार्य संन्यासी व्रतमा बस्ने प्रतिज्ञा रहेकीलाई व्रत भंग गराई फाल्गुनन्दले आफ्नो भतिज टेकबहादुरसँग विवाह गराउँदा म तिम्रै कोखमा पुनर्जन्म लिन्छु भन्ने प्रतिज्ञाअनुसार आत्मानन्द पुनवतार भएका भनाइ वजु जोगमायाको छ ।
ज्योतिषी नाम सोमबहादुर नाबालक अवस्थादेखि नै अर्काको आत्मा देख्ने आत्मादर्शी भएकाले आत्मा–आत्मेबाट आत्मानन्द कहलिएका बालक इलामको माई, देवमाई र महमाईबीच त्रिवेणी फुल्लुंगी पुण्य भूमिमा सिद्ध गरी तागेरा निङ्वाभुमाङ्को साक्षात्कार दर्शन पाई आफ्नो अवतरणको शंखघोष गर्नुभएको थियो । तागेरा निङ्वाभुमाङको दूत, मुहिगम अङसीमाङ फाल्गुनन्दको पुनवतारका रूपमा अधिकारिक घोषणा गरी किरात धर्मगुरुको आसनमा पदासिन हुन पुगी महागुरुको अपुरो कार्यलाई पूरा गर्न वाणी दिँदै आफ्नो अवतरणको अर्थसार दिएका छन् । ब्रह्मज्ञान प्राप्तिपश्चात २०२७ भदौदेखि माघसम्म ६ महिना पाँच चेला भुलाका साथ पुनः तपस्या बसी दुई÷दुई पटक महासिद्धि पाएका शक्तिका ब्रह्मज्ञानी आत्मानन्द त्रिकालदर्शी कालान्तरमा त्रिकालज्ञ भनी प्रख्यात भए ।
तपस्या, ध्यानी आत्मासाधकीले दुई÷दुई पटक कुम्भकर्ण फक्ताङलुङ दर्शन, दक्षिणमा महासागर गंगासम्म तीर्थव्रत गरेका गुरुको २०३२ साल माघ २३ गते पवित्रहाङ्मा साँवासंग देवविवाह गरी प्रणय बन्धनमा बाँधिइ चारपुत्र, छ सुपुत्रीका अभिभावक बने । अति महŒवपूर्ण क्षण २०५१ साल माघ ३ र ४ गते दुई दिन १००८ दियो कलश बालिएको दैविक विशिष्ट खुलामञ्चबाट दशौं हजार भक्तजनका बीचमा सार्वजनिकरूपमा विश्वका राजनीतिक, दैविक, धार्मिक, सांस्कृतिक, विश्व ब्रह्माण्डमा हुने महाप्रलय जस्ता घटनाको भविष्यवाणी गर्ने विश्वका पहिलो प्रसिद्धि भए ।
यस वाणीमा पृथ्वीको महाप्रलय, पुनर्सृष्टि, भारत पाकिस्तान युद्ध, भारत राज्य टुक्रिने, अमेरिकाको शक्ति घट्ने, युरोपियन राष्ट्रहरू चकनाचुर हुने, मानव विध्वंशकारी तेस्रो विश्वयुद्ध हुने, महा आँधीबेरी, महावज्र चट्याङ झर्ने, शक्तिशाली धर्महरू समाप्त हुने, महाभूकम्प आउने, सूर्यको ताप बढ्ने, हिमाल पग्लेर होचिने, पेट्रोलियम पदार्थ गायव हुने, भयङ्कर महाअनिकाल हुने, शक्तिशाली राजाहरू समाप्त हुने, अदृष्यरूपी पचास आत्मायानहरू पृथ्विमा झरेको, चीनमा जातीय युद्ध हुने र विश्वमा अब ५० लाखमात्र जनसंख्या रहने आदि थिए ।
किरात धर्म दर्शन, संस्कृति, साम्जिक मुन्धुमहरू चीन, हङकङ, भारत, भुटान, मलेसिया, बर्मा, युके अमेरिका, रुस र अरेबियन मुलुकसम्म फैलिएको र सारा विश्वभर फौलाउने, २०६८ को राष्ट्रिय जनगणनामा ८,१८,१८९ जनाले किरात धर्म लेखाएको पाइन्छ । उनको गरिमामय नेतृत्वमा २०५७ साल कात्तिक २४–२६ गते प्रथम र २०६७ चैत २१–२३ गते दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन त्रिदिवसीयरूपमा सम्पन्न भएको थियो । जसमा ९–१० वटा मुलुकको सहभागिता थियो ।
