२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

...शेरबहादुर भन्ने मान्छे चिन्या छ?

हजुर चिन्या छु। नेपाली कांग्रेस पार्टीका सभापति श्री शेरबहादुर देउवा (पहिले पहिले देउपा पनि भनिन्थ्यो)। पहिलोपल्ट मैले उहाँको फोटो २०४७ सालतिर देखेको थिएँ। त्यो फोटो उहाँ लन्डनमा अध्ययनरत छँदाको थियो। २०४६ को जनआन्दोलनका बेला बेलायतमा बसोबास गर्ने नेपाली र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले नेपाली राजदूताबासमा गई जनआन्दोलन २०४६ को समर्थनमा ज्ञापनपत्र बुझाउने र तत्कालीन व्यवस्थाको विरोध गर्ने कार्यक्रमको अवसरमा खिचिएको फोटो थियो त्यो।

मेरो एकजना अग्रज दाजु पनि त्योबेला तालिमको सिलसिलामा लन्डनमै हुनुहुन्थ्यो र नेपाल फर्केपछि उहाँले हामीलाई देखाउनुभएको थियो। जनआन्दोलन सफल पार्न विदेशमा बस्ने नेपालीले आआफ्नो क्षमताअनुसार पुर्‍याएको योगदानबारे पनि उहाँले धेरै कुरा सुनाउनुभएको थियो। त्यही सिलसिलामा फोटोमा भएकामध्ये एकजना कांग्रेस युवा नेता शेरबहादुर देउपा हुन् भनेर चिनाउनुभएको थियो।

आफ्नो अध्ययन सकेपछि शेरबहादुर पनि नेपाल फर्कनुभयो। प्रजातन्त्र पुनस्र्थापनापछि नेपालमा सम्पन्न भएको पहिलो निर्वाचनमा उहाँ सांसद बन्नुभयो र गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बन्नुभयो। त्योबेलादेखि नै उहाँलाई हामी झोकी स्वभाव र कडा मिजासका व्यक्तिका रूपमा चिन्थ्यौँ। छिट्टै रिसाइहाल्ने। एकचोटि नेपाल टेलिभिजनको एउटा कार्यक्रममा अन्तर्वार्ता दिँदै एकदम रिसाउनुभएको थियो। हाल आएर त सार्वजनिक कार्यक्रममा उहाँका यस्ता झोकिने बानी कति उजागर भए गनेरै साध्य छैन। बिबिसी नेपाली सेवाको एउटा साक्षात्कारमा एकजना विद्यार्थी सागर ढकालले सोधेको प्रश्नमा रिसाएर मञ्चमै उफ्रिनुभयो। गएको आमनिर्वाचन २०७९ मा त ती विद्यार्थी डडेल्धुराको निर्वाचन क्षेत्रमा प्रतिद्वन्द्वी नै बन्न पुगे शेरबहादुर देउवाको।

आफ्नो अध्ययन सकेपछि शेरबहादुर पनि नेपाल फर्कनुभयो। प्रजातन्त्र पुनस्र्थापनापछि नेपालमा सम्पन्न भएको पहिलो निर्वाचनमा उहाँ सांसद बन्नुभयो र गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बन्नुभयो। त्योबेलादेखि नै उहाँलाई हामी झोकी स्वभाव र कडा मिजासका व्यक्तिका रूपमा चिन्थ्यौँ।

कांग्रेसको प्रतिबन्धितकालमा उहाँले नेविसंघको नेतृत्व गर्नुभएको भन्ने सुनेको हो। त्योबेलाको सत्ताविरुद्ध हुने विद्यार्थी आन्दोलन र विभिन्न कार्यक्रम, अभियानका लागि उहाँमा जुझारु स्वभाव हुनु आवश्यक र स्वाभाविक थियो।

एउटा विद्यार्थी युवा नेतामा जोस, जाँगर र आक्रामक हुनु आवश्यक हुन्छ। तर राष्ट्रकै एक प्रमुख पार्टीका सभापति नेतामा सहनशीलता गुम्नु, आवेगमा आउनु राम्रो गुण होइन। बाहिरबाट हेर्नेहरूले कस्तो मूल्याङ्कन गर्छ भन्ने सोच्नु उत्तिकै जरुरी हुन्छ। उहाँ फेरि आफ्नो नेतृत्वकालको उत्तराद्र्धमा हुनुहुन्छ, राष्ट्र र भावी पुस्ताले उहाँलाई कसरी सम्झिनेछ भन्ने हेक्का राख्नु पनि जरुरी हुन्छ। नजिकका नेता/कार्यकर्ताले उहाँलाई सल्लाह सुझाव त दिनुपर्ने हो। दिए पनि कसैको कुरै सुन्नुहुन्न कि के हो? उहाँका गुटका अन्य नेतालाई पनि गाह्रै छ। देउवा रिसाउनुभयो भने आफैँलाई गाह्रो, बरु चूप लागेर बस्नु नै कल्याण!

कांग्रेसले हालै सम्पन्न आफ्नो केन्द्रीय कार्यसमिति बैठकको सम्पूर्ण गतिविधि प्रत्यक्ष प्रसारण गरेर एउटा नयाँ उदाहरण प्रस्तुत गर्‍यो। केन्द्रीय कार्यसमिति बैठकको सम्पूर्ण कार्यक्रम प्रत्यक्ष प्रसारण गर्नु, त्यहाँका गतिविधि सार्वजनिक गर्नु कति उचित कति अनुचित भन्ने निश्चय गर्नु सोही पार्टीको काम हो हामीले टाउको दुखाउनुपर्ने कुरा होइन। तैपनि एउटा लामो इतिहास बोकेको, देशमा सामाजिक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गौरवपूर्ण भनिने राष्ट्रिय स्तरको पार्टीका नीति निर्माताहरूको भेलाले एकदम सतही, गुटगत टिकाटिप्पणी र गालीगलौज गरी समय खर्चेको तमासा देखाउनु त राष्ट्रले सोच्नुपर्ने विषय भएको छ। के कांग्रेस साँच्चिकै देशको जिम्मेवारी बहन गर्न काबिल छ? त्यसका नेता भनाउदाहरूको भिड काबिल छन् यो देशलाई काँधमा बोक्न? उनीहरूले नीति र कार्यक्रममा ध्यान दिनुपर्ने हो न कि एकअर्कामाथि हिलो छ्यापेर बस्ने।

अबको निश्चित अवधिमा देशलाई कहाँ पुर्‍याउने? जनतालाई के दिने? विकासका योजना र कार्यक्रम के हो? पार्टीको भावी रणनीति के हो? कार्यकर्ताको जिम्मेवारी के हो? प्रतिस्पर्धी राजनीतिक दलहरूको के रणनीति छ, त्यसको सामना कसरी गर्ने? पार्टीको गिर्दो साख, जनविश्वासमा आएको कमीलाई कसरी पुनस्र्थापित गर्ने भन्ने विषयमा मतलबै छैन। पार्टीभित्रका गुटहरूले एकअर्कालाई गाली गर्ने, विरोधी गुटलाई कमजोर देखाउने, सभापतिलाई निचा देखाउने, महासचिवलाई उठ्नै नसक्ने गरी पछार्ने जस्ता क्रियाकलाप प्रत्यक्ष देख्न पाइयो। अब अन्य पार्टी नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा र अरूले पनि आआफ्नो बैठक सार्वजनिक गरे रमाइलै हुन्थ्यो।

कांग्रेसको प्रतिबन्धितकालमा उहाँले नेविसंघको नेतृत्व गर्नुभएको भन्ने सुनेको हो। त्योबेलाको सत्ताविरुद्ध हुने विद्यार्थी आन्दोलन र विभिन्न कार्यक्रम, अभियानका लागि उहाँमा जुझारु स्वभाव हुनु आवश्यक र स्वाभाविक थियो।

देशको आर्थिक अवस्थाको गाम्भीर्य, संसदीय प्रणालीको अभ्यासबारे समीक्षा, सुधारका योजना छैनन्। देश डुब्ने अवस्था आउँदा पनि उनीहरू आफ्नै डम्फु बजाउन ब्यस्त छन्। देश डुब्यो भने हामी सबै एकसाथ डुब्छौँ। म पौडन जान्दछु, सक्छु भनेर कोही बच्नेवाला छैन।

सभापति देउवाले किन एकैचोटि बैठक प्रत्यक्ष प्रशारणमा लाने भने? यसमा सबै आश्चर्यचकित बनिरहे। प्रत्यक्ष प्रसारणका केही दृश्य हेरेपछि सभापति देउवाको जुन मनोदशा देखेँ, त्यसलाई यहाँ चर्चा गर्न चाहेँ। म कुनै मनोविश्लेषक होइन, यो मेरो सामान्य दृष्टिकोण मात्रै हो।

