२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मीलाई रोक्दै मध्यमाञ्चल फाइनलमा

काठमाडौं– आयोजक त्रिभुवन आर्मी क्लबले प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबलमा स्तब्धपूर्ण नतिजासामना गरेको छ।

गत वर्ष फाइनलमा एपिएफसँग प्रतिस्पर्धा गरेको आर्मीलाई सोमबार मध्यमाञ्चलले टाइब्रेकरमा ३–१ ले हरायो। अब मध्यमाञ्चलले उपाधिका लागि बुधबार साबिक विजेता एपिएफसँग प्रतिस्पर्धा गर्नेछ ।

सर्वाधिक पुरस्कार राशिको महिला फुटबलमा मध्यमाञ्चलले निर्धारित समयमै आर्मीलाई हार नजिक पु¥याएको थियो । तर आर्मीकी कप्तान अञ्जली वाइबाले खेलको अन्त्यतिर ९०औं मिनेटमा गोल गरेर खेल बराबरी गरिन् । निर्धारित समयमा आर्मीले हारटारे पनि टाइबे्रकरमा भने सकेन । शर्मिला थापा मगरले ३२ औं मिनेटमा गोल गरेर लगनखेलस्थित घरेलु मैदानमा आर्मीलाई अग्रता दिलाइन् । मध्यमाञ्चलकी सुस्मिता घिसिङले ४२ औं मिनेटमा गोल गरेर खेल बराबरी गरिन् । सुस्मिताको गोलबाट उत्साही मध्यमाञ्चलले ६३औं मिनेटमा खेलमा अग्रता लियो । अन्जुको गोलबाट मध्यमाञ्चल २–१ अगाडि बढेको थियो । जित नजिक पुगेको बेला अञ्जलीले गोल गरेर आयोजकको खेल जित्ने आशाजीवितै राखिन् । वुमन अफ दी म्याच मध्यमाञ्चलकी गोलकिपर अञ्जना राना मगरले उत्कृष्ट बचाउ गरेपछि टाइब्रेकरमा सफलता हासिल गर्दै पहिलोपल्ट विकास क्षेत्रको टोली प्रतियोगिताको फाइनल पुग्यो ।

टाइब्रेकरमा मध्यमाञ्चलकी निशा ठकुरी, अञ्जु लोप्चन र मनीषा राउतले गोल गरे । आर्मीबाट कृष्णा खत्रीले मात्र गोल गरिन् ।

अर्को खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै उपाधि रक्षा गर्ने लक्ष्यथप बलियो बनाएको छ । साबिक विजेता एपिएफका लागि सरु लिम्बु, गीता रानामगर र साबित्री भण्डारीले गोल गरेका थिए । सरुले आठौं, गीताले ४८औं र साबित्रीले ९१ औं मिनेटमा गोल गरेका हुन् । पुलिसकी निरु थापाले ७८औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो । खेलमा एपिएफकी गीता वुमन अफ दी म्याचबाट पुरस्कृत भइन् ।

प्रधानसेनापति कप फुटबलमा गत वर्ष पनि एपिएफ क्लब पुलिसलाई (२–० ले) हराउँदै फाइनल पुगेको थियो ।

एपिएफ प्रशिक्षक जनक सिंहले सुरुआतबाटै खेलमा नियन्त्रण राख्न सफल भएको बताए । ‘पुलिसले सोचेजस्तो चुनौती दिएन। हामी खेलमा हाबी भयौं । टोलीको समन्वय मिलेकाले पनि खेल जित्न त्यति कठिन भएन,’ सिंहले भने, ‘सेन्टर मिडफिल्ड र डिफेन्सले तारिफयोग्य खेले । यही लय जारी राखे उपाधि जित्न कठिन हँुदैन ।’

एपिएफ टोलीबाट डिफेन्स पोजिसनबाट खेल्ने गीता सोमबार वुमन अफ दी म्याचबाट पुरस्कृत भइन् ।

त्यस्तै सेन्टर डिफेन्सको जिम्मेवारी शशि नगरकोटी, लक्ष्मी पौडेल, अनिता बस्नेत र अञ्जली योन्जनले सम्हालेका थिए । सरु र साबित्रा एपिएफको पहिलो रोजाइको स्ट्राइकर हुन् ।

प्रतियोगितामा पहिलोपल्ट विकास क्षेत्रको टोलीसँग खेल्नु पाउनुलाई सकारात्मक रूपमा लिएको सिंहले बताए । उनले भने, ‘मध्यमाञ्चलको खेल हेरेको छु । आर्मीलाई हराउने टिम कमजोर हुँदैन । उनीहरूको बलियो पक्ष खेल्ने शैली, टिम समन्वय र मिहिनेत ज्यादै राम्रो छ ।’

एपिएफका पूर्व खेलाडी नुरराज काफ्लेको प्रशिक्षणमा मध्यमाञ्चलले प्रतियोगिता खेलिरहेको छ।

 

प्रकाशित: २३ कार्तिक २०७३ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App