२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बसपार्क असोज १५ देखि सञ्चालनमा आउने

नेपालगञ्ज- यहाँ निर्माण गरिएको बसपार्क यही असोज १५ गतेदेखि सञ्चालनमा आउने भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आज बसेको सरोकारवाला निकायका पदाधिकारीको बैठकले बसपार्क सञ्चालन गर्ने निर्णय गरेको हो।     

बैठकमा प्रजिअ, जिल्लास्थित प्रहरी प्रमुख तथा यातायात व्यवसायीको उपस्थिति थियो। उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माका अनुसार बैठकले यही असोज १२ गतेदेखि सम्पूर्ण बस अनिवार्य रुपमा बसपार्कभित्र लैजानुपर्ने र त्यहींबाट सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ।

उक्त निर्णय नगर बसका हकमा भने लागू नहुने जनाइएको छ। करीब तीन वर्षको अवधिमा झण्डै २० करोड रुपैयाँको लागतमा अत्याधुनिक बसपार्क निर्माण गरिएको उपमहानगरपालिकाका इञ्जिनीयर सुरज गुप्ताले बताए।     

यसैबीच नेपालगञ्जमा नयाँ निर्माण गरिएका दुई वटा सार्वजनिक शौचालय आजदेखि सञ्चालनमा आएका छन्। यहाँको भेरी अस्पताल र जिल्ला सहकारी सङ्घको अगाडि निर्माण गरिएका सार्वजनिक शौचालय सञ्चालनमा आएका हुन्। उपमहानगरपालिकाका प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले शौचालय सञ्चालनको शुभारम्भ गरे।

स्वास्थ्य विकासका लागि नगर सरसफाइ योजना अन्तर्गत करीब ८१ लाखको लागतमा ती शौचालय निर्माण गरिएको जनाइएको छ। नयाँ शौचालय अपाङ्गता मैत्री हुनाका साथै स्नानघरको समेत सुविधा रहेको छ। रासस

प्रकाशित: ६ आश्विन २०७६ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App