२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

थाइल्याण्डसँग नेपाललाई मौका

काठमाडौं– थाइल्यान्डमा जारी एसिया कप ट्वान्टी–२० प्रतियोगितामा नेपाली  महिला टोलीको निराशाजनक प्रदर्शन गर्ने क्रम रोकिएको छैन । बिहीबार आयोजक थाइल्यान्डविरुद्ध नेपाली टोलीलाई एउटा मौका छ । नेपाल र थाइल्यान्ड मात्र प्रतियोगिताका टेस्ट नखेल्ने टोली हुन् । दुवै टोलीले स्पर्धामा एउटै खेल जित्न सकेका छैनन् ।दुवैले विश्व क्रिकेटका शक्तिशाली देशहरूसँग खेलिसकेको र आफूहरूबीच समान स्तरमा रहेकालेदुवै दबाबमुक्त रहने छन् । प्रतियोगिताहुनुअघि अभ्यास खेलमा भने नेपाल थाइल्यान्डसँग १९ रनले पराजित भएको थियो ।

बिहीबार दुवै टोली निराशाजनक प्रदर्शनरोक्दै टोलीमा थोरै भएपनि आत्मविश्वास बढाउन चाहन्छन् । नेपालले प्रतियोगितामा कुनै पनि पोजिसनमा सन्तोषजनक खेल देखाउन सकेको छैन । आयोजक थाइल्यान्ड पनि घरेलु मैदानमा जितका लागि तड्पिरहेको छ । नेपाललाई हराउँदै घरेलु दर्शकखुसी पार्ने अवसरको पर्खाइमा थाई टोली छ ।

खेलेका तीनै खेल हार्ने क्रममा थाई टोली भारतसँग ९ विकेट, बंगलादेशसँग ३५ रन रश्रीलंका ७५ रनले पराजित भएको थियो । नेपाली टोली भने पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको हो । अहिलेसम्मको प्रदर्शनहेर्ने हो नेपाल प्रतियोगिताकै कमजोर टोलीकारूपमा दरिएको छ । टेस्ट टोलीसामु नेपाली खेलाडीको प्रदर्शन फिका साबित भएको छ ।

नेपालविरुद्ध मंगलबार बंगलादेशले १ सय ३३ रन बनायो । जुन स्कोर नेपालले तीन खेलमा बनाएको स्कोरभन्दा २२ रनले बढी हो । एसियाली महिला क्रिकेटमा एकसमय इमर्जिङ टोलीको रूपमा उदाएको नेपाली टोलीको प्रदर्शन अहिले त्यो स्तरमाभइरहेको छैन ।कुनै पनि समय विपक्षीसामु सशक्त प्रतिद्वन्द्वीको चुनौतीअसफल भइरहेको छ । माथिल्लो स्तरको प्रतिद्वन्द्वीका कारण नेपालले मैदानमाढुक्कले खेल्न सकेको देखिँदैन ।

यद्यपि बिहीबार आफ्नै स्तरको प्रतिद्वन्द्वी पाएकाले नेपालका लागि जितको एउटा गतिलो अवसर हुनसक्छ । तर थाइल्यान्डसँग खेल्नु अघि टोलीमा निराशाका चाङ छन् । जुन एकपछि अर्को थपिँदैछ । सिनियर खेलाडीको वर्चस्व हुँदा पनि नेपालले स्तरीय प्रदर्शन दिन नसक्दा दबाब थपिएको छ । हरेक खेलमा शून्य र दोहोरो स्कोर बनाउन नसकेरै आउट हुने खेलाडीसंख्या बढ्दो छ ।

एसिया कपको प्रदर्शनले सिनियर खेलाडी टोलीमा भइरहनुको औचित्य प्रस्ट पार्नुपर्ने दबाब बढिरहेको छ । टोलीबाट खेलिरहेकी कप्तान रुबिना क्षेत्री, पूर्व कप्तान नेरी थापा, नीरा राजोपाध्याय, इन्दु बर्मा, सरिता मगर र सीता रानामगरले जुनियर र सिनियरमा गरी नेपाली टोलीबाट झन्दै एक दशकयता खेलिइसकेका छन् । तर अनुभवअनुसार खेलमा उनीहरूको परिपक्वता देखिँदैन । ब्याटिङ, बलिङ, फिल्डिङमा नियन्त्रण गुमिरहँदा प्रशिक्षक राजु बस्न्त्यातमाथि दबाब बढिरहेको छ ।

प्रतियोगिताअघि उनले थाइल्यान्डबाट कम्तीमा एउटा टेस्ट राष्ट्रलाई हराएर फर्कने लक्ष्य सुनाएका थिए । यो प्रदर्शनले टेस्ट राष्ट्रलाई हराउने लक्ष्य पूरा हुने नदेखिए पनि थाइल्यान्डसँग बदला लिने मौका भने छ । गत महिना बैंककमै सम्पन्न विश्वकप महिला छनोट क्रिकेटमा नेपाललाई थाइल्यान्डले दुइ पटक खेल्दा तीन विकेट र एक विकेटले पराजित गरेको थियो ।

थाइल्यान्डपछि नेपालले अन्तिम खेलमा साबिक विजेता भारतसँग खेल्नेछ । ब्याटिङतर्फ तीनै खेलमा नेपालको प्रदर्शन कमजोर छ । श्रीलंकाविरुद्ध२३ रनमात्र बनाउन सक्यो । जुन नेपाली क्रिकेट इतिहासकै न्युन स्कोर थियो । एक खेलमा एक खेलाडीले बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन् । पाकिस्तानविरुद्ध कप्तान रुबिनाले ११, श्रीलंकाविरुद्ध ज्योति पाण्डेले १६ र बंगलादेशविरुद्ध सीता रानामगरले१५ रन बनाएका थिए । सबै खेलमा अरु खेलाडी दोहोरो अंक छुन असफल भए । धेरै शून्यमै पवेलियनफर्किए ।

ब्याटिङमा कुनै पनि पोजिसनका खेलाडीले गतिलो स्कोर जोड्न नसक्नु, बलिङ र फिल्डिङमा कमजोर देखिनु, टिम समन्वय, धैर्य, आत्मविश्वासको कमीले महिला खेलाडीहरू जितविहीन बनिरहेका छन् । बिहीबार आयोजकविरुद्ध खेल्दा सबै कमजोरीपन्छाउँदैनयाँ उत्साह ल्याउने अवसर भने छ नेपालसामु ।

प्रकाशित: १६ मंसिर २०७३ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App