२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
विचार

नयाँ मोर्चाको ‘बुख्याँचा!’

भर्खरै समाजवादी मोर्चा घोषणा भएको छ तर यसका सहभागीहरूको विचार, सिद्धान्त, दर्शन, आदर्श केही पनि मिल्दैन। मात्र समाजवादी मोर्चा नामाकरण गरिएको छ। किन सर्वव्यापी समाजवादलाई यो मोर्चाको नाम बनाइएको होला? अलमल मोर्चाबाहिर भन्दा पनि भित्र कायम छ। त्यसैले मोर्चालाई नेपाली राजनीतिक आकाशमा नयाँ बुख्याँचा भनेर नामाकरण गर्नेलाई बल मिलेको छ।

एक प्राध्यापकले यसलाई नौटंकीको संज्ञा मात्र दिएनन् खेतबारीमा ठड्याइएको बुख्याँचासँग तुलना गरे। उनले प्रतिप्रश्न गर्दै सोधे, बुख्याँचा भनेको के हो थाहा छ? उनैले जवाफ पनि दिए, प्राण नभएको अस्थिपञ्जर बुख्याँचा हो। यसलाई देखेर जनावर झुक्किन्छन् भनेर खेतबारीमा राखिन्छ। तर, यतिखेर बुख्याँचा खेतवारीमा होइन, राजनीतिक क्षेत्रमा उभ्याइएको छ। उनले नेवारीमा ब्याख्या पनि गरे, बुँ भनेको खेत। ख्याँचा भनेको तर्साउने आकृति।

भर्खरै समाजवादी मोर्चा घोषणा भएको छ तर यसका सहभागीहरूको विचार, सिद्धान्त, दर्शन, आदर्श केही पनि मिल्दैन। मात्र समाजवादी मोर्चा नामाकरण गरिएको छ।

दुई दिनअघि राजनीतिको खालमा जुलुंगो त उभ्याइएको छ तर के यसबाट ध्वस्तप्रायः राजनीतिक बाली जोगिएला? अब बाली मास्न आउनेहरू तर्सिएर किनारा लाग्लान्? सवाल जति पेचिलो छ, जवाफ त्यसभन्दा कम पेचिलो छैन किनभने समाजवादी कम्युनिष्टको मोर्चा बनाएर राजनीतिक जटिलतालाई चिर्नुपर्ने आवश्यकता यतिखेर महसुस भएको हो भने विघटित नेकपालाई ब्युँताउने इमानदार प्रयत्न हुनुपर्ने थियो। त्यतातिर लक्षित भएर कदम अगाडि बढ्नुपर्ने थियो। तर नयाँ मोर्चाको ध्यान रत्तिभर त्यतातिर देखिँदैन।

नेपाली बामपन्थीबीच नयाँनयाँ नामाकरण गर्दै पुरानो गुटफुटवादी परिकार पस्किने महारोग छ। त्यसैको निरन्तरता नबनोस् गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बहुप्रचारित धूमधामको भीडभाड। यसखालको अभियान दोहोर्‍याउने रोग नेपाली वामपन्थी राजनीतिमा नयाँ होइन। सत्रसालदेखि जारी छ। दुईदेखि तीसबत्तीसवटा साना गुट, पार्टी र संघसंस्था बारम्बार प्रयोग भैरहनाले यी अब चाखका विषय रहेनन्।

२०३६ सालमा वामविद्यार्थीबीच यस्तै गुट थिए। त्यसपछि २०४५/०४६को आन्दोलनमा संयुक्त वाममोर्चा बनाइयो। तर अर्को धारको वाम भनिनेलाई यो सह्य भएन उसले अर्कै नामराखेर थप वामगुट घोषणा गरिहाल्यो। त्यसपछिका पनि अनगिन्ति नामराखेर बामपन्थी गुट उपगुटका शृंखला गनिसाध्य छैनन्। संविधान बनाउँदा होस् वा कुनै निर्वाचन आउन लाग्दा वा ‘वामपन्थी’ सरकार गिराउँदा किन नहोस्, त्यसैको पछिल्लो संस्करण हो समाजवादी मोर्चा ! यसलार्ई गंभीर बनेर हेरिरहनुको अब कुनै तुक देखिँदैन।

अहिले चार दल मिलेर समाजवादी मोर्चा बनाउनुपछाडि कारण छन्। जसलाई बुझियो भने मोर्चाको बुख्याँचालाई राम्रैसँग चिन्न, जान्न, बुझ्न र थाहा पाउन सकिन्छ। राजनीतिशास्त्रका प्राध्यापक भन्छन्, यसका पाँच कारण छन्–

पहिलो, वर्षामा बाढी आएको समयमा नदीले रुख, हाँगाबिगा बगाएर ल्याउँछ। हिउँदमा बाल्न काम लाग्ने भएर गाउलेहरू सग्लारुख, मुढा, दाउरा, झिंझा ज्यानको बाजी लगाएर उर्लँदो भेलमा हेलिएर जम्मा गर्ने गर्छन्। के यो मोर्चाले त्यसो गर्न सक्छ?

