२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीन महिनापछि भयो गाउँसभा

भैरहवा– अनिश्चित रहेको गैडहवा गाउँपालिकाको गाउँसभा बैठक ३ महिनापछि सम्पन्न भएको छ। 

असार १० गतेभित्र सबै स्थानीय तहमा गाउँ सभा सम्पन्न हुनु पर्ने भए पनि गौडहवाको पाचौं गाउँसभा गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षको विवादले अन्यौल भए पनि अनतः सम्पन्न भएको हो। एक अर्कालाई आरोप प्रत्यारोप गर्ने गरे पनि अहिले वार्तापछि १४ बुँदे सम्झौता गरी गाउँसभा सम्पन्न भएको छ।

वडा नम्बर ६ को सुर्यपुरा हेल्थपोष्टको सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले गाउँसभालाई सम्बोधन गर्दै आर्थिक बर्ष ०७६/०७७ का लागि ५६ करोड १५ लाख ३ हजार बराबराको बजेट प्रस्तुत गरेका थिए। उक्त बजेट गत बर्षभन्दा ५ करोड बढी हो। गत बर्ष ५१ करोड १२ लाख ४३ हजार ९ सय बराबरको बजेट प्रस्तुत गरिएको थियो।

आर्थिक विकासका संवाहकको प्रभावकारी उपयोग गर्दै पूर्वाधार विकास र सामाजिक विकासलाई उच्च प्राथमिकता दिई समृद्ध गैडहवा बनाउने लक्ष्य लिइएको बजेटमा क्षेत्रगत र भौगोलिक सन्तुलन कायम हुने गरी दीर्घकालिन रुपमा प्रतिफल दिन सक्ने योजनाहरु कार्यान्वयन गर्न श्रोत, साधन, प्रविधि, जनशक्ति आदिको प्रभावकारी र कुशल रुपमा उपयोग गर्ने रणनीति अबलम्बन गर्ने बताइएको छ। 

आर्थिक वर्ष २०७६/०७७ कोे बजेटले सबैभन्दा बढी पूर्वाधार बिकास, शिक्षा, कृषि र पर्यटनलाई जोड दिएको छ।

त्यस्तै प्रत्येक वडामा १/१ वटा ३० लाख बराबरको कालोपत्रे योजनालाई बजेटमा प्रमुखताका साथ राखिएको छ। त्यस्तै बालिकाको भुर्ण हत्या गर्ने कार्यलाई निरुत्साहित गर्नको लागि बालिका बिमा (बालिका बचाउ बालिका पढाउ) अभियानलाई निरन्तरता दिइएको छ। गाउँपालिकाको प्रशासनिक भवन निमार्णलाई पनि यस बर्ष बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले बताए।

कृषियोग्य भूमीमा संचालित पकेट क्षेत्र मा कृषिलाई व्यवसायीकरण गर्ने बताउँदैे नगदेवाली, मौसमी/बेमौसमी तरकारी खेती, फलफूल खेती, विउ उत्पादन, कार्यक्रम संचालन गर्न बजेट आबश्यक बजेट बिनियोजन गरेको बताएका छन्। माछा, च्याउ जस्ता नगदे तथा बेमौसमी तरकारी खेती, अन्नबाली, फलफुल, व्यावसायिक खेतीलाई प्रवर्द्धन गरी आधुनिक कृषि प्रणाली एवं व्यवसायीकरणमा बजेटले जोड दिएको छ।

प्रकाशित: १३ आश्विन २०७६ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App