काठमाडौंमा डेंगुको जोखिम

आइतबार, ०१ भदौ २०७६, ०७ : ५२ पवित्रा सुनार

काठमाडौं - उपत्यकाबाहिरका जिल्लाहरुमा यो वर्ष प्रिमनसुनसँगै डेंगुको प्रकोप फैलिसकेकाले काठमाडौं उपत्यका पनि यसको उच्च जोखिममा रहेको विज्ञहरुले जनाएका छन्। सरुवा रोग चिकित्सक तथा राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाका केही स्थानमा डेंगुको किटाणु भेटिएकाले सर्तक रहन सुझाएको छ। डेंगु ज्वरो एडिस एजिप्टाइ नामक लामखुट्टेको टोकाइबाट सर्छ। कालो, सेतो रंगको लामखुट्टे सफा जमेको पानीमा मात्र उत्पन्न हुन्छ र यसले दिनमा मात्र टोक्छ।

डेगुं भाइरस संक्रमित लामखुट्टेले मानिसलाई टोकेमो डेंगुको संक्रमण हुन्छ। डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन। लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ। यो संक्रमणमा कडा ज्वरो आउने, आँखाको गेडी रातो हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तश्राव हुने, जोर्नी, मांशपेशी र हड्डी दुख्ने, नाक तथा गिजाबाट रगत बग्नेजस्ता लक्षण देखिन्छ।

एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तश्रावले पनि बिरामीको मृत्यु हुनसक्छ। तर यो रोगको संक्रमणबाट हुने मृत्युदर भने विश्वमै कम छ। पछिल्लो समय तराईदेखि पहाडी जिल्लामा समेत डेंगु संक्रणका लामखुट्टेहरु पर्याप्त मात्रामा फेला परिरहेको र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेटिसकिएको अवस्थामा डेंगुको जोखिम उच्च रहेको महाशाखाको भेक्टर कन्ट्रोल शाखाले जनाएको छ।

शाखाका जनस्वास्थ्य अधिकृत लिलाविक्रम थापाले भने, ‘गत वर्ष बालाजुको बाइसधारामा डेंगुको लामखुट्टे भेटिएको थियो भने यो वर्ष ललितपुरको ग्वार्खोमा भेटिएको छ। ’शंकास्पद ठाउँमा खोजी गर्ने क्रममा ग्वार्कोमा भेटिएको बताउँदै उनले अन्य स्थानमा समेत भेटिने पर्याप्त सम्भावना रहेको बताए। विश्व तापमानमा आएको परिवर्तनको असर, काठमाडौं उपत्यकाको घनावस्ती, बढ्दो फोहोर अव्यवस्थापनले काठमाडौं उपत्यकामा डेंगु लामखुट्टे फैलिन अनुकूल वातावरण बनेको थापाको तर्क छ। डेंगु सार्ने लामखुट्टे सफा तथा स्थिर पानीमा बस्ने भएकाले उपत्यकामा यो सर्ने सम्भावना पर्याप्त रहेको छ। ‘चाउचाउको खोलमा अलिअति पानी जम्यो भने पनि त्यसमै पनि डेंगु लामखुट्टे हुर्किन्छ। यसको जीवनचक्र नौ दिनमै पूरा हुने भएकाले लार्भा हुर्काउन पर्याप्त समय पाउँछ। एयरकुलर, गाडीको टायर, प्लास्टिक, कागज, कागजका गिलास तथा खाली भाँडामा रहेको सफा पानीमा यो लामुखट्टेले अण्डा पारी बच्चा सजिलै हुर्काउन सक्छ।

त्यसैगरी उपचारमा आएका बिरामीहरु काठमाडौंकै रैथाने भएको र उनीहरु दुई साताको अवधिभित्र उपत्यकाबाहिर नगएको इतिहास रहेकाले काठमाडौंमै डेगु संक्रमण भइसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए। ‘हिजो मात्रै काठमाडौंको असन तथा लगनका दुई जनाले उपचार गरेर फर्किएका छन्। उनीहरुको इतिहास बुझ्दा रैथाने हुन्,’ डा. पुनले भने। उनीहरु दुवै असन र लगनबाट आएका ३० वर्षभित्रका महिला थिए।
यो घटनाले काठमाडौंमा डेंगुको थप जोखिम रहेको डा. पुनको दाबी छ। महाशाखाले केही दिनअघि मात्रै देशभरका विभिन्न जिल्लामा डेंगुको संक्रमणको फैलिँदो अवस्थाको तथ्यांक सार्वजनिक गरेको छ। हालसम्म संकलन भएका तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्र ६ जनामा डेंगुको संक्रमण भइसकेको छ। अन्य रोगको जस्तो ज्वरो आउने हुनाले यो रोगका बिरामीको सबै सम्पर्कमा नआएको हुनसक्ने डा. पुनको अनुमान छ। यो रोगको संक्रमणले प्रकोपको रुप लिएमा सबै यसको जोखिममा रहेको हुनसक्ने चिकित्सकहरुको दाबी छ। यो रोगबाट बच्नको लागि सामुदायिक स्तरमा हरेकले वातवरण सफा राख्ने, खुला भाँडामा पानी जम्मा गरेर धेरै दिन नराख्ने, दिनमा शरीर छोप्ने गरी पूरा लुगा लगाउने जस्ता उपाय अपनाउन सकिने चिकित्सकको सुझाव छ। यो बाहेक रोगको संक्रमण भइहालेमा समयमै उपचार गर्न डा. पुनको सुझाव छ।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad