२३ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

राष्ट्रपतिमा दमननाथ ढुंगाना रोजौँ

प्रजातान्त्रिक राष्ट्रमा कार्यकारिणी अधिकार प्रधानमन्त्री लगायत सरकारमा रहन्छ भने संविधानको रक्षा र संविधानको पालना गर्ने/गराउने मुख्य भूमिका राष्ट्रपतिको हुन्छ। दमननाथ ढुंगाना वरिष्ठ अधिवक्ता मात्र नभई छात्र जीवनदेखि नै राष्ट्र उत्थानमा लाग्दा कैयौँ पटक काराबासमा समेत परे। मेरो होइन राष्ट्र नै सर्वोपरि हो भन्ने सोचका साथ काम नगर्दा जनतालाई सक्रिय बनाउन र राष्ट्र उत्थान हुन सक्दैन। चेतनशील जनता नै राष्ट्रको धरोहर हो भन्ने भनाइका साथ लागेका दमननाथ ढुंगाना प्रजातन्त्र, संविधानको रक्षा, मौलिक हक, कानुनी, न्यायिक स्वतन्त्रता एवं राज्य सुदृढीकरण र बुद्धि, श्रम र साधनको प्रयोग गर्ने हेतु न्याय सम्पादन गर्नमा लामो अवधिसम्म वकालत पेसा सम्हाल्नुभयो। त्यस क्रममा नेपाल बार एसोसिएसनकोसचिव भई सक्रिय कार्य गर्नुभयो। नेपाल बारका अन्य सक्षम साथीहरूको सहयोग प्राप्त गर्दै सहयोग समेतका आधारमा नेपाल बार एसोसिएसनले संसारमा उच्च स्थान प्राप्त गरेको छ।

यसरी नेपाल बारलाई एकताबद्ध पारी उच्चतामा पुर्‍याउने सक्षमता र सहकार्य गर्ने श्रेय उहाँमा नै कायम थियो र आज पनि छ। आज नेपाल बारले एउटा सशक्त कानुनको मर्यादा र जनतामा न्यायको पहुँचका लागि गरेको कार्य सराहनीय नै छ। ढुंगाना समेतका धेरै कानुन व्यवसायीले आफू स्वयं सक्रिय हुँदा काराबास, कुटाइ आदि खाएका कैयौँ घटना छन् भने अन्य यस्तै राष्ट्रभक्त र सक्रिय प्रजातान्त्रिक योद्धाहरूलाई आर्थिक सहयोग लगायत कानुनी हक मुद्दा/मामिला, पारिवारिक सहयोगसमेत पुर्‍याइ अन्य न्यायिक निर्णयहरूको अध्ययनबाट यथेष्ठ थाहा हुन आउनेछ। यसरी प्राप्तसमेत गराइआएको प्रशस्त उदाहरण कायम छ। यसप्रकार इतिहास कायम गर्दै आएका विषय जगजाहेर छ।

आज हाम्रो राष्ट्रमा बहुजातीय तथा साना ठूला राजनीतिक दलहरू समावेश भएका आधारमा सबै पक्षलाई एकमुष्ठ पार्न सक्ने क्षमता वरिष्ठ अधिवक्ता ढुंगानामा छ। आज विवाद होइन, एकता र प्राप्त शक्ति नै राष्ट्र उत्थानका लागि आवश्यक छ। यस कार्यमा नेपाल बारका अति सम्मानित ढुंगाना हुनुहुन्छ। उहाँलाई साथ दिन सबै कानुन व्यवसायीहरू राष्ट्र निर्माणमा र जनतामा न्यायको सहयोग प्राप्तिमा नेपाल बारए एसोसिएसनमा राजनीतिकर्मी, समाज सेवकका साथै ठूला ठूला विद्वान्हरूको हुल, जमघट, उद्योग व्यवसायीहरूसमेत कार्यक्षमताका आधारमा तयार छन्। यसका नेपाल राज्यभरि ७७ वटा शाखा छन् भने हजारौँको संख्यामा यसका सदस्य छन्। माथि लेखिएअनुसार राष्ट्रको राजनीतिमा कैयौँ दल कार्यरत छन्। सबैलाई समेटी अहिलेको परिस्थितिमा एकजुट पारी सबैमिली संकट टार्न सक्ने शक्तिका रूपमा नेपाल बार कायम छ। यस शक्तिको प्रयोग गर्ने क्षमता कसैमा छ भने ढुंगानामा छ। राष्ट्र उत्थानमा ठूलो शक्ति प्राप्त गर्न सकिन्छ। गृहयुद्धको रातो रगत बगिरहेको अवस्थामा विवाद थियो तर ढुंगानाले यताउति नलागी शान्ति प्रक्रिया सफल पार्न गरेको योगदानको इतिहास साक्षी छ।

