७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

क्रेमलिनलाई हल्लाउने त्यो २४ घण्टा

अल्पकालीन हिसाबले विद्रोह विफल हुनुलाई पुटिनले आफ्नो जीत ठान्न सक्छन्। विद्रोही वाग्नर समुहका प्रिगोजिनले अपेक्षा गरेअनुरूप सर्वसाधारणको ठूलो भीड उनको पक्षमा उभिएन र आधा मनले भए पनि रुसको सुरक्षा फौज क्रेमलिनको पक्षमा उभियो। आधा मन यस हिसाबले कि रोस्ताब–अन–डोनमा विद्रोहीलाई नियन्त्रण गर्न चेचेन सैनिकलाई पठाउनुपर्‍यो। तर समय क्रमसँगै यी कुनै पनि विकासक्रमले पुटिनको शक्तिलाई प्रतिविम्बित गर्दैनन्।

दुबै पक्षले एकअर्कालाई पराजित गर्छु भन्ने आत्मविश्वास नभएको देखिएको छ। प्रिगोजिनले रुसी सैनिक नेतृत्वको आलोचना गरे पनि कुको चाहना आफ्नो नभएको बताउँदै आएका थिए। बरु, उनले मस्कोतर्फ अगाडि बढेको वाग्नर लडाकुको यात्रालाई ‘न्यायका लागि मार्च’ संज्ञा दिए। हठात पूर्णविराम लगाउन परे पनि रुसी सैन्य नेतृत्वको कमजोरीका कारण आफ्ना लडाकुहरूको युक्रेन युद्धमा मृत्यु भएको भन्दै उनले यो अभियान थालेका थिए। मस्कोविरुद्धको युद्ध थेग्न नसकिने प्रिगोजिनलाई प्रष्ट थाहा थियो।

रुसी सर्वसाधारणको समर्थनका हिसाबले पनि प्रिगोजिनले सफलता हासिल गर्न सकेनन्। आफूले कब्जा गरेको रुसी सहर रोस्तोव–अन–डोनबाट विद्रोही फिर्ता हुने क्रममा सर्वसाधारणको भीडले जयजयकार गरे पनि उनीहरूले युक्रेन युद्धका हिरोहरूले रुसी सैनिकको विरोधमा उभिएको मूर्खतालाई बिर्सेका थिएनन्। यसैगरी प्रिगोजिनले अनिर्णयका कारण रक्तपात भैरहेको र भ्रष्टाचारमा चुर्लुम्म भएको रुसलाई शुद्धीकरण गर्न आफूले चाहेको बताए पनि यसले सर्वसाधारणको व्यापक समर्थन जुटाउन सकेन।

अझै पनि महान् शान्तिदूतका रूपमा पुटिनले आफूलाई प्रस्तुत गर्नु अकल्पनीय मान्न सकिन्न तर रुसका समृद्ध वर्गको साथ उनलाई आवश्यक रहनेछ।

उता, विद्रोह नियन्त्रण गर्ने सम्बन्धमा पुटिनले गरेको प्रतिक्रिया न शक्तिशाली नेताको जस्तो रह्यो न त सिपयुक्त रणनीतिज्ञको जस्तो। विद्रोहको निन्दा गर्दै उनले संलग्नलाई कडा कारबाही गर्ने त भने तर यो प्रतिक्रिया समयमै आउन सकेन। उनको बयानवाजी धम्की भन्दा पनि आफैँमा घबराहटपूर्ण अभिव्यक्ति जस्तो देखिन्थ्यो। विकसित घटनाक्रमप्रति उनका अभिव्यक्ति प्रतिक्रियात्मक थिए, तिनलाई नियन्त्रण गर्नेमा थिएनन्।

सबैभन्दा नराम्रो पक्ष के रह्यो भने उनले विद्रोहीलाई कुल्चन र प्रिगोजिनलाई सफाया गर्ने भन्दा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोलाई यो संकटको मध्यस्तता गर्न निम्त्याए। वाग्नर प्रमुखलाई लगाइएको आरोप फिर्ता लिन र लडाकु सैनिकसहित उनलाई बेलारुसमा सुरक्षित जान अनुमति दिइयो। यो सहमतिलाई लिएर कतिपयले पुटिन अत्यन्त कमजोर बनेको र यो पूर्ववत् स्वीकृत विषयवस्तु रहेको तर्क गरेका छन्।

अझै पनि महान् शान्तिदूतका रूपमा पुटिनले आफूलाई प्रस्तुत गर्नु अकल्पनीय मान्न सकिन्न। तर रुसका समृद्ध वर्गको साथ उनलाई आवश्यक रहनेछ। तर लुकासेन्कोले गरेको प्रस्तावपछि पुटिनको मौनताले अझै पनि आफ्ना समर्थकहरूको वफादारीप्रति पुटिन ढुक्क देखिएका छैनन्। यसबाहेक, देशद्रोही मानिएको प्रिगोजिनलाई किन माफी दिइयो भन्ने जिज्ञासा सर्वसाधारणमा छ। सत्ताद्रोहलाई नियन्त्रणमा लिएको देखिए पनि विश्वले रुसमा अझै पनि नेतृत्वको अभाव देखेको छ।

उता, विद्रोह नियन्त्रण गर्ने सम्बन्धमा पुटिनले गरेको प्रतिक्रिया न शक्तिशाली नेताको जस्तो रह्यो न त सिपयुक्त रणनीतिज्ञको जस्तो।