नेपाली बामपन्थीबीच नयाँनयाँ नामाकरण गर्दै पुरानो गुटफुटवादी परिकार पस्किने महारोग छ। त्यसैको निरन्तरता नबनोस् गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बहुप्रचारित धूमधामको भीडभाड।

दोस्रो, मानिसको जीवनलीला सकिइसकेपछि पनि आफ्नो रीतिपरम्पराअनुसार मरेको व्यक्तिलाई नयाँ लुगा लगाएर सद्गत गर्ने चलन छ। पशुपतिनाथ परिसरमा निर्मित विद्युतीय शव दाह केन्द्रमा पुरुषलाई दौरा, सुरूवाल, कोट, टोपी लगाएर र महिलालाई वनारसी सारी चोलोलगाएर खास्टो ओढाएर चुरापोते सिन्दुरले सिंगारेर,कपाल कोरेर विद्युतीय भट्टीमा जलाइन्छ। कतिपयले भने लगाएको कपडा खोलेर फ्याल्छन् र कात्रो ओढाएर अन्तिम बिदाइ पनि गर्ने गर्छन्। मोर्चाको परम्परा यीमध्ये कुनचाँहि हो?

अब मोर्चासँग बन्दूक पनि छ र शक्ति पनि भएकाले शक्तिशाली भन्ने हो भने सत्तामा यसको धाक रवाफबाट केही समय त टिकिएला तर यो दिगो हुनेवाला छैन।

तेस्रो, योग ध्यान तप गर्ने ऋषिमुनिहरू भने जीवनको अन्तिम समयमा वनजंगलमा तपस्या गर्न जान्थे र उतै उनीहरूको इहलीला समाप्त हुन्थ्यो। वन्यजन्तुले उनीहरूको शरीरलाई आहारा बनाउँथे भने कतिपयलाई खाल्डो खनेर पुर्ने पनि गरिन्थ्यो। तर सत्ता शक्तिको मातमा बसेर उनीहरू मोर्चा बनाउँदैनथे।प्रसंगवस् भनौँ, नेपालका ख्यातिप्राप्त संरक्षणविद् रवीन्द्र पुरीले एक महिनाअघि उनको तालिम केन्द्र भक्तपुरको भुइँतल्लाको गाह्रोमा राखिएको गौतम ऋषि र उनकी पत्नी अहिल्याको चित्रमय मूर्तिको व्याख्या गर्दै भनेका थिए, झुठमुठ र गलत कुरा गर्ने यहाँ जोसुकै भए पनि ऊ दण्डित हुनुपर्छ भन्ने सन्देश यो चित्रले दिन्छ।

स्वर्गका राजा इन्द्रले छल गरेर पति गौतमको भेषमा अहिल्यालाई यौन शोषण गरेको देखेपछि ऋषि गौतमले इन्द्रलाई श्राप दिँदै भने, स्वर्गको राजा भएर पनि तँ छली योनीको भोको रहिछन् तेरो शरीरभरि योनी नै योनी होउन्।

सर्वत्र हल्ला प्रचार भयो, इन्द्र योनीको अत्यन्त भोको हो। ऋषिको श्राप लाग्नेबित्तिकै इन्द्रको शरीरभरि हजार योनी उत्पन्न भए, निधारमा योनी, गालामा योनी, हातमा योनी र शरीरभरि जताततै महिलाका योनी नै योनी! इन्द्र आत्तिएर ब्रह्माको शरणमा पुगे। माफी मागे। ब्रह्माले शरीरभरि योनी हुने ऋषिको श्रापलाई आँखा हुनेश्रापमा बदलिदिए। त्यसपछि इन्द्रलाई शरीरमा हजार आँखा भएको भगवान भन्न थालियो। स्वर्गका राजालाई पनि दण्डित गर्न सक्ने ऋषि गौतमको मन्दिर पनौतीमा छ र पुरी पनौतीलाई युनेस्कोको विश्व संपदा सूचीमा सूचीकृत गर्ने अभियानमा लागिरहेका छन्। उनले इन्द्रको झैँ मोर्चाका नेताको चित्र बनाउने दिन नआओस्।

