२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीबाट १४ लाखको क्षति

खोटाङ– आगलागीबाट घर जल्दा खोटाङमा १४ लाखभन्दा बढिको क्षति भएको छ। साकेला गाउँपालिका–३ खिदिमास्थित मुङ्लाका मनबहादुर खड्काको घर जल्दा १४ लाख ४० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए।

आगलागीमा खड्काको एक तले दुई वटा घर, गोठ, लत्ताकपडा, अन्नपात, नगद तीन लाख, चौपायलगायत जलेको प्रहरीले जनाएको छ। 
घर जलेपछि खड्का परिवारको विचल्ली भएको छ। आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरी निरीक्षक खड्काले बताए।

 

प्रकाशित: १८ वैशाख २०७६ ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App