सन् १९८९ मा फ्रान्सिस योसिहिरो फुकुयामाले ‘इन्ड अफ हिस्ट्री’ (इतिहासको अन्त्य) भन्ने निबन्ध प्रकाशित गर्दा पश्चिमा उदारवादीमा अति उत्साह थियो भने अधिनायकवादमा विश्वास गर्नेहरू विशेषतः कम्युनिस्टमा घबराहट थियो। इतिहासको अन्त्य हेगल हुँदै माक्र्सबाट नामित शीर्षक हो। पदार्थ वा भौतिक वस्तु प्रधान हो भन्ने माक्र्सको व्याख्या विपरित चेतना अर्थात विचार प्रधान हो भन्ने हेगलको व्याख्या सत्य प्रमाणित भएको विश्लेषण गर्दै इतिहासको भौतिकवादी व्याख्याको विचार पराजित भएको उनको निष्कर्ष थियो। संक्षेपमा उदार प्रजातन्त्र, पश्चिमा पुँजीवाद र खुला बजार अर्थतन्त्रले विजय प्राप्त गर्ने निष्कर्ष फुकुयामाले निकालेका छन्।
चेतना प्रधान कि पदार्थ: अण्डा पहिला आयो कि कुखुरा शायद यसको जवाफ कसैले दिएको छैन। अण्डाभित्र कुखुरा छ, निश्चित तथा नियमित तापक्रम र समयमा बाहिर निस्कन्छ। चेतना (ऊर्जा) ले काम नगर्दासम्म पदार्थ आफैँ सक्रिय हुन सक्दैन, चेतनाले प्रत्यक्ष संसारमा काम गर्न पदार्थको सहारा चाहिन्छ। शरीर (पदार्थ) लाई भोक लाग्छ खानेकुरा (पदार्थ) को आवश्यकता हुन्छ। भोक महसुस गराउने र खाना खोज्ने खाने काम चेतनाको अभावमा हुन सक्दैन। दुवैको संयोगले मात्र क्रियाशीलता हुन्छ। हेगलको इतिहासको अन्त्य र माक्र्सले सुल्टो बनाएँ भनेको इतिहासको अन्त्यको कुरा दुवै अपूर्ण देखिन्छन्। द्वन्द्व थियो, छ, रहन्छ।
सन् १९८९ मा फ्रान्सिस योसिहिरो फुकुयामाले ‘इन्ड अफ हिस्ट्री’ (इतिहासको अन्त्य) भन्ने निबन्ध प्रकाशित गर्दा पश्चिमा उदारवादीमा अति उत्साह थियो भने अधिनायकवादमा विश्वास गर्नेहरू विशेषतः कम्युनिस्टमा घबराहट थियो।
मार्क्सले भने जस्तो साम्यवादी युटोपियाको स्थापना (सम्भव भएमा) पछि द्वन्द्व समाधान हुने पनि होइन, हेगलले भने जस्तो अब्सुलुट अवस्ट्राक्ट (निराकार) वा राज्य स्थापनापछि द्वन्द्व हराउने पनि हुँदैन। जीवनचक्र रहँदासम्म समाजभित्र द्वन्द्ववाद रहिरहन्छ। चेतनाको प्रधानता देख्ने हेगलले निराकारमा पूर्णता देख्नु स्वाभाविक मान्न सकिन्छ। भौतिकवादमा विश्वास गर्ने माक्र्सले पूर्णताको कल्पना गर्नु आफ्नो धारणाप्रतिको अत्यधिक मोह हो। मानिस स्वयं अपूर्ण छ भने मानिसद्वारा निर्मित समाज कसरी पूर्ण हुन सक्ला?