चौथो, आफूसँग नभएको शक्तिलाई पनि मसँग धेरै छ भनेर देखाउने नाटक हुनसक्छ समाजवादी मोर्चा। देशका ठूला पार्टी कांग्रेस र एमालेको तुलनामा एकतिहाइ सानो भएर पनि प्रचण्डले आफू शक्तिशाली छु भनेर देखाउन बनाएका हुनसक्छन् मोर्चा। तर उनको यो प्रयत्न किन कारगर हुनसक्दैन भने संसद्मा एमाले÷कांग्रेसभन्दा आधै सानो छ मोर्चा।

कांग्रेस र एमाले नै हुन् देशका ठूला पार्टी। बालेन, हर्क सांगपांग, रवि लामिछाने र स्वर्णिम वाग्लेहरू शक्तिशाली बनेर उदाइरहेका छन्। उनीहरू यही रफ्तारलाई निरन्तरता दिन काविल भैरहे भने पहिलो र दोस्रो ठूलो दललाई टक्कर दिने वैकल्पिक शक्ति उनीहरू नै बन्नेछन्। माओवादी कहीँको नरहने पक्का भएपछि मोर्चा बनाइएको हो भने त यसको न आधार बाँकी रहनेछ नत जनविश्वास नै !

पाँचौँ, काठमाडौँका काँठ क्षेत्रका खेतवारीमा मास, भटमास, मकै आदि बाली चराचुरुंगी र जंगली जनावरले खालान् भनेर गोठालोको रूपमा परालको बिटोलाई दौरा सुरूवाल वा फुटेको हाँडीको टाउको बनाएर, हातमा फिरफिर गर्ने प्लाष्टिकका त्यान्द्रा थमाइदिएर बुख्याँचा राखिएको जताततै देखिन्छ।

बुख्याँचाले जनावरबाट बालीनाली केही संरक्षण गर्ला तर मोर्चा घोषणा गर्दैमा बुख्याँचाले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउन सक्दैन। यसका लागि त नीति, कार्यक्रम, योजना, लक्ष्य चाहिन्छ। हिजो जुन अजेन्डा बोकेर समाजवादी विभाजन भएका थिए आज त्यही पोको बोकेर मोर्चा बन्न त सक्ला तर आमजनतालाई आकर्षित गर्न भने सक्ने देखिँदैन।

जहाँसम्म समाजवादी मोर्चाको कुरा छ, त्यसका सहभागीहरू नै समाजवादी हुन् कि होइनन्? हेर्नुपर्ने कुरा यो पनि हो। सबै सबैसँग मिलेपछि त्यो कसरी नीति हुन्छ? जसका थिंकट्याँक पुँजीवादी छन्, विश्व बैंक, एशियाली बैंक र मुद्राकोषमा काम गर्छन् ती कसरी समाजवादी हुनसक्छन्? कम्युनिस्ट पार्टी सत्तामा हुँदा यहाँ समाजवाद लागु भएन। माओवादी सत्तामा छ र पनि समाजवाद स्थापना भएन। अब आफूआफू मिल्न नसक्ने चारदलले मोर्चा बनाएपछि कसरी यहाँ समाजवाद स्थापना हुनसक्छ?

पाँचौँ, काठमाडौँका काँठ क्षेत्रका खेतवारीमा मास, भटमास, मकै आदि बाली चराचुरुंगी र जंगली जनावरले खालान् भनेर गोठालोको रूपमा परालको बिटोलाई दौरा सुरूवाल वा फुटेको हाँडीको टाउको बनाएर, हातमा फिरफिर गर्ने प्लाष्टिकका त्यान्द्रा थमाइदिएर बुख्याँचा राखिएको जताततै देखिन्छ।

मोर्चाका चार पार्टी चारतिर देखिन्छन्। उपेन्द्र यादव जातीय÷क्षेत्रीयआधार बनाएर बढिरहेछन्। विप्लबले हिंसा त्यागेका छैनन्। अहिले पनि उनीसँग हतियार छ। माधव नेपालले एमालेमा पद नपाएको रिसले पार्टी बनाएका हुन्। राष्ट्रिय पार्टीसमेत बन्न सकेनन्। प्रचण्ड सत्ताका लागि भारत, अमेरिका, कांग्रेस, एमाले जोसँग मिल्यो उसैको पोशाकमा सजिन माहिर छन्।