हाम्रो छिमेकी राष्ट्र भारतमा नै हेर्‍यौँ भने दलगत भावना भन्दा राष्ट्रको उत्थानका लागि महत्व दिँदै वैज्ञानिक, उच्च आदर्श कायम गरिएका क्षमतावान्, इमानदारहरूलाई राष्ट्रपतिमा पुर्‍याइएको छ। अर्थात भारतमा जाकिर हुसेन, राधाकृष्ण मेनन्, अब्दुल कलाम र हालमा पिछडिएका वर्गबाट छन्। अमेरिकामा जान केरीको सोचअनुसार काला र गोरा मिश्रित बाराक ओबामालाई राष्ट्रपति बनाएसरह सबैको प्यारा दमननाथ ढुंगानाको योगदान प्राप्त गर्नु ठुलो बुद्धिमानी ठहरिनेछ। राष्ट्रपति उच्च आदर्शवान र सक्षम व्यक्ति हुनुपर्छ। यसप्रकार राष्ट्रपतिमा चयन गरिएका कैयौँ उदाहरण कायम छन्।

हामी अधोगतिमा गएका छौँ, हाम्रा सन्तान विदेशमा गई दास जीवन बिताइरहेका छन्। हाम्रो गरिबीलाई हेरौँ-विदेशीहरूको सहयोग प्राप्त गरिरहेका छौँ। यस परिस्थितिमा सबै जातको फूलबारी समावेशी नेपाल बार एसोसिएसन नै एउटा यस्तो शक्ति छ जसले सबैलाई एकताबद्ध पारी राष्ट्रउत्थानमा सहयोगी बनाउन सक्ने शक्ति नेपाल बारमा छ। यस बारमा सबै जातको फूलबारी कायम गरेको अनुमानले राष्ट्रमा पनि सबैलाई समेटी सम्मान गर्दै उत्थानगर्ने शक्ति नेपालभरि रहेका कानुनी व्यवसायीहरूको साथमा कामगर्ने क्षमतावान नेपाल बारको सशक्त अति सम्मानित व्यक्ति वरिष्ठ अधिवक्ता ढुंगानानै हुनुहुन्छ।

नेपाल बार मात्र होइन, जनताबाट निर्वाचित भइ प्रथम संसद्को सभामुख भई भेदभाव केही नगरी समानतामूलक काम गरेको उदाहरण पनि कायम छ। आजको परिस्थितिमा सबैको प्यारो, उच्च बिचारका धनी क्षमतावान दमनजी हुनुभएकाले राष्ट्रपतिमा चयन गर्नु हाम्रो धर्म र कर्तव्य हो। दमन मात्र होइन, नेपाल बारलाई पनि सम्मान गरौँ। यो संस्था राष्ट्रनिर्माणमा लाग्नेछ। विश्वास गरौँ, मौका प्रदान गरौँ।नेपाल बारका कैयौँव्यक्ति ट्रान्सपरेन्सी, आँखा अस्पताल लगायत स्वास्थ्य सेवाका कार्यका साथै शिक्षण पेसामा समेत सक्रिय छन्।

राष्ट्रमा मात्र होइन, अन्तर्राष्ट्रिय जगत्मा पनि ख्याति आर्जन गरेको नेपालबार छ। यसप्रकार अन्तर्राष्ट्रिय जगत्को विश्वासका साथसहयोग प्राप्त गर्न सक्ने संस्था नै नेपाल बार एसोसिएसन छ। सबैको सहयोग प्राप्त गर्नु नै आजको पुकार हो। यसप्रकार नेपाल बारका कर्मठ र सम्मानित ढुंगानालाई राष्ट्रपति मनोनीत गरेमा राष्ट्र उत्थानमा ठूलो टेवा पुग्ने विश्वासका साथ यो नम्र निवेदन गरेको छु। ‘सर्बे हिताय सर्बे सुखम्’ को महत्व हामीमा नै छ।

(वरिष्ठ अधिवक्ता भण्डारीले विभिन्न व्यक्तिसँग कुराकानी गरी तयार पारेको आलेख)

प्रकाशित: ३ फाल्गुन २०७९ ००:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App