खुला बजारको विजय: फुकुयामाको खुला बजार अर्थतन्त्रको विजयको अवधारणा खुलाबजारका पक्षपाती देशहरूमा घोर दक्षिणपन्थीहरूको उदयबाट संकटमा छ। सन् २०१६ पछि अमेरिका स्वयं राष्ट्रिय संरक्षणवादी नीतिमा प्रवेश गरेको छ। उदार तथा खुला बजार अर्थतन्त्रमा हुने स्वतन्त्र प्रतिस्पर्धाले उन्नत प्रविधिको विकास, अनुसन्धान र आविष्कारलाई प्रोत्साहन गरी उच्च आर्थिक वृद्धि सम्भव गराएको छ। तर आर्थिक वृद्धि मात्र प्रजातन्त्रको सफलताको मानक होइन। अमेरिकामा तीन करोड मानिस न्यून आयमा जीवनको गुजारा गरेका तथ्य सार्वजनिक भएका छन्।
आर्थिक वृद्धिले सुखी देखाउन सक्छ तर खुसी दिँदैन। आर्थिक वृद्धि मात्र सफलताको मानक मान्ने हो भने चीनले १९९० पछि राम्रै आर्थिक वृद्धि गरेको छ। मध्यपूर्वका अनुदारवादी शासन भएका कैयौँ देशले पनि आर्थिक विकास गरेका छन्। तर मानिस खुसी हुन सकेका छैनन्। खुसी हुन समृद्ध समाज हुनुपर्छ। न्याय, समानता, धार्मिक तथा जातीय विभेदको शून्यता वा न्यूनता, समावेशी समाज, स्वतन्त्र र स्वच्छ समाचारमा पहुँच, मानव अधिकारको सम्मान, शिक्षा र स्वास्थ्यमा सहज तथा किफायती पहुँच, न्यून आर्थिक विषमतालगायतका कुराले मात्र समाजलाई समृद्ध बनाउँछ।
आर्थिक वृद्धिले सुखी देखाउन सक्छ तर खुसी दिँदैन। आर्थिक वृद्धि मात्र सफलताको मानक मान्ने हो भने चीनले १९९० पछि राम्रै आर्थिक वृद्धि गरेको छ। मध्यपूर्वका अनुदारवादी शासन भएका कैयौँ देशले पनि आर्थिक विकास गरेका छन्।
उत्पादन वृद्धिको लाभ निम्न वर्गसम्म पुग्न सकेन भने समाज उन्नत हुन सक्दैन। समृद्ध समाज निर्माणका लागि आविष्कार, अनुसन्धान र प्रतिस्पर्धा हतोत्साहित नहुने गरी नियमन गर्नु र न्यायपूर्ण वितरण गर्नु जरुरी छ।
उदार प्रजातन्त्रको विजयः उदार प्रजातन्त्र र खुला बजारसँगको साझेदारी र संलग्नताले अनुदारवादी शासनमा सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने अपेक्षा अहिलेसम्म सम्भव देखिएको छैन। मध्यपूर्व तथा चीनमा अधिनायकवादका जन्जीर झन् कठोर बनेका छन्।
हङकङबाट समेत प्रजातन्त्र निमोठियो। गोर्भाचोभ र यल्तसिनको समयको रुसी खुलापन पुटिनको सत्तारोहणपश्चात कठोर अनुदारवादमा परिवर्तन भयो। भारत, हंगेरी, टर्की जस्ता देशमा अनुदारवादी शासकहरूले सत्तामा पकड बनाएका छन्। २०१६ पछि अमेरिकी प्रजातन्त्र संकीर्ण दक्षिणपन्थीहरूबाट आक्रान्त छ। बीसौँ शताब्दीको अन्तिम समयमा देखिएको खुला र समृद्ध समाज चाहने बौद्धिकहरूको उत्साह एक्काइसौँ शताब्दीको प्रारम्भबाट शिथिल छ।
फुकुयामाको उदार अर्थतन्त्रको विजयसँग सबै सहमत नभए तापनि उदार प्रजातन्त्रको विजयको सन्देश मानवाधिकारबाट वञ्चित मानिसहरूका लागि आशा सञ्चार गराउने विचार हो। प्रजातन्त्र उत्तम व्यवस्था हो तर यसको सञ्चालन जटिल छ।
