२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इङ्ल्यान्ड चेक रिपब्लिकसँग पराजित

पेरिस – चेक रिपब्लिकसँग शुक्रबार २–१ ले पराजित हुँदा इङ्ल्यान्डले तीन खेलअगावै युरोकप २०२० मा स्थान बनाउने मौका गुमाएको छ। शुक्रबार चेक रिपब्लिकसँग जित निकालेको भए इङ्ल्यान्ड युरोकपका लागि छनोट हुने दोस्रो टोली हुन्थ्यो। यसअघि बेल्जियम युरोकप २०२० का लागि छनोट हुने पहिलो टोली भइसकेको छ।

यस्तै शुक्रबारै भएको अर्को खेलमा क्रिस्टियानो रोनाल्डोले ६ सय ९९ गोल पूरा गर्दा पोर्चुगलले लक्जम्बर्गमाथि ३–० को जित निकालेको छ। पहिलो हाफमा एक गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकालेको हो।

इङ्ल्यान्डले लिएको अग्रतालाई उल्टाउँदै चेक रिपब्लिकले रोमाञ्चक जित निकालेको हो। खेलमा ह्यारी केनले पेनाल्टीबाट सुरुआती अग्रता दिलाएका थिए। पाँचौं मिनेटमा चेकका लुकास मोसोपुस्टले इङ्ल्यान्डका रहिम स्ट्रलिङलाई खराब ट्याकल गरेपछि पाएको पेनाल्टीमा केनले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए।

मंगलबार बुल्गेरियासँग हुने खेलमा जित निकाले इङ्ल्यान्ड युरो २०२० का लागि छनोट हुनेछ। त्यसका लागि सोही समूहमा रहेको कोसेभोले मोन्टेग्रोलाई नजितेको खण्डमा इङ्ल्यान्डको युरोकप ढोका उघ्रिनेछ।

यससँगै केनले युरोकप छनोटमा ७ गोल पूरा गरेका छन्, जसमा ४ पेनाल्टी र ३ गोल रहेका छन्। तर यसअघि मार्चमा भएको पछिल्लो खेलमा चेक रिपब्लिक इङ्ल्यान्डसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो। सुरुआती अग्रता लिएपछि खेलमा फर्किन संघर्ष गरेको चेकले नवौं मिनेटमा गोल गर्दै अग्रता घटाएको थियो। जाकुब बारबेचले गोल गर्दै भ्रमणकारी टोलीको अग्रता बराबरीमा ल्याएका थिए।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको खेल दोस्रो हाफमा पनि निरन्तर रह्यो। खेल सकिन ५ मिनेट बाँकी रहँदा चेकका लागि वैकल्पिक खेलाडी जान्डेक ओन्डरसेकले गोल गर्दै अग्रता उल्टाएका थिए। अग्रता लिइसकेको चेकले बाँकी समय रक्षात्मक खेल खेल्दै भ्रमणकारी टोलीको प्रयासलाई विफल पा¥यो। यससँगै इङ्ल्यान्ड युरो छनोटअन्तर्गत सम्पन्न ४३ खेलपछि पराजय भोग्न बाध्य बन्यो।

‘पछिल्लो केही वर्ष हामीले युरो छनोटमा राम्रो गर्दै तारिफ पाइरहेका थियौं। तर शुक्रबार भएको खेलमा नतिजा सुम्पिनु हाम्रा लागि निकै दुखद रह्यो,’ इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भने, ‘हामीले हाम्रो स्तरको खेल देखाउन सकेनौं। आफ्नै गल्तीले पराजित हुन पुग्यौं। उनीहरूले पाएको मौकालाई सदुपयोग गरे।’

समूह ‘ए’ मा रहेको इङ्ल्यान्डको तालिकामा १२ अंक भएको छ। समान १२ अंक भएको चेक रिपब्लिक गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। मंगलबार बुल्गेरियासँग हुने खेलमा जित निकाले इङ्ल्यान्ड युरो २०२० का लागि छनोट हुनेछ। त्यसका लागि सोही समूहमा रहेको कोसेभोले मोन्टेग्रोलाई नजितेको खण्डमा इङ्ल्यान्डको युरोकप ढोका उघ्रिनेछ।

यस्तै छनोटअन्तर्गत शुक्रबारै सम्पन्न समूह ‘ए’ को खेलमा विश्वकप विजेता फ्रान्सले आइसल्यान्डलाई १–० ले पराजित ग¥यो। फ्रान्सको जितका लागि ओलिभर जिराउडले ६६औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। ‘जितका लागि निकै संघर्ष गर्नुप¥यो। तीन अंक लिन हामीले निकै मेहनत ग¥यौं,’ एन्टोनी ग्रिजम्यानले भने, ‘अबको खेल टर्कीसँग छ। टर्की बलियो टिम हो। हामीले अझै मेहनत गर्न जरुरी छ।’

समूह ‘बी’ को खेलमा जित निकालेको पोर्चुगलका लागि रोनाल्डोसहित बेर्नान्डो सिल्भाले १६औं मिनेटमा गोल गर्दै पोर्चुगलका लागि सुरुआती अग्रता दिलाएका थिए। ६५औं मिनेटमा रोनाल्डोले टोलीका लागि दोस्रो गोल गर्दा गोन्जालो गोएडिसले ८९औं मिनेटमा गोल गर्दै जित निश्चित गरे।

जितपछि पोर्चुगल ११ अंकका साथ समूह ‘बी’ को तालिकाको दोस्रो स्थानमा छ भने पराजित लक्जम्बर्ग ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ। यस्तै शुक्रबारै सम्पन्न अन्य खेलमा युक्रेनले लिथुनियालाई २–० ले पराजित गर्दा मोन्टेग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडे। टर्कीले अल्बानिया र एन्डोराले मोल्डोभालाई समान १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भएका छन्।

प्रकाशित: २६ आश्विन २०७६ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App