२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अख्तियारको सञ्चार विज्ञमा अधिकारी

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको सञ्चार विज्ञमा पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ। आयोगको जनसम्पर्क तथा सञ्चारलाई अझ फराकिलो बनाउने उद्देश्यका साथ उनलाई सञ्चार विज्ञमा नियुक्त गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सुरक्षा, नेपाली डायस्पोरा, सामाजिक विषयबस्तु तथा सुशासन लगायत मानवीय अभिरुचीका विषयमा उनले दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन्। अधिकारी पछिल्लो समय बारबरा फाउन्डेसनमा निर्देशकका रुपमा कार्यरत थिए।

यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सञ्चार विज्ञ रहिसकेका अधिकारीले सेतोपाटी डटकममा एक्स्टर्नल अफेयर्स प्रमुुख भएर काम गरेका थिए। यसअघि उनी राष्ट्रिय प्रकृति संरक्षण कोषमा जनसम्पर्क अधिकृतका रुपमा कार्यरत थिए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App