निरंकुशताका लागि अधिनायकले सत्ता शक्तिको त्रास सिर्जना गरे पुग्छ। प्रजातन्त्रमा मानिसको व्यक्तिगत तथा सामाजिक मनोविज्ञानले प्रभाव पार्छ। धर्म, संस्कृति, सामाजिक परम्परा व्यवहार, आर्थिक अवस्था, श्रमको व्यवस्थापनलगायत धेरै तत्वको समुचित संयोजन हुन सकेन भने प्रजातन्त्रले राम्रो परिणाम दिन सक्दैन। यसको फाइदा लोकरञ्जनवादीहरूले उठाउने सम्भावना हुन्छ। लोकरञ्जनवादीहरूको अन्तिम गन्तव्य निर्देशित प्रजातन्त्र हो।
बौद्धिकहरूले विचार दिन्छन्, मार्गदर्शन गर्न सक्दछन्, खबरदारी पनि गर्छन्। विचार, बाटो, गन्तव्यको नेतृत्व दिने बिरलै हुन्छन्। सिद्धान्त वा विचार दिन बुद्धि, अध्ययन, लगन भए पुग्छ। कार्यान्वयनको नेतृत्व दिन चैतन्य चाहिन्छ। चैतन्य भएको नेतृत्व छ भने विद्वान्, विशेषज्ञलाई आवश्यकताअनुसार किन्न पनि सकिन्छ। चैतन्य किन्न सकिन्न। चैतन्य भएको व्यक्तिले नेतृत्व गर्न पायो भने प्रजातन्त्रले उत्कृष्ट काम गर्न सक्छ।
फुकुयामाको उदार अर्थतन्त्रको विजयसँग सबै सहमत नभए तापनि उदार प्रजातन्त्रको विजयको सन्देश मानवाधिकारबाट वञ्चित मानिसहरूका लागि आशा सञ्चार गराउने विचार हो। प्रजातन्त्र उत्तम व्यवस्था हो तर यसको सञ्चालन जटिल छ।
अमेरिकाका थोमस जेफर्सन, अब्राहम लिंकन, विडरो विल्सन, फ्रेंकलिन रुजवेल्ट, जर्मनीका विली ब्रान्ट, भारतका जवाहरलाल नेहरू, अटलबिहारी बाजपेयी, नेपालका बिपी कोइराला चैतन्ययुक्त नेतृत्व हुन् जसले आफ्नो समयमा उत्कृष्ट नेतृत्व प्रदान गरे।
मानिसको स्वतन्त्रताको आकांक्षा बन्धन मुक्तिको चाहना हो। मानिस सम्पूर्णरूपमा स्वतन्त्र हुन चाहन्छ। सम्पूर्णरूपमा स्वतन्त्र हुन राज्यबिहीनता हुनुपर्छ। यसै कारण माक्र्सले साम्यवादको प्राप्तिपछि राज्यबिहीन समाजको कल्पना गरेको हुनुपर्छ। तर यो स्वप्न मात्र हो। प्राणीहरूमा सबै भन्दा हिंसक प्राणी मानिस हो। चेतनाको विकास मानिसमा बढी भएकाले आफूलाई नियन्त्रण गर्न राज्यको आविष्कार गरेको हो।
राज्यमा थोरै धेरै हिंसा रहन्छ। त्यसैले नियन्त्रण, नियमन र सन्तुलन जरुरी रहन्छ। राज्यको उत्पत्तिसँगै विभिन्न अर्थराजनीतिक दर्शन, सिद्धान्त र नीतिहरू बनेका छन्। अहिलेसम्मको व्यावहारिक अनुभव र प्रयोगसिद्ध परिणामले सबै भन्दा कम हिंसात्मक र कम खराब व्यवस्था उदार प्रजातन्त्र प्रमाणित भएको छ।
नेपालको अवस्था: सन् १९९० को दशकमा सुरु भएको उदार प्रजातन्त्र र खुला बजारको लहरमा नेपालमा पनि प्रजातन्त्रको पुनस्र्थापना भयो। अधिनायकवादमा विश्वास गर्ने कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगे। सांगठनिकरूपले ठूलो रहेको मा.ले.पार्टीले प्रजातन्त्रीकरणतर्फ पाइला चाल्दै उदार कम्युनिस्ट पार्टी माक्र्सवादीसँग एकीकरण र संसदीय प्रजातन्त्रलाई स्वीकार गरी सांगठनिक विस्तार गरेको हो।
बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली स्थापना भए पनि नेपाली समाजको ठूलो हिस्सा सामन्ती व्यवस्थाको चेतना स्तरबाट माथि उठ्न सकेको थिएन। विशेषतः प्रशासनिक र राजनीतिक नेतृत्वमा सामन्ती चिन्तनको प्रभाव थियो।
मानिसको स्वतन्त्रताको आकांक्षा बन्धन मुक्तिको चाहना हो। मानिस सम्पूर्णरूपमा स्वतन्त्र हुन चाहन्छ। सम्पूर्णरूपमा स्वतन्त्र हुन राज्यबिहीनता हुनुपर्छ।
संसदीय राजनीतिका सुरुका ३–४ वर्ष उपलब्धिमूलक र नेपालको अर्थराजनीतिक प्रणालीलाई सुधार गर्न महत्वपूर्ण रहे पनि नेतृत्वमा रहेको सामन्ती अहंकारले बिस्तारै दुष्परिणाम निम्त्यायो। त्यसपछिका पन्ध्र वर्ष पार्टीहरूको बीचमा अस्वस्थकर सत्तासंघर्ष, माओवादी द्वन्द्व तथा राजा, राजनीतिक दल र माओवादीबीचको त्रिपक्षीय संघर्षमा बित्यो। गणतन्त्र स्थापनापछि सशस्त्र द्वन्द्व अन्त्य भए पनि प्रजातन्त्र परिष्कृत बन्न र परिणाम दिन सकेको छैन।
नेपालमा विभिन्न दल अस्तित्वमा छन्। सुरुमा कांग्रेस र कम्युनिस्ट दुई दलको प्रभुत्व रहे तापनि यी दुवै दलको अकर्मण्यता, चरित्रहीनता र अलोकतान्त्रिक कार्यशैलीका कारण अन्य क्षेत्रीय, परम्परावादी र अवसरवादी प्रियतावादी दलहरूले जनतामा प्रभाव विस्तार गरेका छन्।
यो प्रजातन्त्रका लागि राम्रो संकेत होइन। वैचारिकीमा आधारित दलहरू भ्रष्टाचारमा संलग्न हुनु, चारीत्रिकरूपमा पतन हुनु र दलहरूको आन्तरिक प्रजातन्त्र कमजोर हुनु नै विचारहीन मौकापरस्त दलहरूप्रति मानिस आकर्षण हुनुको कारण हो। राज्यव्यवस्था नीतिअनुसार संगठित र सञ्चालित हुन्छ।
राजनीतिक दलहरूको संगठनको मूल आधार पनि सिद्धान्त र नीति हो। सिद्धान्त र नीतिबिहीन दल, राजनीतिक संगठन कम, अवसरवादी महत्वाकांक्षीहरूको जमघट हुने कर्पोरेट संगठन मात्र हो। यस्ता झुण्डहरूको उत्थानबाट देशको समस्याको समाधान हुन सक्दैन र जनताले संघर्ष गरी प्राप्त गरेको गणतान्त्रिक लोकतान्त्रिक अधिकार पनि सुरक्षित रहँदैन। यस्ता दलले जनतामा प्रजातन्त्रप्रति नै नैराश्यता उत्पन्न गराउँछन्।
नेपालमा विभिन्न दल अस्तित्वमा छन्। सुरुमा कांग्रेस र कम्युनिस्ट दुई दलको प्रभुत्व रहे तापनि यी दुवै दलको अकर्मण्यता, चरित्रहीनता र अलोकतान्त्रिक कार्यशैलीका कारण अन्य क्षेत्रीय, परम्परावादी र अवसरवादी प्रियतावादी दलहरूले जनतामा प्रभाव विस्तार गरेका छन्।
आममानिसले आफ्नो जीवनमा प्रजातन्त्रले के परिवर्तन ल्याइदियो? जीवन सहज बनायो कि बनाएन? सुविधा वृद्धि गरेको छ कि गरेन ? राज्यका सेवा प्रदान गर्ने अंगहरूबाट सहजताका साथ काम भयो कि भएन? यसबाट प्रजातन्त्रको मूल्यांकन गर्छन्। सरकारमा आसीन वा पहुँच भएकाहरू राज्यका अंगको दुरूपयोगबाट मोटाउँदै जाने जनताको समस्या ओझेलमा पर्ने गरेको अन्याय देख्दा उदार व्यवस्थाप्रति नैराश्यता उत्पन्न हुन्छ।
