२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘समृद्धिको बाटोमा अघि बढौं’

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो संघर्षबाट मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशलाई समृद्धिको बाटमो अघि बढाउन सबैलाई आग्रह गरेकी छिन्।

नयाँ विषयको पूर्वसन्ध्यामा शनिबार शुभकामना सन्देश जारी गर्दै २०७५ साल संघीय शासन प्रणालीअनुरूपको कानुन निर्माण एवं संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको उनले स्मरण गरेकी छिन्।‘हाम्रो मुलुकको राष्ट्रिय संकल्प समृद्ध नेपाल सुखी नेपालीको साझा लक्ष्य प्राप्त गर्न विसं २०७६ साल महŒवका साथ अगाडि बढ्नेछ।’

त्यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नयाँ वर्षसंघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबै लाग्नुपर्ने बताएका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा शनिबार शुभकामना सन्देश जारी गर्दै देउवाले सहमति, सहकार्य र एकताको माध्यमबाट नै मुलुकले सबै प्रकारको निकास पाउने जनाएका छन्।

‘नेपाली कांग्रेस–देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको अजेन्डामा संगठित गर्न र हाम्रा गाउँ–नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि क्रियाशील रहेको छ,’ देउवाको सन्देशमा भनिएको छ।

सहमति, सहकार्य र एकताको माध्यमबाट नै मुलुकले सबै प्रकारको निकास पाउने जनाउँदै देउवाले सबै राजनीतिक दल, पक्षलाई वार्ता र सहमतिबाट मुलुकका समस्याको समाधान खोज्न आग्रह गरे। आफ्नै दलको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न गराएर मुलुकमा संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरेको उनले स्मरण गरेका छन्।

त्यस्तै, पूर्वराज ज्ञानेन्द्र शाहले हिजोअस्तिको जस्तो समय बियाल्ने परिपाटी मात्र अंगालेर नपुग्ने उल्लेख गरेका छन्। जनताको घर दैलोमा पुग्दा जनताका अनगिन्ती समस्या र दूर्दान्त पीडा रहेको औल्याउँदै शाहाले लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौतारिनुपर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले उल्लेख गरेका छन्।

‘स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ,’ ज्ञानेन्द्रले भनेका छन्, ‘मुलुकप्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ। देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनुपर्दछ भन्ने सधै हाम्रो विश्वास रही आएको छ।’ त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा आज(आइतबार) बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १ वैशाख २०७६ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App