१६ असार २०८१ आइतबार
image/svg+xml
विचार

अन्तर्राष्ट्रियतावादको अर्थ

विश्व

अन्तर्राष्ट्रियतावाद राज्यहरूका बीचको सहकार्यबाट विकास भएको विचारधारा हो। यसभित्र राजनीतिक, आर्थिक साथै सांस्कृतिक सहकार्य पनि समावेश भएको हुन्छ। यो एकत्वनिर्माणको लक्ष्य, चाहना या मूल्यसमान वस्तु प्राप्तिका लागि हो। मानवीय प्रकृतिअनुसार अन्तर्राष्ट्रियतावादका विविध वैश्विक मान्यता रहेका छन्।

अन्तर्राष्ट्रियतावाद एउटा अवधारणा हो र यसले अन्तरराष्ट्रिय सम्बन्धसँगै मानवहरूबीचका सहकार्यमा जोड दिन्छ। यस विचारधारामा ठुलो सङ्ख्यामा राज्यको सहभागिता देखिन्छ। तथ्यगत रूपमा हेर्दा जब विश्वको तापमान वृद्धि, आतङ्कवाद, शान्ति र सुरक्षा आदिको विषय आउँछ तब यस किसिमका मुद्दा एक्लै प्रतिकार गर्न नसकिने बोध हुन्छ। यसबाट अन्तर्राष्ट्रिय समिति या सहकार्य चाहना मात्र नभई आवश्यकता हो भन्ने पनि स्पष्ट हुन्छ।

अन्तर्राष्ट्रियतावाद राज्यहरूका बीचको सहकार्यबाट विकास भएको विचारधारा हो। यसभित्र राजनीतिक, आर्थिक साथै सांस्कृतिक सहकार्य पनि समावेश भएको हुन्छ।

विश्वमा भएका सबै प्रकारका क्रान्तिकारी आन्दोलनमा यस किसिमको अवधारणा उल्लेख्य रहेको तथ्य पनि बिर्सन मिल्दैन। अठारौं शताब्दीपछिका यस किसिमका आन्दोलनमा स्वतन्त्रता या प्रजातान्त्रिक आन्दोलन, राष्ट्रिय मुक्ति तथा समाजवादी आन्दोलनलाई लिन सकिन्छ।

अर्को शब्दमा भन्दा फ्रान्सेली क्रान्तिदेखि अहिलेसम्मका नवीन राजनीतिक जीवनशैली या ढाँचाका विशेषताको बलियो पक्ष नै अन्तर्राष्ट्रियतावादी पक्ष हो।

 अन्तर्राष्ट्रियतावादको शाब्दिक अर्थभन्दा पनि मापनका सबै अभिव्यक्ति, विचार हो र यसका अभावमा स्वतन्त्रता, समानता, राष्ट्रिय स्वाधीनता, सामाजिक न्यायजस्ता पक्षबाट राष्ट्रिय घेरा तोड्न सम्भव थिएन। वैश्विक भावको गुणात्मकता यिनै मूल्यमा निहित छ। परिमाणतः राष्ट्रिय आकाङ्क्षाभित्र अनुभूत गरिएको विषय सम्पूर्ण विश्वमा विस्तार र खुला हुनुपर्ने देखिन्छ।

विश्वमा भएका सबै प्रकारका क्रान्तिकारी आन्दोलनमा यस किसिमको अवधारणा उल्लेख्य रहेको तथ्य पनि बिर्सन मिल्दैन।

विचारधारा, राजनीतिक क्रियाशीलताका लागि अन्तर्राष्ट्रियतावादले नवीन योजनासहित अन्तरराष्ट्रिय समाजसँग पुनः मिल्ने उच्चाकाङ्क्षा राखेको पाइन्छ। अन्तर्राष्ट्रियतावादका लागि मानवतावाद एक महत्वपूर्ण अभिलक्षण हो। यसको स्पष्टोक्ति भनेकै किन राज्यहरू सहकार्यात्मक रूपमा अनुबन्ध हुन्छन् भन्ने आधारमा हेर्न सकिन्छ।