आज नेपालीले लोकतान्त्रिक पद्धतिबाट निर्वाचित प्रतिनिधिहरूको अन्याय र कुशासनबाट पीडित बनेको महसुस गरेका छन्। कुनै समय नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी परिवर्तनका सम्बाहक, जनताका आशाका किरण बनेका थिए। आज यी पार्टीको कुशासनबाट मुक्तिको अपेक्षामा लोकरञ्जनावादीहरूतर्फ आकर्षित भएका छन्। लोकतन्त्र, मानवाधिकार, समाजवाद उन्मुख अर्थतन्त्रमा प्रतिबद्ध छौँ भन्ने दलहरूले जनविश्वास गुमाएको अवस्थामा नै प्रियतावादको उदय हुन्छ।
नेपालमा प्रजातन्त्र छ तर यो चुनावी निरंकुशताको साङ्लोबाट बाँधिएको छ। आमचुनाव होस् या पार्टीहरूका आन्तरिक निर्वाचन, डर, धम्की, प्रलोभन, दान, दक्षिणाबाट निर्वाचनमा विजय भएपछि निश्चित अवधिसम्म आसेपासे, नाता कुटुम्ब, मध्यस्थकर्ताहरूको रक्षा गर्ने र यिनीहरूमार्फत अर्थतन्त्रको दोहन गर्ने भ्रष्टतन्त्र सञ्चालन गरिँदै आएको छ।
हालैको नक्कली भुटानी शरणार्थी प्रकरणमा उदांगिएको राजनीतिक नेता, कर्मचारी र बिचौलियाहरूको समूहले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जत हुने तहसम्मको ठगी, किर्ते चलाएको दुस्साहसले भ्रष्टतन्त्रको हालिमुहाली तथा राजनीति र प्रशासन कति पतीत भैसकेको रहेछ भन्ने उजागर गर्छ। आरोपितहरूलाई न्यायको कठघरामा उभ्याउन सहयोग गर्नुको सट्टा बचाउन पार्टीका प्रमुखहरूको नियमित बैठक तथा प्रहरी प्रशासनलाई धम्की र दबाब दिएको देख्दा जनतालाई नेता हौँ भन्नेहरूले कति हल्कारूपमा लिएका छन् भन्ने देखिन्छ।
अहिलेको नेपालको अवस्थालाई हेगेलियन, मार्क्सियन द्वन्द्ववादी अवधारणाबाट प्रस्तुत गरौँ। नेपाल अहिले भ्रष्टाचार–कुशासन र सदाचार–सुशासनको द्वन्द्वमा छ। शासक वर्गले भ्रष्टाचारवाद र कुशासनवाद (थेसिस) स्थापित गर्यो। भर्खर भर्खर भ्रष्टाचार विरोधी प्रतिवाद (एन्टी थेसिस) जन्मन सुरु गरेको छ।
नेपालमा प्रजातन्त्र छ तर यो चुनावी निरंकुशताको साङ्लोबाट बाँधिएको छ। आमचुनाव होस् या पार्टीहरूका आन्तरिक निर्वाचन, डर, धम्की, प्रलोभन, दान, दक्षिणाबाट निर्वाचनमा विजय भएपछि निश्चित अवधिसम्म आसेपासे, नाता कुटुम्ब, मध्यस्थकर्ताहरूको रक्षा गर्ने र यिनीहरूमार्फत अर्थतन्त्रको दोहन गर्ने भ्रष्टतन्त्र सञ्चालन गरिँदै आएको छ।
यिनीहरूको बीचमा हुने संघर्षको परिणाम (सिन्थेसिस) न्यायपूर्ण, सुशासनयुक्त शासनतन्त्र र सदाचारी समाजको स्थापना हुनुपर्ने हो। कहिलेकाहीँ छोटो समयका लागि उल्टो गति (प्रतिक्रान्ति) पनि हुने गर्छ। त्यस्तो भएमा प्रतिक्रान्तिकारी शक्ति (पूर्वराजा तथा परम्परावादी शक्ति) पनि आउने सम्भावना रहन्छ। अपेक्षा गरौँ, प्रयत्न गरौँ, उज्यालो बिहानी आउनेछ। भ्रष्टाचारी, राज्यद्रोहीतन्त्रको खराब इतिहास अन्त्य भई समृद्ध नेपाल निर्माणको नयाँ इतिहास सुरु हुनेछ।
प्रकाशित: २५ असार २०८० ००:४५ सोमबार