२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइपीएल क्रिकेटः सन्दीप सहभागी दिल्लीको जित

काठमाडौं - नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा दिल्ली क्पायिटल्स विजयी भएको छ। आइपीएल क्रिकेटको शनिवार राति सम्पन्न  ३७ औं खेलमा दिल्लीले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको हो।

दिल्लीको जितमा कप्तान श्रेयर ऐर र शिखर धवनले अर्ध शतक बनाए। १ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल बाँकी छँदैं ५ विकेटको क्षतिमा लक्ष्य पुरा पुरा गर्यो। दिल्लीको जितमा कप्तान श्रेयस ऐरले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५८ रनमा अविजित रहे।

किंग्स इलाभेन पन्जावलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले महत्वपूर्ण बलिङ गरे। उनले ४ ओभरमा ४० रन खर्चेर तीन विकेट लिए। दिल्लीका कागिसो रबडाले र अक्सर पटेलले दुई/दुई विकेट लिए। शिखर धवनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए।
चेन्नई १४ अंक जोड्दै शीर्ष स्थानमा छ। मुम्बई दोस्रो स्थानमा छ। त्यस्तै दिल्ली १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा यथावत रहेको छ।

प्रकाशित: ८ वैशाख २०७६ ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App