प्राकृतिक विपत् व्यवस्थापन

मङ्गलबार, २६ चैत २०७५, ०९ : ४२ डा. सुभाष पोखरेल

गत हप्ता बारा र पर्सामा आएको हावा हुन्डरीका कारण २७ जनाको ज्यान गयो भने झण्डै ७ सय नागरिक घाइते भए। विगतमा तीव्र बतासका कारण घर बस्ती उजाडिएको अनि एक दुई मानिस मरेको देखिए पनि अहिलेको जस्तो बस्ती नै सोत्तर भएको थिएन। यसरी टोल नै सखाप भएपछि सरकारले त्यसको क्षति र विपत्तिका कारण एकिन गर्न टोली गठन ग-यो। मौसम विज्ञान विशेषज्ञ सम्मिलित टोलीले २ नम्बर प्रदेशमा भएको विनाशको कारक ‘टोर्नेडो (भूमरी)’ रहेको ठहर ग-यो। र, नेपालमा पहिलोपटक टोर्नेडो देखिएको बतायो। दर्जनौँ मानिस मार्ने टोर्नेडो भनेको के हो र त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा नागरिक जिज्ञासा मत्थर पार्नु यो आलेखको लक्ष्य रह्यो।

दुई विपरीत दिशाबाट आएका तातो वाष्पयुक्त हावा र चिसो सुक्खा वायु एकापसमा मिसिँदा वातावरणीय सन्तुलन बिग्रन्छ। नेपालको सन्दर्भमा पूर्विया र पश्चिमा हावा एकापसमा ठोक्किँदा सोली आकारको भूमरी पैदा हुन्छ। दुई भिन्न गुणका पवन एकापसमा मिसिँदा परिवर्तन हुने सापेक्षित आद्रताले वायुको चापलाई एक्कासि खल्बल्याउँछ। एक ठाउँमा हावाको चापमा परिवर्तन आउँदा त्यसलाई निस्तेज गर्न वायुले आफ्नो दिशा परिवर्तन गर्छ। उचो स्थानबाट पानी तल झरेभैmँ वायुको चाप एक्कासि घट÷बढ हुँदा त्यसलाई समतोल गर्न हावा अधिक चापको स्थानबाट न्यून प्रेसर भएको ठाउँमा एक्कासि बहन्छ। त्यसले गर्दा हुन्डरी आउने हो। वायुको त्यही मान्यता टोर्नेडोको हकमा पनि लागु हुन्छ। वायुको बहाव र प्रकृतिले भूमरीको आकार र शक्ति निर्धारण गर्छ। तर त्यसको मतलव यो होइन कि दुई विपरीत धारका वायुहरूको प्रहारले सदैव टोर्नेडो पैदा गरोस्। हजारौँ टोर्नेडोको संभाव्यतामध्येबाट केवल एक दुईले मात्र शक्तिशाली भूमरीको स्वरूप लिन्छ।

वायुको बहाव र प्रकृतिले भूमरीको आकार र शक्ति निर्धारण गर्छ। तर यसको मतलब के होइन भने दुई विपरीत धारका वायुको प्रहारले सदैव टोर्नेडो पैदा गरोस्।

विपरीत धारका वायुहरूको तापक्रम र आद्रतामा ठूलो विभेद कायम रहनुका अतिरिक्त हावाको बहावसमेत सशक्त हुँदा ज्यानमारा टोर्नेडो पैदा हुन्छ। त्यस्तो भूमरीको आयतन पृथ्वीदेखि बादलसम्म कायम रहने भएकाले भूमिमा रहेको वायुले तीव्र गतिमा चक्कर काट्छ। सामान्यतः तीव्र गतिमा रहेको वायुले आफ्नो शक्ति क्षीण गरी सामान्य अवस्थामा फर्कन खोज्छ। त्यसका लागि टोर्नेडोले स्थान परिवर्तन गर्दै जान्छ। त्यसै क्रममा सडक सफा गर्ने शक्तिशाली मिसिनले आफ्नो मार्गमा रहेका हलुका वस्तुलाई तानेभैmँ टोर्नेडोले समेत आफ्नो बाटोमा रहेका वस्तु बढार्दै जान्छ। उच्च शक्तिका भूमरीले ट्रक, बस जस्ता भारी सवारी साधनलाई समेत सहजै पल्टाउन सक्छ भने कम शक्तिका टोर्नेडोले हलुका वस्तुलाई मात्र तहसनहस पार्छ। बारामा गत हप्ता आएको टोर्नेडोले भारी सवारी साधनलाई समेत सहजै पल्टाएको देख्दा उक्त भूमरी शक्तिशाली रहेकामा शंका रहेन।

