१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

बुद्धकालीन बुद्धपुरुषहरू

बुद्ध जयन्ती मनाइरहँदा बुद्धकालीन शताब्दी अर्थात इपु छैटौँ शताब्दी महापुरूषहरूको वर्चश्वकाल अर्थात महापुरूषहरूकै शताब्दी त थिएन भन्ने मनमा लाग्यो। यसै कालमा नेपालमा भगवान बुद्ध, भारतमा भगवान महावीर, इरानमा जरथ्रुस्ट, चीनमा कनफ्युसियस तथा लाउत्से जस्ता महापुरुषहरूको जन्म भएको थियो। भगवान बुद्धले निर्वाण प्राप्त गरेको आधा शताब्दीपछि युनानमा प्लेटो, अरस्तुको जन्म भएको थियो।

बुद्ध, महावीरले धर्म प्रचार गरिरहेका थिए। त्यसैबेला इरानमा जरथ्रुस्टले आफ्नो शिक्षा प्रचार गरिराखेका थिए भने चीनमा कनफ्युसियस र लाउत्सेले आफ्नो उपदेशद्वारा सर्वसाधारण जनतालाई सूचित बनाइराखेका थिए। प्रचलित वैदिक कर्मकाण्ड तथा विधिविधानको अतिवादविरुद्ध बुद्ध र महावीरले आवाज बुलन्द बनाएका थिए।

भगवान बुद्धको जन्म इ.पु.५६३ मा नेपालको कपिलवस्तुको शाक्यवंशीय राजघरानामा भएको थियो। बाबु शुद्धोधन र आमा मायादेवीका पुत्र सिद्धार्थ थिए। आमा मायादेवीको निधन भएकाले उनको पालनपोषण सानिमा प्रजापति गौतमीले गरेका कारण उनको नाम गौतम रहेको भन्ने भनाइ छ।

पत्नी राजकुमारी यशोधरा र छोरा राहुललगायत सबै राजसी ठाटबाट त्यागेर २९ वर्षको उमेरमा गृहत्याग गरे सिद्धार्थले। जुन घटनालाई ‘‘महाभिनिस्क्रमण’’ भनिन्छ।

पत्नी राजकुमारी यशोधरा र छोरा राहुललगायत सबै राजसी ठाटबाट त्यागेर २९ वर्षको उमेरमा गृहत्याग गरे सिद्धार्थले। जुन घटनालाई ‘‘महाभिनिस्क्रमण’’ भनिन्छ। केही वर्ष ज्ञानको खोजमा भ्रमण गरिरहे। अन्त्यमा निरञ्जन नदीको तटमा रहेको पीपल वृक्षका मुनि उनलाई ज्ञान प्राप्त हुन्छ। जुन घटनालाई ‘‘सम्बोधी’’ भनिन्छ। त्यसै समयदेखि उनलाई बुद्ध (जागृत) भन्न थालियो। उनको धर्म बौद्ध धर्मका रूपमा स्थापित भयो। भारतको सारनाथ (वाराणासी) बाट धर्म उपदेश प्रारम्भ गरे। उनले चार आर्यसत्यको उपदेश दिए–जुन संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको निवारण र दुःख निवारणको उपाय।

दुुख निवारण गर्न अस्टांगिक मार्ग अनुशरणको उपदेश दिए। जसमा सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन्। धर्म प्रचारकै काममा इ.पु. ४८३ मा कुशीनगरमा शरीर परित्याग गरे जसलाई ‘महापरिनिर्वाण’ भनिन्छ। बुद्धका अनुयायीमा सम्राट अशोकको नाम मुख्यरूपमा आउँछ। उनले आफ्ना छोराछोरीलाई पनि बौद्ध धर्म प्रचारक बनाएका थिए। उनको मृत्युपछि कनिष्क तथा हर्ष पनि अनुयायी बनेका थिए।

