१२ असार २०८१ बुधबार
image/svg+xml
विचार

के नेपालले जनसांख्यिक लाभ लिन सक्ला ?

व्यक्तिको उमेर समूहको आधारमा वाल्यावस्था, युवावस्था र प्रौढावस्था गरी तीन अवस्थामा विभाजन गर्न सकिन्छ। राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरूको भूमिका महत्वपूर्ण रहे पनि युवाहरूको भूमिका तथा सक्रियता अझै अर्थपूर्ण मानिन्छ। युवाहरू विकास र परिवर्तनका संवाहक, वर्तमानका साझेदार र भविष्यका कर्णधार मानिन्छन्।

युवा अवस्था भनेको व्यक्तिको जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूह हो। युवालाई सिर्जनशील, सिपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रूपमा विकास गर्न राज्यले सक्नुपर्दछ । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेगसहितको शक्ति र सामथ्र्यले भरिपूर्ण अवस्था पनि युवा अवस्था हो।

युवालाई राज्य सञ्चालन प्रक्रियामा समावेश गर्न नसकेका राष्ट्रले उनीहरूको ऊर्जा र प्रतिभाबाट कुनै लाभ लिन सकेको छैन। उल्टै बरु विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्न बाध्य छ। तसर्थ युवाशक्ति अवसर मात्र नभएर सही परिचालन गर्न नसकिएमा चुनौती पनि हुन्।

हरेक देशमा राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि युवा शक्ति निर्णायक र अपरिहार्य छ। युवाहरूको सहभागिताविना कुनै पनि आन्दोलन, परिवर्तन तथा विकास सम्भव भएका छैनन्। युवालाई राज्य सञ्चालन प्रक्रियामा समावेश गर्न नसकेका राष्ट्रले उनीहरूको ऊर्जा र प्रतिभाबाट कुनै लाभ लिन सकेको छैन। उल्टै बरु विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्न बाध्य छ। तसर्थ युवाशक्ति अवसर मात्र नभएर सही परिचालन गर्न नसकिएमा चुनौती पनि हुन्।

व्यक्ति अनि राष्ट्रपिच्छे युवाको परिभाषा फरक–फरक छन्। उमेर समूहका आधारमा युवालाई छुट्टयाउने या युवापनलाई युवा भन्ने अहिले पनि बहसकै विषय छ। विश्व श्रमिक संगठनले १५–२९ वर्ष उमेर समूहका मानिसलाई युवा भनेको छ भने विश्व स्वास्थ्य संगठन र युनिसेफले १५–२४ वर्ष उमेर समूहलाई युवा भनेको छ। नेपालमा राष्ट्रिय युवा नीति २०७२ ले १६–४० वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ।

२०७८ को जनगणना अनुसार १६–४० वर्ष उमेर समूहका युवाको जनसंख्या ४२ दशमलव ५६ प्रतिशत अर्थात् एक करोड २४ लाख १२ हजार १७३ रहेको छ भने काम काम गर्न सक्ने उमेर समूह १५–५९ को जनसंख्या ६१ दशमलव ९६ प्रतिशत अर्थात् एक करोड ८० लाख ७१ हजार ६८५ रहेको छ। नेपालमा क्रियाशील श्रमशक्तिसँग सम्बन्धित उमेर समूह (१५–५९) को जनसंख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। युवाको संख्या उल्लेख्य हुनु विकासका लागि राम्रो सूचकांक हो। नेपालको लागि यो स्वर्णिम समय हो। तर नेपालमा ठूलो जनसंख्या युवाको हुँदा पनि राज्यले उनीहरूको सही परिचालन गरेर लाभ लिन सकेको छैन्। युवाहरूलाई राज्यको मूलधारमा ल्याउन युवा लक्षित कार्यक्रम ल्याएर उनीहरूलाई परिचालन गर्न जरुरी छ।

