२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर बारा जाँदै

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कार्यक्रम स्थगित गरेर भीषण हावाहुरीले प्रभावित जिल्ला बारा तर्फ जान लागेका छन्। गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर बारा तर्फ जान लागेका हुन्।

नेकपा सचिवालयले दिएको जानकारी अनुसार आँधी हुरीले बारा, पर्सालगायत क्षेत्रमा ठूलो मनाविय क्षतिहुनुको साथै भौतिक क्षति समेत भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेका हुन् ।

प्रधानमन्त्री ओली चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जान लागेको प्रेस संयोजक चेतन अधिकारी बताए। झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित: १८ चैत्र २०७५ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App