भगवान महावीरको जन्म इ.पु. ५९९ मा भारतको वैशालीको कुङेग्राममा भएको थियो। त्यसबेला उनको नाम ब्रर्दमान थियो। बाबु र आमाको नाम क्रमशः सिद्धार्थ र त्रिसला थियो भने पत्नीको नाम यशोधा थियो। उनको एउटी छोरी थिइन्। उनको नाम प्रियदर्शना थियो। ज्वाइँको नाम जामाली थियो जो महावीरका प्रथम शिष्य र विरोधी उनै थिए।

बाबुको मृत्यु भएकै वर्ष ३० वर्षको उमेरमा उनले गृह त्याग गरे। १२ वर्षको भ्रमण र तपको कारण जम्मिक गाउँको ऋजुपालिका नदीको तटमा सालको वृक्षमुनि ज्ञान प्राप्त गर्छन्। आफैँमाथि विजय गरेको ‘‘जिन’’ र (विजेता) भन्न थालियो। त्यसपछि उनको नाम महावीर रहन गयो। राजगृहको वितुलाचल पर्वतमा बसेर पहिलो उपदेश दिएका थिए।

जैनहरूको मान्यताअनुसार महावीर २४औँ तीर्थङ्कर थिए। उनी भन्दा अगाडि २३ तीर्थङ्कर भइसकेका थिए। पहिलो तीर्थङ्करहरूका रूपमा ऋषमदेवलाई मानिन्छ। भनिन्छ, काठमाडौँको चोभारमा अवस्थित आदिनाथ मन्दिर जैन धर्मका प्रथम तीर्थङ्कर भगवान आदिनाथ (ऋषमदेव) को प्राचीन मन्दिर हो (भगवान महावीर, आचार्य तुलसी, गोल्छा ज्ञान मन्दिर) महावीरले घुमी–घुमी जैनधर्मको प्रचार गरे। त्यस सिलसिलामा उनले मिथिला, वैशाली, राजगृह, कौशल, विदर्भ, मगध आदि तत्कालीन राज्यको भ्रमण गरेका थिए। महावीरले मोक्ष प्राप्तिको तीन साधन बताएका छन्। जसमा सम्यक ज्ञान, सम्यक दर्शन र सम्यक चरित्र पर्छ। यसलाई त्रिरत्न भनिन्छ।

सिद्धार्थ केही वर्ष ज्ञानको खोजमा भ्रमण गरिरहे। अन्त्यमा निरञ्जन नदीको तटमा रहेको पीपल वृक्षका मुनि उनलाई ज्ञान प्राप्त हुन्छ। जुन घटनालाई ‘‘सम्बोधी’’ भनिन्छ।

महावीरको शिक्षा संग्रहलाई ‘‘नयाधम्मकहा’’ भनिन्छ। जैन धर्मलाई संगठित र विकसित गर्ने श्रेय महावीरलाई नै जान्छ। महावीरको मुख्य सिद्धान्त ‘‘अनेकान्तवाद’’ हो। ७२ वर्षको उमेरमा राजगृहको निकट पावापुरीमा निर्वाण प्राप्त गरे। जैनधर्मको पंच महाव्रतमा सत्य, अहिंसा, अपरिगृह, अस्तेय र ब्रह्मचर्य पर्छ। महावीरले वेदको प्रमाणलाई अस्वीकार गरेका छन्।

बुद्धकालीन समयमै इरानमा इ.पु. ६६० मा अजरबैजानस्थित उरुमियामा जरथ्रुस्टको जन्म भएको थियो। कसैकसैको भनाइमा इ.पु. ५९९ मा भएको भन्ने पनि छ। उनको जन्मको विरोध शैतानले गरेको थियो। ंउनलाई मार्ने प्रयास पनि उसले गरेको थियो तर ऊ सफल भएन भन्ने मिथक पनि छ।