उमेर समूहअनुसार जनसंख्याको संरचना हेर्दा आगामी २०–२५ वर्षसम्म नेपालले जनसांख्यिक लाभ लिन सक्छ।

२०४७ सालबाट नेपालमा युवाको जनसंख्या बढदै गएको हो तर त्यो जनशक्तिलाई नेपालले सही परिचालन गर्न सकेको छैन्। जनसांख्यिक लाभको समय ३० वर्ष नेपालले गुमाइसकेको छ। अबको बाँकी समयमा युवाहरूलाई स्वदेशमै श्रम, रोजगारी र उत्पादनमा लगाएर नेपालले लाभ लिन सक्नुपर्दछ। उमेर समूहअनुसार जनसंख्याको संरचना हेर्दा आगामी २०–२५ वर्षसम्म नेपाल जनसांख्यिक लाभ लिन सक्ने अवस्थामा रहन सक्ने देखिन्छ।

नेपालमा युवाको जनसंख्या बढ्दै जाँदा नेपालको जनसांख्यिक लाभ सबभन्दा बढी खाडी देशहरूले लिएका छन्। नेपालको बढ्दो युवा संख्याले खाडीका देशहरूलाई श्रमिक आपूर्ति गर्न सहज भएको छ। नेपालको युवा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको छ।

२०७८ को जनगणनाअनुसार पाँच वर्षभन्दा कम उमेरको जनसंख्या एक दशमलव ३३ प्रतिशत विन्दुले कम हुँदा ६० वर्षभन्दा माथिको उमेर समूहको जनसंख्या २.०८ प्रतिशत विन्दुले बढेको छ।

युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सकेमा नेपालले जनसांख्यिक लाभ लिन सक्नेछ तर मुलुकको विकासको गति र राजनीतिक अस्थिरताले लाभ लिन नसक्ने संकेत गर्दछ। अवसरको सदुपयोग गरेर नेपाल समृद्ध बन्ने अवसरबाट चुक्ने देखिन्छ। २०७८ को जनगणनाअनुसार पाँच वर्षभन्दा कम उमेरको जनसंख्या एक दशमलव ३३ प्रतिशत विन्दुले कम हुँदा ६० वर्षभन्दा माथिको उमेर समूहको जनसंख्या २.०८ प्रतिशत विन्दुले बढेको छ। नयाँ जन्मिने भन्दा बुढ्यौली उमेरमा जानेको अनुपात बढ्दै गएको देखिन्छ। आश्रित जनसंख्या बढ्दै जाँदा अब क्रमिकरूपमा जनसांख्यिक लाभ लिन सक्ने सुविधाजनक अवस्था नेपालले गुमाउँदै जानेछ।  

७० वर्षको अवधिमा नेपालमा आश्रित जनसंख्या सबैभन्दा कम रहेकोले अवसरको सदुपयोग गर्न सक्नुपर्छ।वास्तवमा बेरोजगारी देशको ठूलो समस्या हो। बेरोजगारीले बढाएको युवा पलायन डरलाग्दो छ। नेपालले जनसांख्यिक लाभ लिन नसक्नुको प्रमुख कारण पनि यही हो। विभिन्न तथ्यांकअनुसार बर्सेनि नेपालको श्रमबजारमा थपिने पाँच लाख युव मध्ये लगभग १० प्रतिशतले मात्र नेपालमा रोजगारी पाउँछन्। झन्डै ६० लाख नेपाली युवा श्रमका लागि विदेशिएका छन् भने अध्ययनका लागि विदेशिएका युवाहरूको संख्या पनि उच्च छ। सामाजिक मनोविज्ञानका कारण पनि नेपाली युवाहरूको प्राथमिकतामा विदेश पलायन पर्दै आएको छ। यो मनोविज्ञानलाई चिर्दै स्वदेशमै रोजगारी तथा व्यवसायको अवसर सिर्जना गर्न सक्नु चुनौतीका रूपमा छ।

प्रकाशित: १२ भाद्र २०८० ००:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App