२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

'विद्युतीय बस खरिद प्रक्रिया रोक्नु'

काठमाडौं – सरकारले बिजुली बसको खरिद प्रक्रिया रोक्न साझालाई पत्राचार गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज १ मा पत्राचार गर्दै खरिद प्रक्रिया रोक्न भनेको हो।

साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरले खरिद प्रक्रिया ढिलो गरेको भन्दै मन्त्रालयले यसलाई रोक्न पत्राचार गरेको जानकारी दिए। आर्थिक वर्ष सकिनै लाग्दा गत असार २९ मा साझाको तीन अर्बको सेयर खरिद गरेर बिजुली बस सञ्चालन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो। सो अनुरूप साझालाई साउन २ मा सरकारले तीन अर्ब रुपैयाँ दिएको थियो।

प्रकाशित: ४ कार्तिक २०७६ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App