२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्व नजिकिँदै जाँदा सीमावर्ती नाकाबाट पटाका बरामद

लहान– भारतीय सहरबाट अवैध रुपमा भित्र्याएको पटाका प्रहरीले सिरहा नगरपालिका– १५ सुखचैनाबाट बरामद गरेको छ। दीपावली एवं छठ पर्वलाई लक्षित गर्दै भित्र्याइएको करिब पचास हजार रुपैयाँ बराबरको पटाका र सुत्तली बम बरामद गरिएको प्रहरीले जनाएको छ। 

बरामद गरिएको करिब ७५० प्याकेट नागीन पटाका, ५ प्याकेट सुत्तली बम गरि ५० हजार मूल्य बराबरका पटाकालगायत सामग्री प्रहरीले नष्ट पारेको छ। दीपावली र छठपर्वमा आतिसबाजी गर्न ल्याइने पटाकालगायत विस्फोटजन्य सामान केही समयअगाडि नै भित्र्याउन सहज हुने अनुमानका साथ तस्कर समूहले भारतबाट नेपालतर्फ त्यस्ता सामान ल्याउन सुरु गरेको हुन सक्ने सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदी बताउँछन्।

‘उतिखेरै ल्याउँदा सीमामा कडाइ हुन सक्ने र अगाडि त्यति वास्ता नहुने तस्करको अनुमान प्रहरीले बढाएको सक्रियताले भंग भएको छ’, चतुर्वेदीले  भने, ‘हामीले सीमादेखि सहरसम्म अवैध आयात निर्यातमा निकै कडाइ अपनाएका छौं, जसले गर्दा यस्ता सामग्री धमाधम बरामद हुन थालेको हो।’

दीपावली तथा छठ पर्वमा तराई–मधेस क्षेत्रमा पटाका, आलु, सुतली बम, रकेटलगायत सामग्री पड्काएर आतिसबाजीसहित उल्लास मनाउने प्रचलन छ। भारतमा यस्ता सामग्री किनबेच एवं प्रयोगमा कुनै प्रतिबन्ध छैन। 

प्रकाशित: ९ आश्विन २०७६ १४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App