बालबालिकामाथि हुने हेपाइ अर्थात् बुलिङका परिणाममा खासै चर्चा चल्दैन । यसबारे धेरै अध्ययन–अनुसन्धान पनि भएको छैन । बुलिङविरुद्ध कानुन छैन । बालबालिकामाथि घर, परिवार, समुदाय, विद्यालयलगायत अन्य जुनसुकै स्थानमा हुने हेपाइका सम्बन्धमा पर्याप्त बहस, छलफल तथा पैरवी भएको पाइँदैन । बालबालिकामाथि हुने शारीरिक, मानसिक, मौखिक रूपमा दिने दुःख वा पु¥याउने हानिलाई बुलिङ भनिन्छ । बुलिङलाई धम्क्याएर वा बल प्रयोग गरेर शोषण गर्नु, सताउनु, तर्साउनु, दुःख दिनु, धम्क्याउनुजस्ता विविध अर्थमा लिन सकिन्छ । बुलिङले अरू व्यक्तिलाई हानि पु¥याउने वा दुःख दिने मनसायले बारम्बार गरिने नचाहिँदो क्रियाकलाप वा स्वभाव हो । यसले शारीरिक, मानसिक रूपमा हानि–नोक्सानी वा चोट पुर्याउँछ । बुलिङले मनमा चोट पुर्याउँछ, त्यो चोटले गर्दा त्यसपछि आपूmले पनि अरूलाई चोट पु¥याउन मन लाग्छ वा आफूलाई लागेको चोट मनमा नै राख्न मन लाग्छ । बुलिङ गर्ने कुनै निश्चित स्थान हुँदैन । बुलिङ घर, विद्यालय, कार्यस्थल जहाँ पनि हुन सक्छ । बालबालिकामाथि बुलिङ प्रायः विद्यालय, कलेज वा समुदायमा हुने गर्छ । कहिलेकाहीँ घर, परिवारमा पनि बालबालिका बुलिङको सिकार भएका हुन्छन् । विद्यालय वा कलेजमा पुराना विद्यार्थीले नयाँ विद्यार्थीलाई, ठूलाले सानालाई, जान्नेले नजान्नेलाई, शक्तिशालीले शक्तिहीनलाई, शिक्षकले विद्यार्थीलाई बुलिङ गर्ने गर्छन् । बालबालिकालाई घर, परिवार र समुदायमा सानोलाई ठूलोले, भाइबहिनीलाई दाजुदिदीले, गाउँलेले, छिमेकीले, चिनेजानेकाले र कहिलकाहीँ नचिनेकाले पनि बुलिङ गर्ने गर्छन् । सामान्यतया बालबालिकामाथि बुलिङ घर, विद्यालय, विद्यालयको कक्षाकोठा, शौचालय, खेल खेल्ने चौर, शौचालय, चमेना गृह, विद्यालयका सवारी साधन, बसको प्रतीक्षालय, बाटोघाटो, बसभित्र, मेला, भेलालगायत विद्यालयभित्र र बाहिर हुने गर्छ।
बालबालिकाहरू बुलिङबाट प्रत्यक्ष वा परोक्ष रूपमा पीडित भएका हुन्छन् । हरेक वयस्कले आफ्नो बाल्यकाललाई सम्झने हो भने उसले भोगेका बुलिङका घटनाको लामो सूची नै बन्छ । व्यक्तिका जीवनमा बुलिङका घटना घटेका हुन्छन् तर व्यक्तिले सामान्य ठानेको वा गम्भीरतापूर्वक नलिएको पनि हुन सक्छ । शारीरिक पीडा दिने, मुक्का प्रहार गर्ने अथवा लात हान्ने, थप्पड हान्ने, धकेल्ने, घोच्ने, हिर्काउने, गिज्याउने, धम्की दिने, चिमोट्ने, चोर्ने, पिट्ने नाम काढ्ने अथवा व्यंग्य गर्ने, साथीसँगीको स्वीकार्यता र साथित्व तोड्नु, तर्साउनु/धम्क्याउनु, अरूलाई आघात पु¥याउन विद्युतीय माध्यम प्रयोग गर्ने, सामान चोरिदिने, सामान फ्याँकिदिने, कसैको बारेमा नभएका नराम्रो कुरा फैलाइदिने, जानाजान बेवास्ता गर्ने, कुनै पनि काममा सहभागी नगराउने, खेलेका खेलहरूमा सहभागी नबनाउने, कसैको गोप्य कुरालाई साथी भएको भन्दै सार्वजनिक गरिदिने, कसैका आडमा जिस्काउने, कुनै न कुनै कुरा निकालेर जिस्काइरहने, आमाबाबुको पेसाबारे नराम्रो कुरा भनेर जिस्काउने, आमाबाबुसँग जोडेर जिस्काउने, जाति, धर्म, पेसा र धनी गरिबको विषयलाई लिएर होच्याउने, व्यक्तिका अगाडि उसैका बारेमा खिच्याएर, अरूसँग कानेखुसी गर्ने, कसैलाई कुनै पनि काममा जानी जानी बाधा सिर्जना गरिरहने, कसैले गरेको काम जानी जानी बिगारिदिने, शारीरिक बनोटको बारेमा जस्तैः मोटे, घनटाउके, मोटे, लुरे, लुले, आदि भनेर जिस्काउने, होच्याउने, जाति, धर्म, पेसा र धनी गरिबको विषयलाई लिएर होच्याउने, खाना खोसेर खाने, लगाएको लुगाबारे खिज्याउने, लगाएको लुगा तानिदिने, बोल्न खोज्दा बोल्न नदिने, फकाइफुलाइ वा तर्साएर सामान वा पैसा लिने र आफ्नो काम गर्न लगाउने जस्ता कार्य बुलिङका क्रियाकलाप हुन्।
