२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ग्रानडासंग बार्सिलोनाको हार, २५ वर्ष यताकै खराब नजिता

काठमाडौं– स्पेनिस ला–लिगामा बार्सिलोना पराजित भएको छ। शनिबार राति भएको खेलमा ग्रानडासंग बार्सिलोना २–० गोल अन्तरले पराजित भएको हो। हारले बार्सिलोना २५ वर्ष यताकै खराब नतिजाबाट गुज्रिएको छ।

 ग्रानडाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको आक्रमक लाइनअप चल्न सकेन। ग्रानडाले दोस्रो मिनेटमै रोमन अजिजको हेड गोलबाट अग्रता लिएको थियो। दोस्रो गोल भने ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमार्फत गरेका थिए। 

लियोनल मेसिका लागि यस सिजनको ला–लिगा पहिलो खेल हो। तर, हारबाट जोगाउन उनी पनि सफल रहे। प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले लियोनल मेस्सी र अंशु फातीलाई दोस्रो हाफमा मैदानमा उतारेका थिए।

बार्सिलोनालाई हार चखाएको ग्रानाडा यो जितसँगै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। उसले पाँच खेलबाट १० जोडेको छ। यस्तै समान खेल खेलेको बार्सिलोना भने ७ अंक सहित सातौं स्थानमा छ। जुन नतिजा बार्सिलोनाका लागि पछिल्ला २५ बर्ष यता कै खराब नतिज हो। 

 

प्रकाशित: ५ आश्विन २०७६ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App