२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परीक्षाफल प्रकाशित

काठमाडौं—त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ जेठ–असारमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षीय स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ। 

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशाससम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क १४०३३६, १४०३८६, २०१००३४, ३२६००२५, ३६३०००२, र ६३१०००३ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ। 

यसैगरी २०७३ साल वैशाख–जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ नियमित) को गृहविज्ञान विषयको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशन गरिएको छ । 

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np रwww.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस

प्रकाशित: १० मंसिर २०७३ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App