बुलिङका घटना यस्ता छन्ः खाजा खोसेर खाइदिने, खाजाका विषयमा गिज्याउने, झोला, टिफिन बक्स, पानीको बोतल फालिदिने, टोपी वा क्याप तानेर लगाउने एवं उल्टो लगाउन बाध्य पार्ने, झोला साटिदिने, झोलाका पुस्तक साटिदिने, कलम खोसिदिने, कलम साटिदिने, कपडामा मसी छर्किदिने, कपडा तानिदिने, पुच्छर बनाएर झुन्ड्याइदिने, अरूलाई पिट्न बाध्य पार्ने ।
विद्यालयमा अध्ययन गर्ने उमेरका बालबालिकाले भाग्नुपरेका बुलिङका घटना यस्ता छन्ः खाजा खोसेर खाइदिने, खाजाका विषयमा गिज्याउने, झोला, टिफिन बक्स, पानीको बोतल फालिदिने, टोपी वा क्याप तानेर लगाउने एवं उल्टो लगाउन बाध्य पार्ने, झोला साटिदिने, झोलाका पुस्तक साटिदिने, कलम खोसिदिने, कलम साटिदिने, कपडामा मसी छर्किदिने, कपडा तानिदिने, पुच्छर बनाएर झुन्ड्याइदिने, अरूलाई पिट्न बाध्य पार्ने ।
विचारणीय कुरा के छ भने अधिक अभिभावकहरूले बुलिङका सम्बन्धमा आफ्ना छोराछोरीसँग छलफल गर्दैनन् । आफ्ना बालबालिकामाथि बुलिङ भएको छ भनी अभिभावकले सोच्ने पनि गर्नुभएको छैन । बालबालिकाहरूले आपूm बुलिङमा परेको कुरा घर, परिवार र अभिभावकलाई पनि भनेका छैनन् । घर, परिवार, विद्यालय, समुदाय तथा विद्यार्थीहरूलाई बुलिङका सम्बन्धमा आफ्ना अभिभावकहरूले सहयोग गर्छन् भन्नेमा विश्वास छैन । बालबालिकाहरू बुलिङबाट सताइए पनि घर परिवारका सदस्य, साथीभाइ, अभिभावक, शिक्षक तथा आफन्तसँग व्यक्त गर्न चाहँदैनन् । बुलिङबाट पीडित बालबालिकाले बीचैमा विद्यालय छोड्ने, घर–परिवारसँग राम्रो सम्बन्ध नहुने, घर नै छोडेर भाग्ने जस्ता घटना हुने गरेका छन् ।
बुलिङसम्बन्धी एघारओटा तथ्य यसरी उल्लेख गरिएको छः प्रत्येक वर्ष तीस लाख बीस हजारभन्दा बढी विद्यार्थी बुलिङको सिकार हुन्छन् । प्रत्येक दिन झन्डै एक लाख साठी हजार किशोर–किशोरी बुलिङका कारण विद्यालयबाट भाग्छन् । १७ प्रतिशत अमेरिकी विद्यार्थीहरूले एक विद्यालय सेमेस्टरमा महिनामा दुईदेखि तीन वा सोभन्दा बढी पटक बुलिङको सिकार भएको भनी उजुरी गर्छन् । चार जना शिक्षकमा एकजना शिक्षकले बुलिङलाई समस्या मान्दैनन् र जम्मा समयको ४ प्रतिशत समय मात्र हस्तक्षेप गर्छन् । १४ वर्षको उमेरसम्ममा ३० प्रतिशतभन्दा कम केटाहरू र ४० प्रतिशतभन्दा कम केटीहरूले आफ्ना साथीसँगीसँग बुलिङका सम्बन्धमा कुरा गर्छन् । ६७ प्रतिशतभन्दा बढी विद्यार्थीहरू बुलिङविरुद्ध विद्यालयले कमजोर प्रतिक्रिया दिएको भनी विश्वास गर्छन् । विद्यार्थीहरूको उच्च प्रतिशतले वयस्कहरूको सहयोग कम र अप्रभावकारी भएको मान्छन् । ७१ प्रतिशत विद्यार्थीहरू बुलिङका घटनाहरूलाई विद्यालयको एउटा समस्या मान्छन् । कक्षा ४ देखि कक्षा ८ सम्मका ९० प्रतिशत विद्यार्थी बुलिङबाट पीडित भएको सिकायत गर्छन् । पटकपटक तर्साइने÷धम्क्याइने घटनाका कारण १० मा १ जना विद्यार्थीले विद्यालय छाड्छन् । बुलिङका पीडितहरूप्रति केटाहरूले कमभन्दा कम सहानुभूति राख्छन् । वास्तवमा तिनले समस्या समाधान गर्नुभन्दा पनि समस्या थप गर्ने सम्भावना हुन्छ । शारीरिक रूपमा बुलिङ आधारभूत विद्यालयमा बढ्छ, मिडिल विद्यालयमा उच्च विन्दुमा पुग्छ र माध्यमिक विद्यालयमा घट्छ । अर्कातर्फ मौखिक दुव्र्यवहार भने स्थिर रहन्छ ।