अन्तर्राष्ट्रियतावाद शान्तिका लागि अग्रमार्ग पनि बनेको छ। अन्तर्राष्ट्रियतावादका आधारबाटै शान्ति सम्भव छ। यस्तै आर्थिक स्थिरता, अन्तर्राष्ट्रिय व्यापार व्यवसायको वृद्धिमा पनि अन्तर्राष्ट्रियतावादको प्रभावकारी भूमिका देखिन्छ।

अन्तर्राष्ट्रियतावादको उत्पत्ति

अन्तर्राष्ट्रियतावादको विचार कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट मेनिफेस्टो (१८४८) मा प्रस्तुत गरेका हुन्। यसलाई समावेश गर्ने मुख्य उद्देश्यमा एक व्यक्तिद्वारा अर्को व्यक्तिमा हुने शोषण र यसबाट मुक्त हुनु नै लक्षित रहेको छ।

यस्तै यसका मान्यतामा एउटा राष्ट्रका शोषणबाट अर्को राष्ट्रको शोषणको अन्त पनि रहेको छ। उन्नाइसौं शताब्दीदेखि समाजवादी राजनीतिक संगठन र उदारवादी व्यापार संगठनको ध्यान यसमा गएको देखिन्छ। अन्तरराष्ट्रियताको विचार औद्योगिक कामदारको सन्दर्भमा विश्वव्यापी भएको हो र राष्ट्रिय घेरा पनि नाघेको हो। यसमा श्रमिकको अवस्था, उद्योगको सुधारको विषय प्राथमिकतामा परेको पाइन्छ।

साझा विषय या समस्याले नै सहकार्यको आधार झन् बलियो भएको हो। उन्नाइसौं शताब्दीमा अन्तर्राष्ट्रियतावादको उल्लेख्य रूपमा विकास भएको पाइन्छ। पश्चिमी प्रजातन्त्रको इपिसेन्टर बनेर विश्वभर स्वचेतना तथा सांगठनिक रूपमा यो विचार अघि बढेको पनि देखिन्छ।

अहिलेको अन्तर्राष्ट्रियतावाद रूपान्तरणकारी आन्दोलनको एक उत्पादन हो। राष्ट्रियतावादको मान्यतामा रहेर मानिसहरूलाई जनजाति, सांस्कृतिक पक्ष, भौगोलिक समूहमा विभाजन गरिएको छ भने अन्तर्राष्ट्रियतावादको मान्यतामा सहकार्यात्मक भूमिकाभित्र यी पक्षको एकमुष्ट प्रस्तुति गरिएको छ। अन्तर्राष्ट्रियतावादको विकास राष्ट्रियतावादको सम्बोधनमा नै आएको हुन्छ। यसर्थ राष्ट्रिय घेरा नाघेर विश्वराष्ट्र राज्यको भूमिकामा देखापरेको हो।

अन्तर्राष्ट्रियतावादको विचार कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट मेनिफेस्टो (१८४८) मा प्रस्तुत गरेका हुन्। यसलाई समावेश गर्ने मुख्य उद्देश्यमा एक व्यक्तिद्वारा अर्को व्यक्तिमा हुने शोषण र यसबाट मुक्त हुनु नै लक्षित रहेको छ।

यी विविध कारणबाट अन्तर्राष्ट्रियतावादले विश्वका आम मानिस, राष्ट्र र राज्यलाई सहकार्यको बन्धनमा बाँध्न र फैलन मद्दत पुर्‍याएको छ। अन्तर्राष्ट्रियतावादको विचारको मूल मान्यता कसरी राज्य एकअर्कासँग सम्बद्ध छन्, सहकार्य गर्छन् भन्ने नै हो।

समग्र राज्यहरूको सहकार्य, मित्रताबाट हुने फाइदाको विषयमा वकालत गर्नमा पनि यो विचार केन्द्रित छ। यसले प्रगतिशील राजनीतिक अवधारणाका विषयमा पनि व्याख्या गर्छ। यसबाट स्पष्ट हुन्छ कि यस किसिमको अग्रगतिमा भविष्यको आधार छ भने यथास्थिति या पश्चवादी राजनीतिमा विगत या पश्चगमनमा हराएको अहम् हुन्छ।