जरथ्रुस्ट चिन्तनशील व्यक्ति थिए। २० वर्षकै उमेरमा गृह त्याग गरेर ज्ञानको खोजीमा हिँडे। १० वर्षको कठोर साधनापश्चात धर्मको वास्तविक स्वरूप पत्ता लगाए। त्यसपछि विभिन्न ठाउँमा घुम्दै उपदेश दिन थाले। उनको विरोध समाजमा नभएको होइन, भएको थियो। अन्तमा राजदरवारमा समेत उनको प्रवेश हुन्छ। राजालाई आफ्नो धर्मद्वारा दीक्षित बनाउँछन्। राज्यको समर्थन प्राप्त गर्छन्।

उनले प्रवद्र्धन गरेको धर्म ‘जरथ्रुस्ट’ धर्म या पारसी धर्म भनिन्छ। जरथ्रुष्टको भनाइमा संसारमा दुई शक्ति विद्यमान छ, ‘‘अहुरमज्दा र अँहिरमन्’’। ‘‘अहुरमज्दा’’ ले असल पक्षको प्रतिनिधित्व गर्छ भने ‘अहिरमन’ ले खराब कुराको। यी दुई पक्षको बीचमा संघर्ष भैराख्छ। अन्त्यमा विजय ‘‘अहुरमज्दा’’ को हुन्छ भन्ने मान्यता उनको थियो। त्यसैले उनको भनाइमा मानिसले आफ्नो असल गुणको विकास गर्नुपर्छ जसले गर्दा ‘‘अहुरमज्दा’’ लाई मद्दत पुग्न सकोस्। आगोलाई उनी ‘‘अहुरमज्दा’’ को प्रतीक मान्थे। मानिसलाई अग्निको उपासना गर्नका लागि भन्थे।

अन्तमा राजदरवारमा समेत उनको प्रवेश हुन्छ। राजालाई आफ्नो धर्मद्वारा दीक्षित बनाउँछन्। राज्यको समर्थन प्राप्त गर्छन्।

नैतिक विकासमा जोड दिएका उनले चार आदर्श कुरा बताएका थिए। जसमा सरल पूजा, कृषिको सम्मान, अमिजात्य र उचित शासन। आलस्यताका विरोधी उनको मानिसलाई जगाउने भालेको डाकलाई प्रशंसा गरेका थिए। त्यस्तै कुकुरलाई आदर पात्रका रूपमा लिएका छन्। किनकि उसले किसानलाई साथ दिन्छ। यसरी पारसी धर्मका प्रवर्तक जरथ्रुस्ट थिए। यस धर्मको विस्तार भने हुन सकेन। नित्से (सन् १८४४–१९००) को प्रमुख कृतिहरूमा ‘‘द स्पेक अफ जराथ्रुस्ट’’ पनि पर्छ।

बुद्ध र महावीरको समकालीनमा चीनका कन्फ्युसियस पर्छन्। कनफ्युसियसलाई चीनमा फुन्से राजा पनि भनिन्छ। यिनको जन्म इ.पु. ५५१ मा भएको थियो भने इ.पु. ४७८ मा मृत्यु भएको थियो। तत्कालीन सामाजिक तथा राजनीतिक खराब अवस्थाबाट चिन्तित यिनले २२ वर्षको उमेरबाट नै शिक्षकको जीवन प्रारम्भ गरे। विद्यालय स्थापना गरे। उनको इतिहासमा प्रेम थियो। आचरणसम्बन्धी नियममा प्राथमिकता दिन्थे। नगरको शासकका रूपमा नियुक्त पनि भए।

जीवनभरको मुख्य लक्ष्य नै उनको शासन सुधार थियो। उनले रचना गरेको कृतिको नाम ‘‘पाच कालजयी ग्रन्थ’’ भनिन्छ। उनले मानिसलाई दिएको उपदेशमा सदाचारी बन्न, प्राचीन रीतिरिवाजप्रति आदरभाव राख्न, गुरुजन तथा पूर्वजको सम्मान गर्न, परिवारको नियमको पालन गर्न र साथीप्रति इमानदार हुनु भन्ने थियो। जुन व्यवहार तिमी आफूलाई मन पर्दैन त्यो व्यवहार अरूप्रति नगर भन्ने शिक्षा दिन्थे।

