२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दूधको मूल्य बढाउन सिफारिस

काठमाडौं – उत्पादन लागतका आधारमा बजार विश्लेषण गरेर दूधको मूल्य निर्धारण गर्न सरकारले गठन गरेको कार्यदलले दूधको मूल्य बढाउन सिफारिस गरेको छ। दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वको कार्यदलले वर्षमा दुई सिजनमा फरक–फरक हुने गरी दूधको मूल्य कायम गर्न कृषिमन्त्री चक्रपाणि खनाललाई सुझावसहितको प्रतिवेदन सोमबार बुझाएको छ।

कार्यदलले कम दूध उत्पादन हुने ड्राई सिजनमा प्रतिलिटर १० रुपैयाँ र बढी उत्पादन हुने सिजनमा ६ रुपैयाँ मूल्य बढाउन सुझाव दिएको छ। कार्यदलको प्रतिवेदन अनुसार वृद्धि भएको दूधको मूल्यबाट ६९ प्रतिशत सोझै किसान र ३१ प्रतिशत अतिरिक्त लागतबापत दूध बिक्रेताले पाउने गरी व्यवस्था गर्न सुझाव दिएको छ। कार्यदलको सुझावको आधारमा मन्त्रालयले मूल्य निर्धारण गर्नेछ।

किसानले अहिले फ्याटका आधारमा प्रतिलिटर ४६ रुपैयाँदेखि ५० रुपैयाँ मूल्य पाउँछन्। उक्त दूध बजारमा उपभोक्ताले ७० रुपैयाँ लिटरमा उपभोग गरिरहेका छन्। कार्यदलको सिफारिसलाई मन्त्रालयले पूर्ण कार्यान्वयनमा आएमा अब उपभोक्ताले ड्राई सिजनमा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ र अन्य सिजनमा ७६ रुपैयाँ तिर्नुपर्नेछ।

पशुआहारा ढुटो, दाना, चोकर र कृषि श्रमिकको ज्याला बढेकाले लागतको आधारमा किसानले प्रतिफल पाउन नसकेको भन्दै मूल्य बढाउन दबाब दिँदै आएका थिए। नेपाल डेरी एसोसिएसन, दुग्ध विकास सहकारी, डेरी उद्योग एसोसिएसन, मन्त्रालयका, दुग्ध विकास कम्पनीका प्रतिनिधि सहभागी कार्यदलले यस्तो सुझाव दिएको हो। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिएपछि मन्त्रालयले समिति गठन गरेको थियो। विगत तीन वर्षदेखि दूधको मूल्य वृद्धि नभएकाले मूल्य समायोजनका लागि मन्त्रालयले समिति बनाएको हो।

प्रकाशित: ३ भाद्र २०७६ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App