२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘विकास जनता र सरकारको एउटै प्राथमिकता’

नुवाकोट – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनता र सरकारको एउटै प्राथमिकता विकास भएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘जनता आफ्नो गाउँठाउँमा खानेपानी, मोटरबाटो, स्वास्थ्य उपचारको सुविधा मात्र नभई रोजगारीको सहज व्यवस्था होस् भन्ने चाहन्छन्, सरकार जनताका तिनै आवशयता पूरा गर्ने प्रयासमा रहन्छ।’ जनताले आफ्नो मताधिकार प्रयोग गरेर दुई तिहाइको सरकार बनाउने अवसर दिएको उल्लेख गर्दै मन्त्री बस्नेतले भने, ‘जनताको सुविधाका लागि हामी कदम चालिरहेका छौं।’

उनले सिंहदरबारमा बनेको कानुनलाई स्थानीय, प्रदेश र संघीय सरकारमा लागू नगरेसम्म सोचेजति उपलब्धि हासिल हुन नसक्ने दाबी गरे। मन्त्री बस्नेतले राज्यलाई पुरानै शैलीमा फर्काउन धेरै तŒव लागे पनि अहिलेको नेपाल बनाउन राजनीतिक दलहरू सफल भएको दाबी गरे। उनले आइपर्ने सम्पूर्ण बाधा पन्छाएर समाजलाई आर्थिक रूपमा समुन्नत तुल्याउनु अहिलेको आवश्यकता रहेको औंल्याए।

प्रकाशित: ९ वैशाख २०७६ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App