यी विविध कारणबाट अन्तर्राष्ट्रियतावादले विश्वका आम मानिस, राष्ट्र र राज्यलाई सहकार्यको बन्धनमा बाँध्न र फैलन मद्दत पुर्‍याएको छ। अन्तर्राष्ट्रियतावादको विचारको मूल मान्यता कसरी राज्य एकअर्कासँग सम्बद्ध छन्, सहकार्य गर्छन् भन्ने नै हो।

प्रगतिशील राजनीति परिवर्तनका लागि अनि समाजको हितमा केन्द्रित भएको हुन्छ। अन्तर्राष्ट्रियतावाद सँगसँगै धेरैजसो राष्ट्रमा यसको उपयोगिताको विषय या प्रभाव पनि फैलिएको छ।

अन्तर्राष्ट्रियतावादका वस्तुतथ्यगत प्रकार

उन्नाइसौं शताब्दीमा उदार प्रजातन्त्रको उदय हुनमा राष्ट्रियतावाद र अन्तर्राष्ट्रियतावादका बीच सम्बन्ध विकास गर्ने निहित उद्देश्य देखिन्छ। यस मान्यताको संस्थागत र विचारधारागत रूपमा विश्वव्यापी व्यापार विनिमय र समुदाय निर्माणको प्रतिबद्धता रहेको छ।

उदार प्रजातन्त्रको मेरुदण्ड नै नागरिक समाज हो, जसले विश्वव्यापी रूपमा खुला बहस र सम्बन्धको विस्तार गर्छ। उन्नाइसौं शताब्दीमा अन्तर्राष्ट्रियतावाद राष्ट्रवादकै घेरामा रहेर विस्तार भएको थियो भने यो विश्वको राजनीतिमा हाबी भएर राजनीतिक रूपमा घोषित तथा सांगठनिक गतिविधि तथा बीसौं शताब्दीको विशाल योजनामा रही उदार अन्तर्राष्ट्रियतावादको सेतुको कम गरेको छ।

उदार अन्तर्राष्ट्रियतावाद

उदार प्रजातान्त्रिक अन्तर्राष्ट्रियतावाद विश्वव्यापी स्वतन्त्रताको मूल्य, समानता, भ्रातृत्वका दाबीमा नै केन्द्रित छ। उदार अन्तर्राष्ट्रियतावादको ध्येयअनुसार विश्वशान्तिमा प्रत्येक राष्ट्रको समान योगदान हुने र राष्ट्रबाहेक अर्को विशेष महत्वको विषय कुनै देखिँदैन।

 अन्तर्राष्ट्रियतावादको आधारभूत सिद्धान्तमा स्वअधिकार तथा समग्रमा अन्तरनिर्भरता नै हो। उदार लोकतन्त्रको सुव्यवस्थाका लागि यो नै राज्यको आशामुखी संरचना हो भन्ने तथ्य बिर्सन मिल्दैन। दुवै उदार अन्तर्राष्ट्रियतावाद र राष्ट्रियतावादले राष्ट्रहरूका बीचमा सहकार्यको आह्वान गर्दा राष्ट्रिय पहिचानको मुद्दाबाट छुटकारा हुनपर्ने नीति प्रस्तुत गरेका छन्।

उदार प्रजातान्त्रिक अन्तर्राष्ट्रियतावाद विश्वव्यापी स्वतन्त्रताको मूल्य, समानता, भ्रातृत्वका दाबीमा नै केन्द्रित छ। उदार अन्तर्राष्ट्रियतावादको ध्येयअनुसार विश्वशान्तिमा प्रत्येक राष्ट्रको समान योगदान हुने र राष्ट्रबाहेक अर्को विशेष महत्वको विषय कुनै देखिँदैन।

उदार अन्तर्राष्ट्रियतावादको एक मात्र उदाहरण संयुक्त राष्ट्र संघ हो। यो अन्तरराष्ट्रिय अंग हो र यसले राष्ट्रहरूका बीच सहकार्यसँगै शान्ति र सद्भावमा केन्द्रित मान्यता पनि प्रस्तुत गरेको छ।

 सकारात्मक दृष्टिकोणबाट हेर्दा यसले राज्यहरूका बीच आर्थिक सुधारको सहकार्यमा भूमिका खेलेको हुन्छ। विश्वको कुल गार्हस्थ दरका वृद्धिमा अन्तर्राष्ट्रिय व्यापारको प्रभावलाई पनि यस तथ्यसँग जोड्न सकिन्छ। यो राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका सन्दर्भमा उल्लेख्य पक्ष हो।

