२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ओलम्पिक महिला छनोटमा नेपाल भारतसँग पराजित

काठमाडाैं– म्यानमारमा जारी ओलम्पिक महिला फुटबलमा नेपाली टोली शनिबार पराजित भएको छ। शनिबार भारतसँग भएको खेलमा नेपाल ३–१ ले पराजित  बनेसँगै नेपालको अर्को चरणमा प्रवेश गर्ने बाटो बन्द भएको हो।

यसअघि पहिलो खेलमा पनि नेपाल म्यानमारसँग ३–१ गोल अन्तरले पराजित बनेको थियो। जित्नै पर्ने दबावका साथ उत्रेको नेपालले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको थियो। खेलको छैटौ मिनेटमै आत्मघाती गोल मार्फत भारतले अग्रता लिएको थियो। पुनम जर्घा मगरले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा प्रहार गर्दा गोल लागेको थियो। यद्यपी, नेपालले लगत्तै गोल गर्दै खेल बराबरीमा ल्यायो। नेपालका लागि सावित्रा भण्डारीको पासमा कप्तान निरु थापाले गोल गरेकी थिइन्। 

दोश्रो हाफ भने नेपालका लागी सुखद रहन सकेन। खेलको ६० औ मिनेटमा गोल गर्दै भारतले २–१ को अग्रता लियो। पुन ७८ औं मिनेटमा भारतले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ३–१ ले अघि बढ्यो। 

नेपालले अर्को सान्त्वना खेल मंगलबार इण्डोनेसियासँग खेल्ने छ।    

प्रकाशित: २३ चैत्र २०७५ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App