२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्वाइन फ्लुले म्यानमारमा यस वर्ष ९० को मृत्यु

इांगुन – म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्ल्यूका कारण मृत्यु हुनेको संख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेको यो संख्या यस वर्षभरीको हो। सन् २०१९ को जनवरी १ देखि अगस्ट ७ सम्ममा ४ सय २२ जनामा स्वाइन फ्ल्यू भएको प्रयोगशालाबाट पुष्टि भएको थियो।  

सरकारी अधिकारीहरुका अनुसार यस अवधिमा स्वाइन फ्ल्यूबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै यांगुनमै रहेको पाइएको छ। उनीहरुले यांगुनमा ६३ जनाको मृत्यु भएको जानकारी दिएका छन्। यांगुनपछि अयेयार्वाडी क्षेत्रमा ९ जनाको र बागो क्षेत्रमा ७ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन्।

 

प्रकाशित: २३ श्रावण २०७६ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App