२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रवेशको ह्याट्रिक

काठमाडौं- प्रवेश जोशीको ह्याटि्रकमा किकअफ फुटसलले रेडबुल राष्ट्रिय फुटसल लिगमा शनिबार सफलता पाएको छ। किकअफ समूह 'ए' को शीर्ष स्थानमा पुगेको छ। टोलीले कौशलटारको इम्पेरियल फुटसललाई ७–३ ले हरायो। प्रवेश म्यान अफ दी म्याचभए। राजेश कुँवर, तेजेन्द्र थापा, रजिन पाण्डे र विजय श्रेष्ठले १–१ गोल गरे। इम्पेरियलका सुरेन्द्र बुढाथोकीले २ र निराजन गैरेले १ गोल गरे। समूह 'ए' मा ढुकु फुटसल दोस्रो स्थानमा छ।

ताहचल फुटसलले कुमारी फुटसललाई ६–२ ले हरायो। विजेताका सुनील बस्नेतले २, म्यान अफ दी म्याच राज शाही, विनय महर्जन,युकेश लिम्बु र जितेन कार्कीले१–१ गोल गरे। कुमारीकाराजीव लोप्चन र रोनिश श्रेष्ठले गोल गरे।

प्रकाशित: ७ कार्तिक २०७३ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App