२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्क्याटर दुर्घटनामा दुईको मृत्यु

सुमन मल्ल

मुगु- सुर्खेतबाट खाद्यन्न बोकेर आएको ट्याक्टर मुगु जिल्लाको खत्याड भेग स्थित खमाले गाविसमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सुर्खेत देखि आएको भे १ च ६३१० नम्बरको ट्याक्टर दुर्घटनाहुँदा ट्याक्टर सह-चालक सुर्खेत उत्तरगंगा  गाविस वडा नम्बर ८ घर भएका १६ वर्षका ललित सारु मगर र मुगु जिल्ला गम्था गाविस वडा नम्बर ५ का  ४० वर्षका ट्याक्टर मालिक धनबहादुर डाँगरको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर दुर्घटना भए लगत्तै चालक फरार रहेको बताईएको छ भने फरार चालकको नाम समेत खुल्न नसकेको प्रहरीको भनाई छ। गोठी जिउला हुदै मुगुको खत्याड भेगको गम्था गाविसमा भर्खरै डिलिप नामक संस्थाले सडक बनाएर ट्रयाक खोलेको थियो। घटना स्थल तर्फ श्रीकोट प्रहरी चौकीबाट प्रहरी टोली गएको बताईएको छ । घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट १ दिन पैदल दुरीमा रहेको छ।

प्रकाशित: ८ कार्तिक २०७३ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App