२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मृत्यु हुने तीन जना एकै परिवारका , २० जना बेपत्ता (नामावलीसहित)

त्रिशूलीमा खसेको बस। तस्बिरः सरिता/नागरिक

धादिङ - धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशूली नदिमा खसेको यात्रुबाहक बसबाट १६ जनाको सकुशल उद्दार गरिएको छ भने २० जनाभन्दा बढी अझैं बेपत्ता छन्। मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका ४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन्। उनीहरू एकै परिवारका रहेकाे प्रहरीकाे भनाइ छ।

सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशुली नदिमा खसेको थियो। जसमा हालसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले घटनास्थलबाट जानकारी दिए।

 नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्।  अफ्ठयारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको प्रहरी उपरीक्षक बैदवारले बताए।

चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ। बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि  कति यात्रु थिए भन्ने यकिन भने भइनसकेको प्रहरीको भनाई छ।

प्रकाशित: २४ श्रावण २०७६ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App