समाजवादी अन्तर्राष्ट्रियतावाद

समाजवादी अन्तर्राष्ट्रियतावाद सामाजिक स्वामित्वको मूल्यसँग जोडिएर विकास भएको हो। यसको व्यावहारिक मान्यता संसारभर छरिएर रहेका कामदारहरू विश्वव्यापी संगठनमा रहेर पुँजीवादविरुद्धका सङ्घर्षमा एकजुट हुनुमा नै देखिन्छ।

यस मान्यताको घोषणा विश्वका कामदारहरू एक हौं भन्ने कम्युनिस्ट पार्टीको घोषणापत्रमा उल्लेख गरिएको छ। यसको पाठ र विषय श्रम र कामदारसँग जोडिएको छ। सैद्धान्तिक विमर्शपछि यो मान्यता सामाजिक स्वामित्व वा समाजवादी आधारमा केन्द्रित रहेको छ। तथ्यगत रूपमा माक्र्सवादी अवधारणा अनुसार सर्वहाराको शक्तिले बुर्जुवाको नियम प्रतिस्थापन गर्ने कुरा नै मुख्य देखिन्छ।

यो मान्यता वर्ग विलोपको मुद्दासम्म पुग्दा राज्य राज्यबीचको सम्बन्ध र साझा सहकार्यमा पनि स्पष्ट हुनपर्ने देखिन्छ। सोभियत संघले समाजवादी संगठनमा जोड दिई विश्वमा विद्यमान हिंसा, अन्तर्राष्ट्रिय द्वन्द्वको समाधानमा पनि चासो राखेको पाइन्छ। तर सोभियत संघको त्यो मान्यता लामो समयसम्म टिक्न सकेन।

समाजवादी अन्तर्राष्ट्रियतावादीका लागि वर्ग नै सबै कुराको आधार हो र सबै प्रकारको सामूहिक कार्य वर्ग सचेतनामा नै आधारित हुन्छ। त्यसकारण अरू विचारधाराको प्राथमिकीकरणबाट राष्ट्रियतावाद तथा स्वतन्त्रतावाद र सामाजिक परिघटनाजस्ता दृष्टिबाट पुँजीवादी पद्धतिको विपक्षमा रही आफ्ना मान्यता प्रस्तुत गरेको पाइन्छ।

समाजवादी अन्तर्राष्ट्रियतावाद सामाजिक स्वामित्वको मूल्यसँग जोडिएर विकास भएको हो। यसको व्यावहारिक मान्यता संसारभर छरिएर रहेका कामदारहरू विश्वव्यापी संगठनमा रहेर पुँजीवादविरुद्धका सङ्घर्षमा एकजुट हुनुमा नै देखिन्छ।

पुँजीवादी विचारधारालाई साधनका रूपमा प्रयोग गरी वर्ग सचेतताबाट आम मानिसलाई टाढा बनाउँदै वैकल्पिक आधार खोज्नबाट वञ्चित गरेको पनि देखिन्छ। समाजवादी अन्तर्राष्ट्रियतावादले राष्ट्रियतावादलाई पनि स्वीकार गर्छ। समाजवादी अन्तर्राष्ट्रियतावादका मान्यताअनुसार समानता र सामाजिक न्यायका दुई लक्ष्यबाट संसारलाई सुन्दर बनाउन सकिन्छ भन्ने रहेको छ। यसका लागि राष्ट्रहरूले एक आपसमा सहकार्य गरी अझै शान्तिमय विश्व निर्माण गर्ने र पुँजीवादी शोषणको अन्त्य गर्ने भन्ने देखिन्छ।

अर्को पक्षबाट भन्दा वामपन्थी राजनीतिक मान्यतामा सर्वहारा वर्गको साझा रुचिप्रतिको सहमति पनि समाजवादी अन्तर्राष्ट्रियतावादको मान्यतामा पर्छ। यो विषय कृत्रिम रूपमा निर्माण गरिएका राज्यका सीमाभन्दा बाहिरको भएकाले सहकार्यको मान्यता यसैबाट निर्धारण हुने गर्छ।

