२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन दशकपछि सदरमुकाम गुलरियाको मूहार फेरिँदै

बर्दिया - जिल्लामा पहिलो पटक २०५२ सालमा गुलरिया नगरपालिका घोषणा भएको हो । नगरपालिका स्थापना भएको तीन दशक बित्यो तर, स्थानीयको अपेक्षा अनुरुप भौतिक पूर्वाधार बन्न सकेन। गुलरिया जिल्लाको सदरमुकाम पनि हो।

सदरमुकाम आउँने जो कोहिले गुलरियाको दर्दनाक अवस्था देखेर दिग्ग मान्थे। अब भने स्थानीयले विकासमा फड्को मार्ने अपेक्षा गरेका छन्।  गुलरिया बजारमा बनेका अधिकांश मापदण्ड बिपरीत बनेका घर टहरा हटाईदै छ । गुलरिया बजारमा १२ मिटर दायाँ बायाँ घर हटाएर नयाँ निर्माण थालिएको छ ।नगरपालिका घोषणा भएको तीन दशक वितिसक्दा पनि  बन्न नसकेको नगरको सडक,ढल र नाला बन्ने लगभग निश्चित भएको छ ।

वाल उद्यान र वद्ध र वयस्क रमाउँने  पार्क बन्दै छ।  लामो समयसम्म यस्तै अवस्थामा रहेको जिल्लाको जेठो नगरपालिकाको जुनि फेरिँन  थालेको छ । जिल्लाको विकासका लागि प्रजिअ राम बहादुर कुरुम्बाङ अघि सर्दा छोटो समयमा गुलरिया बदलिदै गएकोमा स्थानीय दंग छन् । सडक मापदण्ड विपरित निर्माण भएका घर हटाउँन उनी आफै पुग्ने गरेका छन् ।

तराईका सदरमुकाम मध्ये पछि परेका ८ वटा नगरपालिकाको सूचीमा परेको गुलरिया नगरपालिकामा गुरु योजना सहितको सडक संजाल सहित ढल निर्माण हुने भएकाले निकट भविष्यमा गुलरिया आर्कषक वन्ने देखिएको छ । पक्की ढल सहितको ३० किलोमिटर सडक असफाइल्ड(राम्रो खाले पिच) बनेपछि गुलरियाको रौनक बढ्ने निश्चित भएको हो ।

अब नयाँ सिराबाट गुलरियामा विकास हुँदैछ । प्रजिअ कुरुम्बाङको  निरन्तर खरबरदारी र पहलकदमीले विकासका लागि बजेट यस वर्ष शतप्रतिशत खर्च भएको रेकर्डमा देखिन्छ । बजेट खर्चका लागि प्रशासनले गरेको निगरानीले यँहाको विकासले गति लिएको भन्दै प्रजिअ कुरुम्बाङ रोडमोडल बनेका हुन्।

सुन्दर नगरपालिकाको कल्पना गरेर प्रशासनिक तहबाट विकास नेतृत्व गरिरहेका प्रजिअ कुरुम्बाङ तदारुकतामा निर्माण भइरहेका भौतिक संरचनाले गुलरिया नगरपलिकाले मुहार फेरेको छनक दिइरहेको गुलरिया नगरपालिका पूर्व कार्यकारी स्थानीय धर्मराज न्यौपनेले बताए ।

विकास निर्माणले गति लिँदा
गुलरिया सुन्दर नगरपालिका नयाँ रुप रेखा कोर्देछ । नगरका सडक पक्की बन्दैछ, ग्रामिण भेगका सडक संजाल जोडिदैछ र हुलाकि सडक मुर्त रुप पाउँन थालेको छ ,। बबई नदी नियन्त्रणका लागि निर्माण भइरहेको तटबन्ध २८ किलोमिटर सम्पन्न भइसकेको छ । पछिल्लो समयमा पूर्वाधारले सम्पन्न गुलरियाले ओज बढेको छ । 

गुलरियामा एसियाको दोस्रो ल्यान्डफिल्ड साइडमा आधुनिक उपकरण गुलरिया नगरपालिकाले जडान गरिसकेको छ । जसले फोहोर व्यवस्थापन सहज तरिकाले गरिहरको छ । सफा र स्वच्छ नगरपालिका नामाकरणका अहिले ढलसहित सडक निर्माण विकासको कोसे ढुङ्गा साबित भएको छ ।

नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवका अनुसार अतिक्रमित जग्गा उपयोगले नयाँ नयाँ संरचना निर्माणको काम सुुरु गर्नेे छ । हिलरिया धुलरिया र गुलरियाले नामले परिचय बनाएको गुलरियाले केहि महिनामा मुहार फेरेको नगरपालिकाले आभास दिलाउँने उनले दाबी गरे ।  विद्युत कार्यालय सडक मापदन्ड मिचेर ठड्याएका पोलले  हटाउँन पक्रिया अघि बढेको छ ।

जसले सडक विस्तारमा सहयोग पुगेको छ । शहर  कुरुप देखिन यत्रतत्र छरिएका अनियन्त्रित तार पनि तत्काल व्यवस्थापन हँुदैछ ।सडकमा पर्ने पोल हटाइरहेको सबईन्जिनियर नगरपालिकाका कार्यकारी राम चन्द्र पौडेलले बताए ।‘विद्युतले पोल हटाए तोकिएको समय सीमा सडक मापदन्डअनुसार सडक विस्तार हुने उनले बताए ।।‘सडक विस्तारले गतिलिएको छ यसले निरन्तरता पाउँछ’,उनले भने ।

प्राथामिकतामा सडकमा विस्तार
गुलरिया नगरपालिकाले सडक मिचेर बनाएका संरचना भत्काएर धमाधम सडक विस्तार गर्न थालेको छ । पहिलो चरणमा  खानेपानी कार्यालय, कृषि विकास कार्यालयको हुदै बसपार्क सम्मको पक्कि सडकलाई विस्तार गरेर गुलरिया बसपार्क जोडेको  छ ।यस्तै,अतिक्रमित क्षेत्रमा घरर टहरा नगरपालिकाले हटाइसकेको छ ।

बजारका मुख्य मुख्य सडकस्तरउन्नति र सडक विस्तार गर्ने योजना दुई महिनामा सम्पन्न गर्ने लक्ष्य छ । नयाँ सडकमा सडक मापदन्ड अनुसार बनेपनि पुराना चल्तिका सडक पहिलो पटक विस्तार गरेर सडक मापदन्ड भित्र ल्याउँन थालेको छ ।

सडक मापदन्ड मिचेर बनाएका संरचनाले सवारी साधन आवागमन असहज हुदा समस्या भईरहेको नगरपालिकाले औल्याएको छ । नगरपालिकाले बाढीले भत्काएका सडक संजाललाई जोडनका शुरु अभियाान करिब करिब सम्पन्न गरिसकेको छ ।

नगरका सडक विस्तार योजना निरन्तरता दिने नगर प्रमसख यादवले ताए ।‘मैले व्यत्तिगत स्वार्थमा विस्तार गर्न थालेको हैन’उनले भने,‘सडकमा पर्ने संरचना डोजरले भत्काएर सडक विस्तार गर्नु पर्ने केहि व्यक्तिका कारणले हो ।’

दिन र रात सडकको कामले तिब्रता पाउँदा नगरपालिकाले मुहारमा चमक आउँदै छ । बजार क्षेत्रमा पाँच किलोमिटर सडक बिस्तार भईसकेको छ । नगरपालिकाले धमाधम सडक विस्तार गर्न थालेपछि स्थानीय उत्साहित छन् ।केहिले बर्षो देखि उपभोग गरिरहेको सडक छाड्न पर्दा दुःख लाग्ला तर  समग्रमा सडक विस्तार योजना सर्वसाधरण हितकरमा रहेको स्थानीयको भनाइ छ ।  ग्रामिण क्षेत्रका  आधा भन्दा बढि पक्की सडक बनिसकेको छ ।
 

 

प्रकाशित: २९ भाद्र २०७६ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App