२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भाजपाको सम्पत्ति २२ प्रतिशतले बढ्यो, कंग्रेसको घट्याे

काठमाडौं - भारतीय जनता पार्टी (भाजपा)को सम्पत्ति एक वर्षमा वृद्धि भएको छ भने आइ कंग्रेसको घटेको छ। एसोसियसन फर डेमोक्रेटिक रिफम्सले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०१६/२०१७ मा १२१३.१३ करोड भारतीय रुपैयाँ थियो । जुन गत वर्ष २०१७/०१८ मा बढेर १४८०.३५ करोड पुगेको छ।

उक्त प्रतिवेदनमा  २०१६/०१७ देखि २०१७/२०१८ सम्मको सात राष्ट्रिय दलद्वारा घोषित सम्पत्ति र पूँजीको विश्लेषण गरिएको छ। रिपोर्टअनुसार अघिल्लो वर्ष सात दलको औषत सम्पत्ति ४६५.८३ करोड थियो। जो पछिल्लो वर्ष बढेर ४९३.८१ करोड पुगेको छ। यसमा सबैभन्दा बढी भाजपाको २२ प्रतिशतले बढेको छ। सोही रिपोर्टअनुसार सबैभन्दा पुरानो दल कांग्रेसको सम्पत्ति भने १५ प्रतिशतले घटेको छ।

आव २०१६/०१७ मा ८५३ करोडको सम्पत्ति भएको कंग्रेस २०१७/२०१८मा आइपुग्दा ७२४ करोडमा झरेको छ। कंग्रेससँगैं एनसीपीको पनि सम्पत्ति घटेको छ। २०१६/०१७ मा ११.४१ करोड सम्पत्ति भएको उक्त दलसँग पछिल्लो वर्ष घटेर ९.५४ करोडमा झरेको छ।

 

प्रकाशित: १७ श्रावण २०७६ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App