२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरभित्रैकाे खाल्डोमा एकै परिवारका चारसहित पाँच जनाको शव, तीन जना सुरक्षित

काठमाडौं — बाराको फेटा गाउँपालिका–४ मा ५ जनाको शव फेला परेको छ । बताराको एक घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौंरले जानकारी दिए।

शव भेटिनेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक भारतीय कामदार मृत्यु भएको प्रहरीले राठौंरले बताए। चार पाँच दिनदेखि उनीहरुसँगै बस्दै आएका भारतीयको भने परिचय नखुलेको उनले बताए।

डिएसपी राठौरकाअनुसार घरभित्रैको करिब छ सात फिट गहिरो खाल्डोमा उनीहरुको शव भेटिएको हो। मृतक महेन्द्रका श्रीमती र उनका दुइ छोरी भने घर बाहिर भएकोले सुरक्षित रहेको राठौरको भनाइ छ।

‘खाल्डोमा मदिरा बनाउन प्रयोग हुने केही कच्चा पदार्थ पनि भेटिएको छ।’ डिएसपी राठौरले नागरिकसँग भने, ‘मृतकको शरीरमा कुनै चोटपटक छैन। यसो हेर्दा निस्सासिएर ज्यान गएकोजस्तो देखिन्छ। तर पुष्टि भने भएको छैन। मृतकको शव पोष्ठमार्टमका लागि कलैया अस्पताल लगिएको छ।' घटना बारेमा अनुसन्धान भइरहेको उनले बताए।

 

 

प्रकाशित: १६ आश्विन २०७६ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App