प्रधानमन्त्री उपस्थित संसदमा पुडासैनी र रवी लामिछाने प्रकरण उठ्यो, सांसदले के भने?

आइतबार, ०१ भदौ २०७६, १६ : १४ नागरिक संवाददाता

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण र प्रस्तोता रवी लामिछानेको गिरफ्तारीको विषय संसदमा प्रवेश गरेको छ। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना सांसदले यो विषयलाई  प्रतिनिधिसभाको आइतबारको बैठकमा उठाएका हुन्। आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामकारवाही र समसामयिक विषयमा सम्बोधन गरेका थिए। 

प्रधानमन्त्रीको सम्बोधनपछि शून्य समयमा बोल्दै तत्कालिन माओवादी केन्द्रबाट बाँकेबाट निर्वाचित सांसद महेश्वरजंग गहतराजले रवी लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई गैरकानुनी, अराजक र अस्वभाविक हुल हुज्जत भन्दै निन्दा र भत्सर्ना गरे। 

‘पुडासैनीको आत्महत्या प्रकरण र सोको अनुसन्धानका लागि रवी लामिछानेलाई गिरफ्तार घटनालाई लिएर के निहुँ पाउ, कनिका बोकाउ भन्ने उखानलाई चरितार्थ गर्दै गैरकानुनी, अराजक र अस्वभाविक हुल हुज्जत गर्ने कार्य भइरहेको छ। म त्यसको निन्दा र भत्सर्ना गर्दछु’, उनले भने। 

प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रक्रिया भएको भन्दै सांसद गहतराजले यसलाई ठाडो उल्लंघन र अस्वीकार गर्दै भएका गतिविधि, क्रियाकलाप र क्रियाप्रतिक्रिया देशको शान्ति सुरक्षा, सुशासनका विरुद्ध भएको जिकिर गरे। 

‘मेरो मान्छे, मेरो मन परेको मान्छे, सुनपानीको चोखो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लैजान्छ?’ उनले प्रश्न गरे, ‘यसले अपराधलाई दुरुत्साहित होइन प्रोत्साहित गर्छ। म यसतर्फ सरकारको ध्यानाकर्षण गर्दछु।’

पूर्वएमालेबाट तर्फबाट ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञ सुनुवारले भने पुडासैनी आत्महत्या प्रकरण र रवी लामिछानेको अभियोगबारे जनतालाई जानकारी गराउन सरकारसँग माग गरे।

‘सत्य तथ्य छानविन गरी सरकारले जनतालाई जानकारी गराओस्। कोही पनि अपराधी नउम्किउन। निरअपराधी गिरफ्तारीमा नपरुन वा सजाय नहोस्, यसतर्फ सरकार सचेत बनोस्’, उनले भने। पुडासैनीका परिवारले न्याय पाउनुपर्ने भन्दै सांसद सुनुवारले त्यसका लागि कुनै निरअपराधीलाई फसाउन नहुने जिकिर गरे। 

रवी लामिछानेको गिरफ्तारीपछि चितवनमा उनको समर्थनमा प्रदर्शन भइरहेका छन्। 





यसमा तपाईको मत

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad