२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदमा प्रधानमन्त्रीलाई 'बहुला कुकुरले टोकेको' भनेपछि...

संसद बैठकमा उपस्थित सांसदहरु। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- नेकपा मालेका महासचिव सीपी मैनालीले प्रधानमन्त्रीलाई बहुला कुकुरले टोकेको आरोप लगाएपछि संसदमा होहल्ला भएको छ।

प्रतिपक्षी दलहरुका तर्फबाट समय लिएर संसद बैठकको सुरुमै बोलेका मैनालीले जनताले माग नै नगरेको सीमाङ्कन हेरफेर गर्ने संसोधन प्रस्ताव आएकोमा आक्रोस पोख्दै 'कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन' भनेपछि सत्तारुढ दलका सांसदहरुले निममापत्ति जनाउँदै होहल्ला गरे।

प्रधानमन्त्रीमाथिको आरोप संसदीय मर्यादा विपरित भएको भन्दै कांग्रेस सांसद रामहरी खतिवडाले नियमापत्ति जनाएपछि मैनालीले आफूले कसैलाइ त्यसो नभनेको जिकिर गर्दै आफ्नो टिप्पणिको बचाउ गरे। 'मैले कसैलाई भनेको होइन बास्तविक कुकुरलाइ भनेको हो', मैनालीले भने 'बहुलाह कुकुरले टोक्यो भने त म पनि बहुलाउँछु नि।'

प्रतिपक्षी दलहरुका तर्फबाट समय लिएर संसद बैठकको सुरुमै बोलेका मैनालीले जनताले माग नै नगरेको सीमाङ्कन हेरफेर गर्ने संसोधन प्रस्ताव आएकोमा आक्रोस पोख्दै 'कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन' भनेपछि सत्तारुढ दलका सांसदहरुले निममापत्ति जनाउँदै होहल्ला गरे।

मैनालीले आफ्नो बचाउ गरेपछि सत्ता पक्षका सांसदहरु थप आक्रोसित हुँदै उनको भनाइ रेकर्डबाट हटाउन माग गरे। सभामुखले मैनालीको भनाइ संसदको रेकर्डबाट हटाउन आदेश दिएपछि मात्र होहल्ला शान्त भयो।

मैनालीले संविधान संसोधन प्रस्तावले देशलाइ विवाद र विभाजनमा ल्याउने भन्दै तत्काल फिर्ता नलिएसम्म प्रतिपक्षले सदन चल्न नदिने अडान लिएपछि संसद बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ। एमाले राष्ट्रिय जनमोर्चा, माले र नेमकिपाका सांसदहरुले सरकारले ल्याएको संविधान संसोधन प्रस्तावको विरोधमा सदन अवरोध गर्दै आएका छन्।

प्रकाशित: १७ मंसिर २०७३ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App