२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘निरक्षरहरूकाे होइन, यो देश विद्वानहरूको बनाउनुपर्छ’

काठमाडाैं - नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनु पर्ने तर्क प्रधानमन्त्री ओलीले गरेका छन्। 

विद्यालय भर्ना अभियानलाई सार्थकता दिन भनी बालुवाटारमा आज नेकपा निकट विद्यार्थी संगठनले प्रधानमन्त्री ओलीसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन्।

‘नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा चिनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्छ। 

नेपालीका पुर्खा विद्वान भए पनि उनका पुर्खा केही समय निरक्षर रहनुपरेको उनले दुःख व्यक्त गरे । भने, ‘यस्तो अवस्था अब रहिरहन दिन हुँदैन।’   

युवा र विद्यार्थीले सिर्जनशील र समाज सुधारको काममा ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीले जोड दिएका थिए। उनले भने, ‘यस काममा कुनै अवरोध हुन दिँदैनौं।’ प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने पनि बताएका छन्। 

संघर्षको राजनीति सकिएको भन्दै उनले भने, ‘अबको राजनीति युवाहरुले समाज सुधार, शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादनमा लगाउने बेला आएको छ।’ 

प्रकाशित: ४ वैशाख २०७६ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App