२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कारागार बसेका नेतात्रयलाई सम्मान

काठमाडौँ- गणेशमान सिंह केन्द्रले यस वर्ष नेपाली काँग्रेसका नेता मार्शलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ र श्यामलाल श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।
विसं २०६९ मा स्थापित सो केन्द्रले पहिलो चरणमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि १० वर्षभन्दा बढी समय कारागार जीवन बिताएका नेतालाई सम्मान गर्ने योजना बनाएको छ ।

केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले सिंहको सङ्घर्षमय जीवन र वैचारिक पाटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने त्यागी पुराना नेतालाई सम्मान गर्न लागिएको जानकारी दिए।

उनले अबको नयाँ पुस्ताले इतिहासको पनि अध्ययन गर्नुपर्ने बताउँदै सिंहको निष्ठाको राजनीति सबै दलका राजनीतिकर्मीले आदर्श र प्रेरणाका स्रोतका रुपमा लिनुपर्नेमा पनि जोड दिए।

केन्द्रले आगामी पुस २ गते सो सम्मान दिने कार्यक्रम छ । केन्द्रले जर्मनी र बेल्जियममा आफ्नो शाखा गठन गरिसकेको र अन्य मुलुकमा विस्तार गर्ने क्रममा रहेको बताइएको छ । केन्द्रले हालसम्म काठमाडौँ उपत्यकाका कलेजस्तरका करिब २५० विद्यार्थीलाई छात्रवृत्ति पनि उपलब्ध गराएको छ । रासस

प्रकाशित: १८ मंसिर २०७३ ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App