२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल

अल्जियर्स  – अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ । पूर्वराष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै सजायस्वरुप कारागार चलान गर्नु पर्ने फैसला गरेको हो ।

उत्तरी अफ्रिकी मुलुक अल्जेरियामा भ्रष्टाचारविरुद्ध देशव्यापी र व्यापक आन्दोलन भइरहेका बेला अदालतले यस्तो फैसला गरेको स्थानीय सञ्चार माध्यमले लेखेका छन् । मन्त्री हुँदा कृषि र स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पूर्वमन्त्री बेर्कात अहिले ७१ बर्षका छन् । उनीमाथि गलत शासन र

अनियमितताको आरोप लागेको छ । पूर्वराष्ट्रपति अब्डेलाजिज बौटेफ्लिका शक्तिमा आएसँगै सन् १९९९ मा बेर्कात मन्त्री बनेका थिए । यसअघि गत आइतबार त्यही मन्त्रालयका अर्का पूर्वमन्त्री डिजामेल औल्ड अब्बेसलाई पनि यस्तै मुद्दामा जेल सजायको फैसला भएको थियो । यी बाहेक दुई पूर्वप्रधानमन्त्री अब्डेल्मालेक सेल्लाल र अहमद औयाहियासहित केही उच्च सरकारी अधिकारीलाई पनि भ्रष्टाचारको अभियोगमा यसअघि नै जेल चलान गरिसकिएको छ ।

अल्जेरियामा लोकतन्त्र र कानुनी शासनको माग गर्दै आन्दोलन भइरहेका बेला गत फेबु्रअरी २२ देखि भ्रष्टाचारको अभियोगमा विभिन्न व्यक्तिलाई पक्राउ गर्दै भ्रष्टाचारी ठह¥याउदै जेल जलान गर्दै आइएको छ ।
 

 

प्रकाशित: २५ असार २०७६ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App