सिद्धिशक्तिका संवाहक ज्योतिपुञ्ज योगदर्शीको जन्मभूमि चुक्चीनाम्वामा भए पनि कर्मभूभि माङ्सेवुङ बनाएका धर्मगुरुको मूल उद्देश्य मानव मोक्ष, विश्वशान्ति र मानव एकतामा आधारित छ । ठूलाबडाको आदर, सानुलाई कदर र शत्रुलाई माया गर्नुपर्छ । राज्य सञ्चालन शासन, प्रशासन र अनुशासन प्रक्रियामा सन्तुलन ल्याउन र मानव जीवनलाई महामानव धरातलमा रूपान्तरण गर्न आदिम आध्यात्मा, साम्यावादबिना सम्भव छैन, राज्य ब्रेडले नभई ब्रेनले र बुलेटले होइन ब्यालेटले चल्नुपर्छ भन्ने गुरुदेवले अन्तोत्वगत्वा ब्रह्माज्ञानले सञ्चालन गर्नुपर्छ, यहप् तागेरा निङ्वाभूमाङ्को मूल सन्देश बताएका छन् ।
यिनै गुरुको सत्य, अहिंसा, दया र शान्ति नै हाम्रो अस्त्रशस्त्र र धर्म हो । धर्मलाई आध्यात्मसँग, आध्यात्मलाई विज्ञान एवं विश्व ब्रह्माण्डसँग जोडेर भौतिकीय मानव कसीमा अवतरण गर्नु योगीजन धर्मगुरुहरू र राज्यधिकारहरूको साझा कर्तव्य हो । यसैले संसारमा देवविद्या र राजविद्या नै सर्वश्रेष्ठ सर्वशक्तिमान तŒव हुन् । त्योभन्दा अदृश्य शक्ति ईश्वरीय शक्ति अजेय हुन्छ भन्ने धारणा गुरुदेवको उचाइ गहिराइ रहस्यमय छ ।
गुरुदेवको वरद नेतृत्वमा देशभित्र र बाहिर सयौं मन्दिर स्थापित छन् । इलाम माङ्सेबुङ गापा–५ बाँझो लारुम्बामा केन्द्रीय धार्मिकस्थलमा आरोग्यशाला, योगशाला, ध्यानशाला, मुन्धुमशाला, ज्योतिषशाला, विज्ञानशाला, ज्ञानशाला, जपशाला, तपशाला, शिक्षाशाला, दीक्षाशाला आदि विश्वविद्यालय र भव्य मन्दिर निर्माण गरी मुन्धुमहरू प्रतिपादन गर्ने तयारीमा लागिपरेका छन् । गुरुको ब्रह्मविद्या, ज्ञानशक्तिलाई राज्यशक्तिले सदुपयोगमा ल्याउनसके नेपाल, नेपाली जनता र विश्व मानव सौभाग्यशाली बनेर र अमनचयन कायम गरी सुःख शान्तिले बाँच्न पाउने छौँ ।
भाषा, लिपि, धर्म, संस्कृति, इतिहास, भेषभूषा र गरगहना हाम्रो पहिचान हो भन्ने धर्मगुरुको लाखौं लाख संख्यामा आबद्ध छन् । हजारौं हजार अनुयायी माङ्सेवासावाहरू पुजारी, पण्डित, पुरोहित उत्पादन भएका छन् । उनको जन्मदिनसँगै अर्को महŒवपूर्ण चाड किरात पर्व, उधौली पूजा पनि मानिन्छ ।
किरात पर्व उधौली पूजा
किरात जनजातीय सांस्कृतिक दुई महŒवपूर्ण उधौली र उभौली चाड प्रकृतिमय छन् । उधौली पूजालाई मुवेक्वा चेःसोक सेवाको विशिष्ट स्थान छ । किसान वर्गले अन्नबाली पाकेपछि सर्वप्रथम उनै प्रकृतिदेवी सृष्टिकर्ता तागेरा निङ्वाभुमाङ्लाई चढाउने प्रचलन नै कालान्तरमा उधौली बन्न गएको ऐतिहासिक पर्वसँगै आत्मानन्द जन्मोत्सव एक सिक्काको दुई पाटा भई स्थापित भएर मनाउन लागिरहेका छन् ।
प्रकाशित: १९ मंसिर २०७४ ०३:१० मंगलबार