अन्तर्राष्ट्रियतावादको विकास

फ्रान्सेली क्रान्तिसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ दृश्य देखापरेको हो। यसमा पनि राजा, राजकुमारको मान्यता अनि राज्यगत प्रकृतिमा परिवर्तन हुँदै राज्य र जनताका बीचको सक्रियतासहित नवीन राजनीतिक मान्यता विकास भएको हो।

पूर्ण राजतन्त्र र बुर्जुवातन्त्र नै अन्तरराष्ट्रियवादी मूल्यको छेकबारमा रहेकाले पनि यसका विरुद्धको आन्दोलनसँगै यो मान्यता विकास भएको पाइन्छ। जे भए पनि सबै मानिसहरूका बीचको शान्ति र सुरक्षाको चाहना नै यस विचार धाराको आधार हो। यसले क्रान्तिकारी सोचाइमा एक घटकीय प्रतिनिधित्व पनि गरेको हुँदा यो विषय इतिहासको प्रवाहबाट नदबिने र लोप नहुनेमा नै जोड रहेको छ।

आज पनि युद्धले विनाश गरेको विश्वमा र युद्धको त्रासमा रहेको क्षणमा मानवता र मानवीय अस्तित्वको रक्षा मूल्यमा आजसम्मको प्रगतिको विषयमा आत्मसात् भएको नै देखिन्छ। त्यसैले विश्वव्यापी रूपमा आर्थिक र सामाजिक प्रणालीको आयाम संरचित भएको पनि देखिन्छ।

फ्रान्सेली क्रान्तिसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ दृश्य देखापरेको हो। यसमा पनि राजा, राजकुमारको मान्यता अनि राज्यगत प्रकृतिमा परिवर्तन हुँदै राज्य र जनताका बीचको सक्रियतासहित नवीन राजनीतिक मान्यता विकास भएको हो।

यातायात र सञ्चारको विकासले हाम्रो पृथ्वीको समाजको विकासमा मानिसहरू नजिक र एकीकृत हुन सहज भएको छ। यस प्रक्रियामा निश्चय नै अन्तर्राष्ट्रियतावादी विचारको प्रतिबिम्बन भएको छ। विकासको अन्तरनिर्भरताले राज्यका बीचको सम्बन्धमा वृद्धि भएको छ। यसमा पनि मौद्रिक, विद्युत्, सामाजिक, वातावरणीय, सांस्कृतिक र अन्य अन्तर्राष्ट्रिय तहका नीतिगत पक्षमा नियमितता आवश्यक छ।

यही आधारमा विश्व राज्य प्रणाली संरचित छ र यसले विश्व राजनीतिलाई भूमण्डलीय आयाम पनि दिएको छ। युरोपियन संसद्मा राजनीतिक एकत्व दुई वटा संरचनात्मक अवस्थाबाट हुने आधार पनि प्रस्तुत छ। पहिलो राज्यका बीच आर्थिक तथा सामाजिक अन्तरनिर्भरता हो। दोस्रो राज्यहरूका बीच सैन्य शक्तिको निर्मूलीकरण हो। यसमा गर्नै पर्ने प्रतिज्ञा भनेको आर्थिक एकीकरणको प्रक्रिया र युद्धको अन्त भन्नु नै अन्तर्राष्ट्रिय द्वन्द्वको समाधान हो।

सङ्घीयताको केन्द्रबाट हेर्दा शान्ति निर्माणमा सङ्घीयताबाट नै सम्भव हुने विषय सत्य नै हो। राज्यका बीचको सहकार्यमूलक सम्बन्धका सूक्ष्म विश्लेषणबाट शक्ति राजनीतिको अन्त या उन्मूलनमा स्पष्ट हुनुपर्छ। युरोपियन युनियनका सदस्य राज्यको वैदेशिक नीतिको मूल दिशा भनेकै सहकार्यबाट निरंकुशताको अन्त्य हो।

अन्तर्राष्ट्रियतावादका लागि मानवतावाद एक महत्वपूर्ण अभिलक्षण हो। यसलाई किन राज्यहरू  सहकार्यात्मक रूपमा अनुबन्ध हुन्छन् भन्ने आधारमा हेर्न सकिन्छ। अन्तर्राष्ट्रियतावाद शान्तिका लागि अग्रमार्ग पनि बनेको छ।

