२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुन्दरहरैंचाको केन्द्र अब सलकपुर

विराटनगर – सुन्दरहरैँचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेको छ। सुन्दरहरैंचा नगरको निर्णयसहित प्रदेशले संघमा सिफारिस गर्ने निर्णय आइतबार प्रदेश १ मन्त्रिपरिषद् बैठकले गरेको हो।

सुन्दरहरैंचाको केन्द्र हाल विराटचोकमा छ। अब सलकपुरमा केन्द्र बनाइने भएको छ। नगरप्रमुख शिव ढकालका अनुसार नगरले निर्णय गरेर प्रदेशमा सिफारिसका लागि पठाएको थियो। नगरको निर्णय र प्रदेशको सिफारिसलाई संघीय सरकारले अनुमोदन गरेपछि नगरलाई नयाँ केन्द्रमा सार्ने बाटो खुल्नेछ।

प्रदेश मन्त्रिपरिषद्ले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका प्राइभेट फर्महरु पुस मसान्तसम्म नवीकरण गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सेवा करारमा इन्जिनियर तथा सव–इन्जिनियर छनोट गर्नकालागि प्रारम्भिक लिखित परीक्षासमेत समावेश गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रदेशभित्रका सरकारी तथा सार्वजनिक जग्गाको विवरण तयार पार्न प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्यीय समित गठन गर्ने निर्णय भएको छ। समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव सदस्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव सदस्य र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव सदस्य सचिव रहनेछन्।
 

प्रकाशित: ३० भाद्र २०७६ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App