ठूलो आकारको टोर्नेडोको ब्यास २ किलोमिटर र गति झण्डै ५ सय किलोमिटरसम्म मापन गरेको परिस्थितिमा हावाले गर्ने विध्वंश सहजै अन्दाज गर्न सकिन्छ। आफ्नो शक्ति क्षीण गर्ने क्रममा टोर्नेडोले लामो यात्रा तय गर्ने भएकाले आफ्नो मार्गमा पर्ने संरचना तहसनहस पार्छ। शक्तिशाली भूमरीले आफ्नो मार्गमा परेको झण्डै २ किलोमिटर चौडाइ र ५० किलोमिटर लम्बाइको भूभागलाई समेत पनि डोजरले सम्याएझैँ सफाचट गरेको देखियो। अन्टार्कटिकाबाहेकका सबै महाद्वीपमा विनाशकारी भूमरी देखिने भए पनि टोर्नेडोको वितरण भने समान देखिन्न। पछिल्लो दशकको तथ्याड्क हेर्दा संयुक्त राज्य अमेरिकामा झण्डै १३ सय ठूला टोर्नेडो आएको देखियो भने त्यही अवधिमा क्यानाडामा १ सय भूमरी पनि आएन। जबकि क्यानाडाको क्षेत्रफल अमेरिकाको भन्दा पनि ठूलो छ। साथै, अमेरिकाकै पनि सबै राज्यमा समान अनुपातमा भूमरीको भय देखिन्न। उदाहरणका लागि क्यालिफोर्नियाका बासिन्दालाई भूमरीको अनुभव नै हुँदैन, फ्लोरिडाका बासिन्दामा टोर्नेडो त्रास उच्च देखियो। तर त्यसको मतलब टोर्नेडो बारम्बार एकै स्थानमा आइरहने भन्ने पनि होइन। स्ट्याटिस्टिकमा विश्वास गर्ने हो भने एउटै घरलाई दोहो¥याएर टोर्नेडोले आक्रमण गर्नका लागि ३० हजार वर्ष कुर्नुपर्छ। चट्याड परेर मानिस मर्छन् तर के एउटै घरमा दुईपटक वज्रपात भएर मानिस मरेका छन् त ?

संसारमा सर्वाधिक टोर्नेडो उत्पत्ति हुने अमेरिका र विनाशकारी भूमरी पहिलोपटक अनुभब गरेको नेपालबीच अतुलनीय विभेद भए पनि दुवै स्थानका टोर्नेडो ध्वंशात्मक देखिए। गत हप्ताको भूमरीले बारा जिल्लामा धेरैको ज्यान लियो भने गत महिना अमेरिकाको अलाबामा राज्यको ‘लि काउन्टी’ मा त्यही भूमरीले २३ जना मरे। समान प्रकृतिले मृत्युवरण गर्न पुगेका बारा जिल्ला र अमेरिकाको लि काउन्टीका बासिन्दाको आर्थिक परिवेश भने मिल्दोजुल्दो देखियो। सानो झुप्रोमा बस्ने गरिब बासिन्दा बारामा मारिए भने अस्थायी आवासमा बस्ने असहाय नै अलाबामा राज्यमा पनि मरे। आखिर गरिब नै किन मारिन्छन् त टोर्नेडोको संक्रमणमा ?

विध्वंशात्मक स्वरूपको आधारमा युनिभर्सिटी अफ् सिकागोका प्राध्यापक टेट्सुया फुजिटाले टोर्नेडोलाई वर्गीकरण गरे। प्राध्यापकलाई कदर गर्दै टोर्नेडोको विध्वंशलाई फुजिटा स्केलमा मापन गरियो। स्केल ० भनेको कम ध्वंशात्मक र ५ भनेको सर्वाधिक शक्तिशाली ठानियो। टोर्नेडो कमजोर संरचनालाई तहसनहस पार्ने शक्तिशाली भूमरीमात्र हो। महाभारतमा वर्णन गरिएको भीमसेन जस्तो सर्वाधिक शक्तिशाली हावा होइन। सानो बतासले पनि गरिबको झुपडी सजिलै उडाउँछ तर धनीको ढलान गरेको भबन जतिसुकै शक्तिशाली हुन्डरी आए पनि बेदाग रहन्छ। त्यस्तै जतिसुकै उच्च शक्तिको टोर्नेडो आए पनि अमेरिकाको पेन्टागन भत्काउने होइन। कमजोर संरचनामा बस्नेका लागि मात्र भूमरी ज्यानमारा हुने हो। घरको संरचना र व्यक्तिको धनका बीच प्रत्यक्ष सम्बन्ध रहने भएकाले सामान्यतः संभ्रान्तको घर टोर्नेडो निरोधक हुन्छ भने गरिबको घरले भूमरीको तेज सहन सक्दैन। त्यसैले जहिले पनि टोर्नेडो, भूकम्पलगायतका सबै दैविक विपत्तिको पहिलो मार गरिबीमा पर्छ। र, त्यसैको प्रभाव नेपालको बारा जिल्ला र अमेरिकाको लि काउन्टीका गरिबमा देखियो।