विश्व बजारमा आर्थिक सम्बन्धको विकासको अवस्था र राजनीतिक शक्तिको वितरण राज्य प्रणालीसँग जोडिएको छ। यसको आशय अन्तर्राष्ट्रिय तानाशाही र स्वतन्त्रताका बीचको सङ्घर्षबाट नै अघि बढ्नु हो। कुनै राज्यको प्रभुत्वबाट मुक्त भई अन्तर्राष्ट्रिय बजार र त्यसको विस्तृत आधार भने खोजीकै विषय हो। समकालीन समाजमा गैरसरकारी संस्थाको अन्तरराष्ट्रिय तहको प्रकार्य पनि स्मरणीय नै छ।

यो समन्वय राज्यका बीचको अन्तरनिर्भरताको नजिकको विषय हो। यस किसिमका घटनाको विकास भएमा राज्य अन्तरराष्ट्रिय राजनीतिमा निर्णायक हुँदैन। विश्वका श्रमिकहरू र बहुराष्ट्रिय कम्पनीका बीचको सङ्गठनात्मक प्रकार्य र शक्ति सम्बन्ध अनि गैरसरकारी संस्थाको नियमन आदिबाट राजनीतिक अधीनता अन्तरराष्ट्रिय तहमा वृद्धि भएको देखिन्छ। कामदार वर्गको शक्तिमा नै राष्ट्रिय पक्ष र गतिविधिको सम्बन्ध उल्लेख्य हुने देखिन्छ।

निष्कर्ष

प्रत्येक राष्ट्र मानवताका लागि कामदार हो। यसका लागि कार्य हुनुपर्छ। यसबाट साझा विचार भनेको प्रत्येकले फाइदाको अनुभूति गर्नुपर्छ। अन्तर्राष्ट्रियतावादको सीमा भनेकै परम्परागत विचार धाराको सीमा हो। अर्को शब्दमा युद्धको व्याख्या सहसम्बन्धका विरोधाभाषमा उत्पादनको प्रक्रिया र अन्तर्राष्ट्रियकरणका बीचमा भएको छ र विश्वको विभाजन सार्वभौम राज्यका द्वन्द्वमा लेखिएको छ। यी घटनाबाट यो विषय विश्व तहमा नै देखिएको छ।

 अन्तरनिर्भरताको प्रतिबिम्बन आधारभूत वस्तु जो मानिसको जीवन निर्वाहसँग जोडिएको छ। आणविक उद्घोषबाट सुरक्षित हुनुपर्ने, वातावरणीय संरक्षणजस्ता विषय अविकसित र तेस्रो विश्वमा जोडिएको समस्या हो। सुप्रिम शक्तिले पनि विश्वका यी समस्या समाधान गर्न सक्दैन। यसको एक मात्र उपाय उच्च तहको सहसम्बन्ध नै हो।

जब विश्वको तापमान वृद्धि, आतङ्कवाद, शान्ति र सुरक्षा आदिको विषय आउँछ, तब यस किसिमका मुद्दा एक्लै प्रतिकार गर्न नसकिने बोध हुन्छ। यसबाट अन्तर्राष्ट्रिय समिति या सहकार्य चाहना मात्र नभई आवश्यकता हो भन्ने पनि स्पष्ट हुन्छ।

अर्कातिर सैन्य होडबाजीबाट मुक्त नभई शक्तिशाली भनिएका राष्ट्र यस दौडमा सहकार्य बिना टिक्न सक्ने स्थिति पनि छैन। अर्को शब्दमा अन्तर्राष्ट्रियतावाद राष्ट्रिय स्वाधीनताको असीमित गतिमा क्रमशः सम्मीलन भएको छ। राज्य र जनताका बीचको समस्यालाई सुधार गर्न यस किसिमको स्थितिमा स्पष्ट हुनपर्ने नै हुन्छ। राष्ट्रराज्यका आधारबाट नै यो विश्वको समयको गतिमा एक विचारधारागत आधार हुनेमा विश्वस्त हुन सकिन्छ। 

प्रकाशित: २३ असार २०८० ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App