२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व ‘सही बाटोमा छैन’: राष्ट्रसंघ महासचिव

वेलिङ्टन – जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई थप भयावह अवस्थामा पुग्न नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन्। दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहेका राष्ट्रसंघीय प्रमुखले न्युजिल्यान्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘पेरिस सहमतिले परिभाषित गरेका उद्देश्य प्राप्त गर्नका लागि चाल्नुपर्ने काम कुनै पनि ठाँउमा नभएको प्रष्ट देखिन थालेको छ।’

‘अन्तर्राष्ट्रिय राजनीतिक संकल्प हराउँदै गएको छ। खासगरी यसबाट साना टापुहरू जो समुद्री सतहबाट निकै नजिकको उचाइमा रहेका छन्, धेरै प्रभावित भइरहेका छन्,’ गुटेर्रेसलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।
जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वव्यापी तापमान वृद्धिलाई औद्यौगिक क्रान्तिपूर्वको तापक्रम अर्थात् १.५ डिग्री सेल्सियसमा सीमित गर्ने योजना अघि सारेको भए पनि यसलाई कार्यान्वयनको तहमा लान तापमान वृद्धिमा उल्लेख्य भूमिका खेल्दै आएका विश्वका विकसित तथा सम्पन्न कतिपय मुलुकले नै आनाकानी गरिरहेका उनको भनाइ थियो।

‘विरोधाभासको कुरा के छ भने पृथ्वीको तापक्रम दिनदिनै बिग्रँदै गएको छ तर राजनीतिक कदमहरू विस्तारै प्रभावहीन बन्दै गएका छन्,’ न्युजिल्यान्डकी प्रधानमन्त्री यासिन्दा अर्डर्नसँग संयुक्त रूपमा अयोजित पत्रकार सम्मेलन महासचिव गुटेर्रेसले बताए।

प्रकाशित: ३० वैशाख २०७६ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App