२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कार आरोपमा प्रहरी पक्राउ

रौतहट– रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटेलमा युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एकजना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्।

बारा जिल्ला महागढिमाई नगरपालिका घर भई हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले बिहीवार एक होटेलबाट पक्राउ गरेको हो।

पक्राउ परेका प्रहरी सहायक निरीक्षक साहले  गत असार ३१  गते चन्द्रनिगाहपुरस्थित माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा २० वर्षीया युवतीलाई जवरजस्ती गरेको आरोपमा पक्राउ परेका हुन्। पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबरजस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटुवालले बताए।  
 

प्रकाशित: ३ श्रावण २०७६ १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App