२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नारायणी किनारमा कन्सर्ट

काठमाडौं- तिहारको पूर्वसन्ध्यामा आधा दर्जन गायक गायिकाले नारायणी किनारमा कन्सर्ट दिने भएका छन्।  धेरै जना कलाकारलाई एउटै मञ्चमा उतारेर कन्सर्ट गर्ने परम्परा हराइरहेका बेला काठमाडौंको फेम नेपाल र चितवनको बि टू एच मिलेर आधा दर्जनभन्दा बढी कलाकार भेला गरेर कन्सर्ट गर्न लागेका हुन्। टिएसएन इभेन्ट्स समेतको संलग्नतामा आउँदो शनिबार नारायणघाटको नदी किनारमा कन्सर्ट हुन लागेको हो।

'रिदम हाइवे' नाम दिइएको सो कन्सर्टमा ८ जना कलाकारले गीत प्रस्तुत गर्नेछन्। आयोजक मध्येको एक फेम नेपालका साइमन राईले दिएको जानकारी अनुसार कन्सर्टमा दि एज ब्यान्ड, सबिन राई, नरेन लिम्बु, अलमोडा राना उप्रेति, आस्था राउत, पशुपति शर्मा, गिरिश खतिवडा र बि एटले आ–आफ्ना गीत सुनाउनेछन्।

आयोजकले नेपाली संगीतसँगै नेपाली कलाकारलाई समेत प्रवर्द्धन गर्ने उद्देश्यका साथ कन्सर्ट आयोजना गर्न लागेको जानकारी दिएको छ। 'सामूहिक कन्सर्ट कम हुँदै गएकोमा यस्ता कन्सर्टको निरन्तरतासँगै यो क्षेत्रमा आउन चाहानेलाई पनि यस्तो माहोलले प्रोत्साहन होस् भन्ने उद्देश्यले कन्सर्टको आयोजना गरेका हौं। दर्शकबाट राम्रो साथको अपेक्षा राखेका छौं,' फेम नेपालका विमल पछाईले भने।

कात्तिक १३ गते हुने कन्सर्टमा दर्शकले दुई सयको टिकट लिएर कन्सर्टको मजा लिन सक्नेछन्। कन्सर्ट दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जानकारी गराएको छ। देशका चर्चित गायक गायिकाले आफ्ना चर्चित गीत सुनाउने भएकाले पनि दर्शकले कन्सर्टमा गएर पछुताउनु नपर्ने दाबी गरेको छ।

प्रकाशित: ११ कार्तिक २०७३ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App