गएको आमचुनावमा पार्टीले हासिल गरेको स्थान, एकल निर्णय लाद्ने प्रवृत्ति, पार्टी कार्यकर्ताहरूको तहमा व्याप्त असन्तुष्टि, पार्टी नेतृत्वप्रति आमजनमानसमा विकसित नकारात्मक धारणा, हालसालै उजागर भ्रष्टाचारका घटना र पार्टी उच्च तहको संलग्नताको आक्षेप, गुटगत राजनीतिक गतिविधि, प्रतिस्पर्धी राजनीतिक दलको उच्च दबाब आदिबारे दह्रो आवाज उठ्ने कुरा निश्चित थियो।

गएको स्थानीय निर्वाचन र आमनिर्वाचनमा पार्टीले भोगेको दशा र त्यसपश्चात केन्द्रीय कार्यसमितिको बैठक तत्काल राख्नुपर्ने र निर्वाचन नतिजाको समीक्षा गर्नुपर्ने सम्बन्धमा उठेको जोडदार मागलाई नसुनेझैँ गरेको तुष बाँकी नै थियो। यी बुँदामा उठ्न सक्ने प्रश्न र आवाज मत्थर पार्न त्यति सजिलो हुन्थेन। प्रत्यक्ष प्रसारण गर्दा सबै कुरा तत्काल सार्वजनिक हुने भएपछि पार्टीलाई माया गर्ने कार्यसमिति सदस्यले अलि संयम अपनाउने कुराको आकलन गरेको हुनुपर्छ सभापति देउवाले। त्यसैले सभापति देउवा बीच–बीचमा हामी प्रत्यक्ष प्रसारणमा छौँ भनी वक्ताहरूलाई सम्झाइरहेका हुन्थे।

कांग्रेसभित्रको गुटबन्दी कुन तहसम्म पुगेको छ भन्ने जगजाहेरै थियो तर प्रत्यक्ष प्रसारणले पूरै रमिता देखायो। दुवै गुट पूरा तयारीका साथ आएका थिए। कसले के बोल्ने, कसलाई गाली गर्ने, कसलाई निचा देखाउने भन्ने निर्देशित प्रायोजित मन्तव्य थियो सबैको। एकजना वक्ताले त पार्टीको प्रतिवेदनलाई एउटा गैरसरकारी संस्थाको ‘विस् लिस्ट’ (ईच्छा सूची) सँग दाँज्नुभयो। के कांग्रेस पार्टी एउटा सानो गैरसरकारी संस्थाको तहमै पुगेको हो? अनुभवी व्यक्तिहरूले भनेपछि होला नि, शायद!

सभापति देउवाले त्यत्तिकै घोषणा त गर्नुभएको अवश्यै होइन होला, प्रत्यक्ष प्रसारण गर्ने भनेर। आफ्ना सहयोगी र समूहका नेतासित सल्लाह अवश्य गर्नुभएकै होला। एउटा कुरा उहाँले कांग्रेस पार्टी र यसको नेतृत्व प्रजातान्त्रिक र पारदर्शी छ भन्ने देखाउन चाहेको पनि हुन सक्छ। अर्को कुरा उहाँले सबैलाई समान व्यवहार गरेको छु भन्ने पनि देखाउन चाहेको देखिन्छ। सबैलाई निश्चित समय प्रदान गर्ने र सो भन्दा बढी बोल्नै नदिने, माइक्रोफोन नै बन्द!

सभापति देउवाले किन एकैचोटि बैठक प्रत्यक्ष प्रशारणमा लाने भने? यसमा सबै आश्चर्यचकित बनिरहे। प्रत्यक्ष प्रसारणका केही दृश्य हेरेपछि सभापति देउवाको जुन मनोदशा देखेँ, त्यसलाई यहाँ चर्चा गर्न चाहेँ। म कुनै मनोविश्लेषक होइन, यो मेरो सामान्य दृष्टिकोण मात्रै हो।

तर एक समय कुनै एक सहभागीले कुनै प्रस्ताव पेस गर्न नदिएको गुनासो गरेको हुनुपर्छ। सभापति जंंगिए ‘...शेरबहादुर भन्ने मान्छे चिन्या छ?’ उहाँको आवेशमा आउने, सहनशीलता गुमाउने भाव प्रशस्तै देखियो। यसले उहाँलाई साह्रै असहिष्णु देखायो म जस्ता बाहिरियालाई। १०४ वर्षे जहानिया राणा शासन हटाउन स्थापना भएको ऐतिहासिक पार्टीको व्यवहार राणाकालीन नै देखियो। 

प्रकाशित: १७ श्रावण २०८० ००:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App