नेपालमा बालबालिकामाथि हुने बुलिङविरुद्धको नीतिको अभाव छ । कतिपय विद्यालयले बालबालिकामाथि हुने बुलिङविरुद्धको नीति तर्जुमा गरेको सुनिए पनि वास्तवमा कार्यान्वयनमा देखिएको छैन, दस्तावेजका रूपमा पनि देखिएको छैन । बाल बचावट र बालबालिकाको मानसिक, संवेगात्मक विकासका लागि अवरोधका रूपमा रहेको बुलिङविरुद्धको नीतिको आवश्यकता छ । विद्यालय, सार्वजनिक स्थल, समुदाय एवं परिवारमा के गर्दा बुलिङ हुन्छ भन्ने स्पष्ट मापदण्ड नभएकाले बालबालिका यसको सिकार भएका छन् । त्यसैले बालबालिकामाथि हुने बुलिङविरुद्धको राष्ट्रिय नीति तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ । हरेक विद्यालयले बालबालिकामाथि हुने बुलिङविरुद्धको राष्ट्रिय नीतिको प्रारूपमा रही स्थानीय परिवेशमा आधारित भई बुलिङविरुद्धको नीति तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ।
बालबालिकामाथि हुने बुलिङलाई न्यूनीकरण गर्न निरोधात्मक र उपचारात्मक उपाय अपनाउनुपर्छ । अभिभावक, शिक्षक, दाजुभाइ, दिदीबहिनी, विद्यार्थी, साथी, छिमेकी सबैलाई बालबालिकामाथि हुने बुलिङको जानकारी प्रदान गरी बुलिङ हुने अवस्था आउन नदिन सचेत बनाउनुपर्छ । हरेक विद्यालयमा बुलिङविरुद्धको सुनुवाइको व्यवस्था गर्नुपर्छ । आमाबाबुले आफ्ना छोराछोरीमाथि विद्यालयमा बुलिङ भएको छ÷छैन भनी सोध्नुपर्छ । यदि बुलिङ भएको रहेछ भने तुरुन्तै विद्यालय व्यवस्थापनलाई खबर गरी निरोधात्मक तथा उपचारात्मक उपाय अपनाउन लगाउनुपर्छ । कहिलेकाहीँ बुलिङ गर्ने व्यक्तिले आफूले हेपेजस्तो लाग्दैन तर बुलिङमा पर्ने व्यक्तिले हेपिएको महसुस गर्न सक्छ । यस्तो अवस्थामा उसलाई त्यसो नगर्न भन्नुपर्छ । बालबालिकालाई आफूमाथि बुलिङ भएको जस्तो लाग्छ भने त्यस्तो व्यक्ति वा समूहमा नबस्ने, एक्लै नबस्ने, आमाबाबु, शिक्षक एवम् आफूलाई विश्वास गर्ने साथीहरूलाई भन्नुपर्छ । बुलिङ भएको छ भने चुप लागेर बस्नु हुँदैन । साथीहरू धेरै बनाउनुपर्छ, साथीहरूको समूहमा नै बस्ने गर्नुपर्छ । आपूmलाई कमजोर ठान्नु हुँदैन । अरूलाई बुलिङ गर्ने बानी छ भने सुधार गर्नुपर्छ । बालबालिकालाई बुलिङबाट हुने शारीरिक तथा मानसिक क्षतिबाट जोगाउन अभिभावक, शिक्षक, दाजुभाइ, दिदीबहिनी, विद्यार्थी, साथी, छिमेकी, विद्यालय, आमा समूह, समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय सबैले संयुक्त प्रयास गर्नुपर्छ ।
धेरै वर्षदेखि बाल दिवस मनाउँदै आएका छौँ । बालबालिकामाथि हुने दुव्र्यवहारबाट बचाउने सम्बन्धमा धेरै प्रयास भएका छन् । राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ कार्यान्वयन आएपछि बाल बचावट, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका क्षेत्रमा धेरै काम भए पनि बाल बचावटमा पर्ने बालबालिकामाथि हुने बुलिङविरुद्ध अभियान नै चलाउन यस वर्षको राष्ट्रिय बाल दिवसले सुरुआत गर्ने विश्वास लिन सकिन्छ ।
(लेखक नेपाल सरकारका सचिव हुन्)
प्रकाशित: १ आश्विन २०७४ ०३:२२ आइतबार