२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुर्वाधार विकास विना पर्यटनको विकास असम्भव –मुख्यमन्त्री शाही

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भदौ २४ देखि २८ गते सम्म उपल्लो डोल्पामा आयोजना गरिन थालिएको डोल्पो महोत्सव २०७६ को निमन्त्रणा पत्र हस्तान्तरण गर्दै संयोजक क्याल्पो थापा भोटे।

डोल्पा - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडक लगायतका भौतिक पुर्वाधारको विकास विना कर्णाली प्रदेशको पर्यटन विकास असम्भव भएको बताएका छन।पछिल्लो समय कर्णाली प्रदेशमा पर्यटन विकासको नाममा महोत्सवलाई संस्कृतिको रुपमा विकास गरिन थालिएको प्रति मुख्यमन्त्री शाहीले असन्तुष्टि ब्यक्त गरे।

जुम्ला मुगु र हुम्लामा यही भदौको दोस्रो साताबाट हुन गइरहेका महोत्सवको लागि आर्थिक सहयोग माग्न र सहभागिता जनाई दिन निमन्त्रणसहित गएको कर्णाली महोत्सव प्रतिनिधि मण्डलको भेटमा उनले यसो भनेका हुन।यसै बीच उपल्लो डोल्पाको डोल्पोबुद्द गाउँपालिकामा पर्ने विश्वको अग्लो मानव बस्ती धो तरापमा भदौ २४ देखि २८ गते सम्म हुन गइरहेको डोल्पो महोत्सव तथा क्रिष्टल माउण्टेन विद्यालयको रजत जयन्ती २०७६ हुँदै छ।

कर्णाली प्रदेश सरकारले प्रदेश मातहत जिल्लाहरुमा गरिने महोत्सवलाई निरुत्साही गर्दै लाने नीति अंगिकार गरेको छ।लाखौ खर्च गरेर एक दुई दिन तामझाम गरेर पर्यटन विकास नहुने मन्त्री शाहीले बताए।महोत्सव नगरेर यसमा गरिने लाखौ रकम सडक विद्युत र शिक्षाको विकासमा खर्च गर्न र अपुग भए प्रदेश सरकारसगं माग्न प्रतिनिधि मण्डललाई सुझाए।सडकको सुविधा, घरवास,खानेपानी,विद्युत संचार र स्वास्थ्यको सुविधाको विकास र विस्तार सहितको पर्यटनमैत्री बातावरण सृजना गर्न सकेमा मात्र पर्यटनको विकास सम्भव भएको मुख्यमन्त्री शाहीको भनाई छ।

प्रकाशित: ४ भाद्र २०७६ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App