भारतमा पुग्दा गेरुबस्त्र, अमेरिकामा चर्च र बाइबल, चीनमा जाँदा राष्ट्रिय पोशाक र सत्तामा बस्न जोसँग पनि मोलतोल ! अब मोर्चासँग बन्दूक पनि छ र शक्ति पनि भएकाले शक्तिशाली भन्ने हो भने सत्तामा यसको धाक रवाफबाट केही समय त टिक्ला तर यो दिगो हुनेवाला छैन। सत्ता त अहिले पनि प्रचण्डसँग छ। तर किन उनले देशमा सुशासनको अनुभूति दिन सकिरहेका छैनन्? चारमध्ये तीन दल सत्ताबाट बाहिरिने भयले र विप्लब विगतनिम्ति दण्डित होइएला भनेर त्यसबाट बच्न मोर्चा बनाउन राजी भएका हुन् भने उनीहरूका विगतका भूतले उनीहरूलाई झन् लखेट्नेछ।

यादवलाई गौरको हत्याकाण्ड, माधवलाई केपीओलीको रिस, प्रचण्डलाई उनैले नटुंग्याएका विषयहरूले र विप्लवलाई उनकै विगतका हर्कतहरूले लखेटिरहनेछन्। जहाँसम्म समाजवादको कुरा छ, के हो समाजवाद? कार्लमाक्र्सको समाजवादमा कामअनुसारको दाम पाउने हुन्श्रमिकले। उनको साम्यवादी समाजमा मात्र मजदूरले आवश्यकताअनुसार दाम पाउने कुरा छ। तर किन प्रचण्ड देशको सर्वेसर्वा प्रधानमन्त्री भएको बेलामा पनि समाजवादी कार्यक्रम कार्यान्वयन नगरेर समाजवादी मोर्चा बनाउन पुगेका होलान्? किन युवाहरूलाई स्वदेश फर्काउन, लगानी भित्राउन, देशमै उत्पादन बढाउन र अरव/मलेसियाको रोजगारीको विकल्प स्वदेशमै सिर्जनागर्न नलागेका होलान्?

यादवलाई गौरको हत्याकाण्ड, माधवलाई केपीओलीको रिस, प्रचण्डलाई उनैले नटुंग्याएका विषयहरूले र विप्लवलाई उनकै विगतका हर्कतहरूले लखेटिरहनेछन्। जहाँसम्म समाजवादको कुरा छ, के हो समाजवाद? कार्लमाक्र्सको समाजवादमा कामअनुसारको दाम पाउने  हुन् श्रमिकले।

उनी कति समाजवादी छन् भन्नलाई भर्खरै संयुक्त सदनमा प्रस्तुत बजेट हेरे पुग्छ। समाजवादी ढक अंगाल्छु भन्नेले गोर्खा, नुवाकोट, सल्यान र डडेल्धुरामा खन्याएको पैसाले प्रष्टै हुन्छ। उनीबाहेक मोर्चाका अरूले पनि यी सवालको जवाफ दिनु पर्दैन? चुनाव बहिष्कार गरेका विप्लवले यसको जवाफ कसरी दिने हुन् कुन्नि? ककसको के धारणा हो? विप्लव कम्युनिस्ट हुन् कि समाजवादी? माधव नेपालको समाजवाद कहाँ छ र के हो? अनि उपेन्द्र यादवको समाजवाद? गेरुबस्त्रधारी प्रचण्डको? समाजवादी मोर्चाका आर्किटेक्ट भनिएका आर्किटेक्चर डा. बाबुराम मोर्चामै अटाएनन् !

कांग्रेस वा एमालेको समर्थनमा सत्तामा बसिरहनका लागि प्रचण्डको ‘बार्गेनिङ टुल’ मात्र हो समाजवादी मोर्चा भने यसले उनलाई अब कति समय सत्तामा टिकाउला? त्यसपछि? सरकार, सदन र सडकबाट आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने मोर्चा घोषणाको दिन जुन उद्गार उनले ब्यक्त गरे त्यसको गुह्य अर्थ निको छैन !

विप्लवलाई आवश्यक परे सशस्त्र युद्ध हाँक्न सक्ने सांकेतिक शक्तिका रूपमा जसरी प्रचण्डले प्रस्तुत गरे त्यसबाट पर्ने प्रभावको अन्दाज मोर्चा जन्माउनेवालाले गरेका छन्? हतियार बोकेर संसदीय राजनीति हुन्छ? एमाले/कांग्रेसलाई धम्क्याएर साइजमा राख्न बनाइएको मोर्चाले कतै कांग्रेस र एमालेलाई नजिक बनाइदिने त होइन? यसो भयो भने प्रचण्डको सत्तामोह भड्खालोमा जाकिन शेरबहादुर देउवा सिंगापुरबाट फर्किरहनै पर्ने देखिँदैन।  

प्रकाशित: ६ असार २०८० ००:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App