अझै पनि पुटिनका केही सहयोगी छन्। उदाहरणका लागि चेचेन रिपब्लिकका नेता रामजान काडिरोभले विद्रोहीलाई नियन्त्रण गर्न सैनिक सहयोग गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। यसैगरी परराष्ट्र मन्त्री सेरगेई लाभरोभ, रुसी नेता भ्याचेसलाभ भोलोदिन तथा अन्य क्षेत्रीय गभर्नरहरू खुलेर सत्ताको पक्षमा उभिएका थिए।

सबैभन्दा नराम्रो पक्ष के रह्यो भने उनले विद्रोहीलाई कुल्चन र प्रिगोजिनलाई सफाया गर्ने भन्दा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोलाई यो संकटको मध्यस्तता गर्न निम्त्याए।

रुसको सभ्रान्त वर्गले पुटिनको समर्थन भन्दा पनि प्रिगोजिनको प्रतिरोध गरेका थिए। उनीहरू रुसलाई विश्व समुदायबाट अलगथलग पार्ने र चीनसँग अत्यधिक निर्भर रहने पुटिनको निर्णयको पक्षमा छैनन्। तर वर्तमान परिस्थितिमा कमजोर र भर पर्न नसक्ने नेता रहे पनि पुटिनको नेतृत्व नै उपयुक्त रहेको उनीहरूको ठम्याइ छ। विशेषगरी ठग र आपराधिक पृष्ठभूमि र अस्थिर चरित्रका सैनिकको नेतृत्व गर्न उनी नै उपयुक्त मानिएको छ।

सँगसँगै, रुसका कतिपय नेता प्रिगोजिनको पक्षमा रहेको देखिएको छ। उदाहरणका लागि, रोस्तोव–अन–डोबसँग सीमा जोडिएको टुला क्षेत्रका गभर्नर अलेक्सी ड्युमिनसँग प्रिगोजिनकोे विशेष सम्बन्ध थियो। कुनै बेला पुटिनको सुरक्षा जिम्मा सम्हालेका ड्युमिन र भविष्यमा पुटिनको उत्तराधिकारीसमेत ठानिएका उनले प्रिगोजिनको पक्षमा लुकासेन्कोसँग वार्ता गरेका थिए। भविष्यमा सैनिकको नेतृत्वदायी पदमा प्रिगोजिनलाई नियुक्त गर्ने वाचासमेत गरेको हुन सक्ने ठानिएको छ।

वर्तमान रक्षा मन्त्री तथा प्रिगोजिनका मुख्य सत्रु मानिएका सेरगेइ सोगुलाई प्रतिस्थापन गरेर ड्युमिन रक्षा मन्त्रीमा नियुक्त भएमा यो वाचा पूरा हुन सक्छ। त्यतिबेला प्रिगोजिनले चाहेजस्तो युक्रेनविरुद्धको युद्धलाई क्रूर हिसाबले अगाडि बढाउने रणनीति रुसले अख्तियार गर्न सक्छ।

युक्रेन युद्धलाई लम्ब्याएको र टुंगोमा नपुर्‍याएको आरोप पुटिनमाथि छ। यस्तो अवस्थामा क्रेमलिनका नजिक रहेका शक्ति र रुसको आन्तरिक सुरक्षा एजेन्सी एफएसबीले समेत प्रिगोलिनलाई सहयोग गरेको भए पुटिनलाई अप्ठेरो पर्न सक्थ्यो। यसो नभए पनि पुटिनलाई सिधा प्रतिरोध गरेको र आफ्ना भनाइ प्रष्ट राखेको सन्दर्भमा भविष्यमा रुसी नेतृत्व प्रतिस्थापन गर्ने नयाँ प्रयास हुन सक्ने देखिएको छ।

त्यतिबेला, सत्ता कसले कब्जा गर्ला त? यसमा दुई संभावना छन्। रुसको सुरक्षा परिषद्का सचिव निकोलाई पत्रुसेभ र उनका छोरा तथा हालका कृषि मन्त्री डिमिट्री यो संभावनामा पर्छन्।

यसैगरी संकटको बेला टेलिभिजनमा प्रस्तुत भएर आफ्ना धारण राख्ने वर्तमान प्रधानमन्त्री मिखाइल मिसुस्टिन अर्का विकल्प हुन। संकटको बेला सुरक्षित रूपमा क्रेमलिनबाट टाढा रहेको भाल्दाइतर्फ उडेको आरोप पुटिनमाथि छ। यसैगरी सत्ताको नेतृत्व लिन सक्नेमा आफ्नै शक्तिशाली सैनिकहरू रहेको मस्कोका मेयर सेरगाइ सोव्यानिम र ड्युमिन रहेका छन्।

वर्तमान रक्षा मन्त्री तथा प्रिगोजिनका मुख्य सत्रु मानिएका सेरगेइ सोगुलाई प्रतिस्थापन गरेर ड्युमिन रक्षा मन्त्रीमा नियुक्त भएमा यो वाचा पूरा हुन सक्छ।

तर यसो भनिरहँदा, पुटिनको पतन अवश्यंभावी मान्न सकिन्न। धेरैअघिदेखि रुसके सभ्रान्तहरूले उनलाई प्रतिस्थापन गर्न चाहेको हल्ला चल्दै आएको हो। तर परिवर्तन हुन सकेन। आफ्नो विजय सुनिश्चित नभएकाले विद्रोहबाट विमुख रहेका प्रिगोजिन जस्तै गरी पुटिनलाई चुनौती दिने नेतालाई आफ्ना प्रतिद्वन्द्वीलाई परास्त गर्छु भन्ने आत्मविश्वासमा कमी देखिएको छ।

(लेखक न्युयोर्कस्थित द न्यु स्कुलकी अन्तर्राष्ट्रिय मामलाकी प्राध्यापक हुन्। प्रोजेक्ट सिन्डिकेट) 

प्रकाशित: १३ असार २०८० ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App