कनफ्युसियसको भनाइमा शासक र जनता, बाबु र छोरा, पति र पत्नी, दाजु र भाइ, पुरानो र नयाँ मित्रको बीच सम्बन्ध विशेष र महत्वपूर्ण हुन्छ। सम्बन्ध मधुर र उचित व्यवहार गर्नुपर्छ। यसले सबैको कल्याण हुन्छ। कनफ्युसियस कुनै धर्मको प्रवर्तक नभएर पुराना परम्परालाई समाजमा स्थापित गर्न चाहन्थे। समाज सुधारक थिए।

बुद्ध र महावीरको समकालीनमा चीनका कन्फ्युसियस पर्छन्। कनफ्युसियसलाई चीनमा फुन्से राजा पनि भनिन्छ। यिनको जन्म इ.पु. ५५१ मा भएको थियो भने इ.पु. ४७८ मा मृत्यु भएको थियो।

लाओत्से चीनका अर्का महापुरूष थिए। इ.पु. ६०४ मा जन्मेका यिनी रहस्यवादी दार्शनिक मानिन्छन्। उनको उपदेशको मुख्य सार नै प्राकृतिक अवस्थातर्फ फर्कनु भन्ने थियो। लाउत्सेको शाब्दिक अर्थ हो, ‘‘प्राचीन आचार्य’’। यिनले जुन धर्मको प्रतिपादन गरे त्यसलाई ताओ भनिन्छ। यिनले ताओ धर्मको सारलाई जनाउने ‘ताओनेकिंग’’ नामक पुस्तक लेखेका थिए।

नैतिक तथा सामाजिक आचरणप्रति बल दिने यिनले भनेका छन् ‘‘जसको राम्रो व्यवहार छ त्यससँग त्यस्तै व्यवहार गर। खराब गर्नेप्रति राम्रो सम्बन्ध राख जसले गर्दा ऊ पनि असल बन्न सकोस् ।’’ असल चरित्र निर्माणमा जोड दिने उनले, मानिस त्यो अवस्थामा फर्कनुपर्छ जुनबेला कुनै शासक नै थिएन’’ लाउत्सेको ताओवाद निस्क्रियावादी, वैराग र अनाशक्तवादी निस्सर दर्शनका रूपमा रहेको छ।

लाउत्सेको शाब्दिक अर्थ हो, ‘‘प्राचीन आचार्य’’। यिनले जुन धर्मको प्रतिपादन गरे त्यसलाई ताओ भनिन्छ। यिनले ताओ धर्मको सारलाई जनाउने ‘ताओनेकिंग’’ नामक पुस्तक लेखेका थिए।

ताओ भनेको प्राचीनकालबाट मान्यता प्राप्त मूलभूत तत्वहरूको समष्टिको रूपमा रहेको छ। त्यसैले राजा तथा प्रजा सबैले आफ्नो आचरण ‘ताओ मार्गबाट निर्देशिक हुनुपर्ने बताएका छन् (डा. गोपाल शिवाकोटी, विश्वका प्रमुख विचारधारा, पैरवी प्रकाशन) उनको मान्यता थियो कि मानिसले सबै घटनालाई प्रकृतिको अनुसार हुन दिनुपर्छ।

यसरी यसै शताब्दीमा बौद्ध, जैन धर्म रा–पारसी धर्म तथा ताओ धर्मको प्रवद्र्धन गर्ने महापुरूषको जन्म भएको थियो। त्यसैले त्यो शताब्दी नै मानवीय चेतनाको उच्चतर विकासको युग थियो। त्यसैले बुद्धलगायत सबै महापुरूषहरूप्रति बुद्धजयन्तीको पावन दिनमा संस्मरण र नमन गर्नु सबैको दायित्व हो भन्ने लाग्छ।

प्रकाशित: २२ वैशाख २०८० ००:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App