विपरीत धारका वायुको तापक्रम र आद्रतामा ठूलो विभेद कायम रहनुका अतिरिक्त हावाको बहावसमेत सशक्त हुँदा ज्यानमारा टोर्नेडो पैदा हुन्छ। त्यस्तो भूमरीको आयतन पृथ्वीदेखि बादलसम्म कायम रहने भएकाले भूमिमा रहेको वायुले तीव्र गतिमा चक्कर काट्छ।

विपरीत प्रकृतिका वायुहरूको अन्तरसंघर्षले टोर्नेडो पैदा गर्ने र हावाका बहावहरू निरन्तर परिवर्तन हुने भएकाले भूमरीका सम्भाव्यता विश्वव्यापीरूपमा निरन्तर देखिन्छ। टोर्नेडोको विध्वशलाई मध्यनजर राख्दै  संयुक्त राज्य अमेरिकाको न्यासनल बेदर सेन्टरले आफ्नो भूभागमा विकास हुने विषम मौसमी परिस्थितिलाई दर्जनौँ राडारमार्पmत निरन्तर अनुगमन गरिरहन्छ र टोर्नेडोको संभाव्यतालाई निरन्तर अपडेट गर्छ। बेदर सेन्टरले दैनिक दर्जनौँ भूमरीको संभाव्यताको जानकारी दिन्छ। तर यथार्थमा संभाव्य ठानिएका दर्जनौँमध्ये एउटाले पनि खतरनाक टोर्नेडोको स्वरूप लिँदैन। संसारमा अहिले विकास भएको टोर्नेडो प्रक्षेपण मोडल यथार्थभन्दा निकै टाढा देखियो। स्थानीयरूपमा हावाको बहाव परिवर्तन हुँदा टोर्नेडो आउने भएकाले भूमरीको जानकारी दिनु एउटा ठूलो भूभागमा पानी पर्ने कुराको सूचना दिनुजस्तो सरल हुँदैन। संयुक्त राज्य अमेरिकामा समेत कुनै स्थानमा पक्का टोर्नेडो आउँछ भन्ने कुराको जानकारी केही मिनटपहिले मात्र हुने भएकाले हामीले उक्त कुराको अपेक्षा राख्नु अपरिपक्व हुन सक्छ।

अमेरिकाको लि काउन्टीका बासिन्दालाई करिब १५ मिनटअघि टोर्नेडो आउने जानकारी भयो। अस्थायी टहरामा बस्नेहरूका लागि छोटो सूचनाका आधारमा सुरक्षित स्थानमा जान संभव भएन।  टोर्नेडोको सिकार भए उनीहरू। तर, बाराका बासिन्दाले त टोर्नेडो आउने जानकारीसमेत पाएनन्। कदाचित पूर्वानुमान भए पनि बाराका गरिबले के नै गर्न सक्थे र ? परिवर्तित वातावरणीय प्रभावका कारण टोर्नेडोका आयाम र प्रकृति फेरिँदो छ। टोर्नेडोको संभाव्यता नै नरहेको नेपालमा विध्वंशात्मक भूमरीले ठूलो विनास ग¥यो भने संयुक्त राज्य अमेरिकामा समेत टोर्नेडोले एतिहासिक मार्ग परिवर्तन गरेको देखियो। आधुनिकताको पूर्ण उपयोग गर्ने मुलुकले समेत टोर्नेडोको पूर्वानुमान गर्न नसकेको अवस्थामा नेपालले वैकल्पिक मार्ग रोज्नुपर्ने देखियो। बतासभन्दा टोर्नेडो निकै शक्तिशाली हुने भएकाले सुस्त भए पनि त्यसको प्रभाव भयानक देखियो। सरकारी तथ्याड्क ठीक हो भने नेपालमा आएको टोर्नेडो सबैभन्दा कमजोर प्रकृतिको देखियो। कपासका लागि बतासनै काफी भनेभैmँ झुपडीमा बस्ने गरिबका लागि हालको ० स्केलको टोर्नेडोले नै ठूलो बबण्डर मच्यायो। झुपडीको बदला एउटामात्र कोठा पनि सिमेन्टले बनेको भए उक्त भूमरीका कारण बारामा त्यति धेरैको ज्यान जाने थिएन नै।

नेपालमा समेत टोर्नेडो पल्किएको अवस्थामा पक्का घर बनाउन नसक्ने नागरिकलाई एउटामात्र कोठा भए पनि सिमेन्टबाट बनाउन प्रेरित गर्नुपर्ने देखियो। खर्चले धान्नै नसक्नेका लागि सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने भयो। गरिबको बस्तीमा टोर्नेडो सेल्टरका रूपमा एउटा मजबुत संरचना बनाउन सके विपतका बेला सारा बस्तीले नै उक्त संरचनामा शरण लिन सक्ने थियो। मरेपछि सरकारी राहत र हवाई निरीक्षणमा रकम खर्चिनुभन्दा जनतालाई दीर्घकालीन सुरक्षा कसरी दिने भन्ने विषयमा सोच्नु सरकारको दायित्व रह्यो।







यसमा तपाईको मत


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...